मर्निङ्ग ग्लोरीमा फुडफेष्ट
महेन्द्रनगर–मर्निङ ग्लोरी सेकेण्डरी स्कूलले फुडफेष्ट कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार विद्यार्थीहरुमा उद्यमशिलताको विकाश गराउने उदेश्यका साथ मर्निङ्ग ग्लोरीले फुडफेष्ट कार्यक्रमको आयोजना गरेको हो ।
फुडफेष्टमा अर्गानिक खानेकुराका १६ वटा स्टल राखिएका छन् । फुडस्टलबाट कमाई भएको केही रकम सामाजिक सेवामा खर्चगर्ने योजना उनीहरुको छ । फेष्टमा राखिएका फुडस्टलमा विद्यार्थीहरु स्वयमले लगानी गरेको विद्यालयका प्रिन्सिपल चुडामणी शर्माले बताए । ‘फेष्टमा विद्यार्थीहरुले आफ्नै लगानीमा स्टल राखेका छन् ।, यसमा उनीहरुलाई शिक्षकहरुले गाईडमात्रै गरेका छन् ,’ उनले भने ‘बजारको अखाद्य बस्तुबाट टाढा रहन र उद्यमशिलता विकास गराउनका लागि फुट फेष्ट आयोजना गरेका हौ ।’
विद्यार्थीहरुले राखेका फुडस्टलमा सुदूरपश्चिममा पाईने मौलिक परिकार कोदा, मकै र गहूका रोटी, डुब्का, पकौडा, समोसा लगायतका परिकार...




















