दोधारा चाँदनीमा एमाले प्रवेश गर्ने जेनजी युवाको लर्को
महेन्द्रनगर – अहिले नेपाली राजनीती एकाएक प्रतिनिधि सभा सदस्यको निर्वाचन तिर धकेलिएको मात्रै छैन् चुनावि सर्गर्मि समेत बढिसकेको छ । यसैक्रममा कञ्चनपुर जिल्लामा पनि उमेदवारहरु मतदाताको मनजित्न आम जनताका घरदैलोमा पुगिरहेका छन् । जिल्लाको तिन वटै निर्वाचन क्षेत्रमा सबै राजनितिक दहहरुका उमेदवारहरुले मतदाताहरुलाई फकाउन लागि परेका छन् । यो निर्वाचन क्षेत्रमा सबैभन्दा बलिया देखिएका नेकपा एमालेका उमेदवार डा दिपक प्रकाश भट्ट अन्य पार्टीका कार्यकर्ताहरुको आकर्षणको केन्द्र बनिरहेका छन् । डा भट्ट जहाँ जान्छन त्यही एमाले प्रवेश गर्ने भन्दै जेनजी युवाहरुको लर्को छ । एमाले कञ्चनपुरले अहिले वडा वडाहरुमा चुनावका लागि सम्पर्क कार्यालय स्थापना गरीरहेको छ ।
शनिबार दोधारा चादनी नगरपालिका वडा नं. ४ मा राष्ट्रिय राजनीतिमा स्थायित्व, स्पष्ट दृष्टिकोण र जिम्मेवार नेतृत्व भएको पार्टी भन्दै राष्ट्रिय स्वतन्त्र पार...




















