Advertisement

नेकपा माओवादीको कम्युनमा प्रहरीको छापा, विस्फोटक पदार्थ बरामद

काठमाण्डौ – नेत्रविक्रम चन्द(विप्लव)नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(माओवादी)को अर्घाखाँचीस्थित कम्युनमा विस्फोटक पदार्थ बरामद भएको छ । शुक्रबार अर्घाखाँची शितगंगा नगरपालिका–११ बोक्सेमा जिल्ला प्रहरी प्रमुख डिएसपी दिवसबहादुर जिसीको कमान्डमा गस्ती गर्दा कोही नबस्ने गोठबाट भरूवा बन्दुक र ग्रिनेड लगायतका विस्फोटक पदार्थ फेला परेका हुन् ।
भरूवा बन्दुक दुई थान, ग्रिनेड १४ वटा, डेटोनेटर १२ वटा, लामो लन्चर जस्तो देखिने प्लास्टिकको पाइप ३ वटा, पाँच लिटरको प्रेसर कुकर बम एउटा, स्टिलको बम एउटा, बिजुलीको तार ४ बन्डल, बारूद ५०० ग्राम फेला परेका छन् । भरूवा बन्दुक बाहेक अन्य विस्फोटक पदार्थ नेपाली सेनाको सहयोगमा शुक्रबार नै डिस्पोज गरिएको प्रहरीले जानकारी दिएको छ ।
नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड)ले भने कम्युनमा छापा मारिएको घटनालाई ‘राज्यको श्वेत आतंक’ को संज्ञा दिएका छन्।
उनले अर्घाखाँचीको शितगंगा नगरपालिका–११ स्थित पार्टीले सञ्चालन गरेको कम्युन र सर्वसाधारणको घरमा छापा मारेर ‘श्वेत आतंक’ मच्चाएको दाबी गरेका छन् ।
उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सरकारले एकातिर शान्तिपूर्ण चुनावको वातावरण बनाउने भनी प्रचार गर्ने, अर्कातिर माओवादीका उत्पादन केन्द्र र सर्वसाधारण जनताका घरमा छापा मार्ने कार्यले राज्य शान्तिपूर्ण निकास चाहँदैन, बरू देशलाई अशान्तितिर धकेल्न चाहन्छ भन्ने पुष्टि भएको छ।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज