महाकाली नदीमा रोजगारीसंगै व्यवसाय
महेन्द्रनगर–भीमदत्त नगरपालिका ९ मुसेट्टीका किसन भाट महाकाली नदीमा ६ वर्षअघि पहिलो पटक ¥याप्टिंगका लागि अभ्यास गरिदाका सांची हुन् । त्यसयता महाकाली नदीमा ¥याप्टिंग सञ्चालनका विषयमा भएका सबै किसिमका गतिविधिमा संलग्न भए । अहिले तिनै भाटको अगुवाईमा महाकाली नदीमा व्यवसायीक रुपमा ¥याप्टिंग सञ्चालन भएको छ ।
निड्स नेपालले अन्तरदेशीय सीमा नदीको पानीको सदुपयोग (ट्रोसा) परियोजना अन्तरगत स्थानीय तहसंगको सहकार्यमा उक्त क्षेत्रमा ¥याप्टिंग सञ्चालनका लागि पहल गर्दै आएको थियो । महेन्द्रनगर परियोजना समापनको अवसरमा आयोजित सिकाई आदान प्रदान सम्बन्धी कार्यक्रममा धेरैले ¥याप्टिंग सञ्चालनको सुरुवाती अवस्थादेखि अहिलेसम्म पुग्दाको कथा सुनाए ।
‘अब बाटोको सुविधा भएमा ¥याप्टिंगलाई नियमित सञ्चालन गर्न सकिन्छ,’ भाटले भने, ‘यसका लागि स्थानीय तहले सहयोग गर्नुपर्छ, हामीले मुसेट्टीमा होमस्टे पनि निर्माण गरिरहेका छौं ।’ ...



















