Advertisement

ट्रेन्डिङ

डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बर जिप भित्री ग्रामीण कच्ची सडकबाट खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुर्घटनामा परेर कृष्णपुर नगरपालिका-१ का ६० वर्षीय नन्दराम पार्की र सोही ठाउँकी ६२ वर्षीया कलावती देवी बोहराको मृत्यु भएको छ। जिपमा चालकसहित आठ जना सवार थिए । दुर्घटनामा चालक २४ वर्षीय अर्जुन साउद गम्भीर घाइते भएका छन्। साउदको टाउको तथा शरीरमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। त्यसैगरी ३५ वर्षीया धनसरी बोहरा, १३ वर्षीया सरिता बोहरा, १५ वर्षीया भावना पार्की, १४ वर्षीया रेश्मा घटाल र भीमदत्त नगरपालिका तिल्केनीकी ५० वर्षीया गंगा बिष्ट घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ। घाइतेहरूला...
भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
काठमाण्डौँ – भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर(प्रहरी निरीक्षक) बिनु कुमारी शाहीले ललितपुर जिल्ला अदालतबाट सफाइ पाएकी छन् । जिल्ला अदालतले मंगलबार गरेको फैसलाले उनलाई सफाई दिएको हो । सोही मुद्दाका अर्का प्रतिवादी ताज मुल इस्लामलाई कैद सजाय भएको जिल्ला अदालतस्रोतले जनाएको छ । ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दा एक घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घट्नामा इन्स्पेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाएर केन्द्रीय अनुसन्धान व्युरो(सिआईबी)ले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले २०८१ पुस ८ मा पाँच लाख धरौटीमा छोडेको थियो । उनी सोही घटनाका कारण प्रहरी सेवामा निलम्बित थिइन् । इन्स्पेक्टर शाही ललितपुरस्थित प्रहरी प्रभाग, भैंसेपाटीमा कार्यरत रहँदा कार्यक्षेत्रभन्दा बाहिरको घटनामा अस्वाभाविक रुपले चासो राख्दै अनुचित ले...
सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेलले मंगलबार सुदूरपश्चिम विश्वविद्यालको अवलोकन भ्रमण गरेका छन् । बुधबार तय गरीएको दशरथ चन्द शहिद स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठकका लागि सुदूरपश्चिम पुगेका मन्त्री पोख्रेलले सुप विश्वविद्यालय केन्द्रीय कार्यालयमा पुगि विश्वविद्यालय पदाधिकारी, प्राध्यापक र कर्मचारीसित छलफल गरेका हुन् । मन्त्री पोखरेल विश्वविद्यालयका सह कुलपति हुन् । मन्त्री पोखरेलले विश्वविद्यालयका पदाधिकारीहरुसंग विश्वविद्यालयको भौतिक पूर्वाधार विस्तार, शैक्षिक गुणस्तर अभिवृद्धि र अनुसन्धान प्रवद्र्धन सम्बन्धमा छलफल गरेका छन् । विश्वविद्यालयका पदाधिकारीहरूले मन्त्रीसमक्ष संस्थाको वर्तमान अवस्था, चुनौती तथा भविष्यका योजनाबारे जानकारी गराए ।   मन्त्री पोख्रेलले विश्वविद्यालयको शैक्षिक गतिविधि तथा पूर्वाधार विकासबारे जानकारी लिँदै ...
दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुर जिल्लामा लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका विभिन्न सडक आयोजनाका ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु गरीएको छ । पूर्वाधार विकास कार्यालयले राष्ट्रिय पत्रिकामा बिहिबार सूचना जारी गर्दै ठेक्का सम्झौता किन नतोड्ने भन्दै दैजी लिपना सडक ठेक्का सम्झौता तोड्ने संकेत गरेको हो । पूर्वाधार विकास कार्यालयले लामो समयदेखि अलपत्र रहेका तथा पटक पटक मौखिक र लिखित ताकेता गर्दासमेत बेवास्ता गरी हालसम्म पनि कार्य प्रगतिमा सुधार नभएका २५ ओटा निर्माण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो । कार्यालयले १५ दिने सार्वजनिक सूचना जारी गरेर २५ ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले लामो समयदेखी अलपत्र रहेका सडक योजना सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ तथा प्रचलित कानून बमोजिम ठेक्का अन्त्य गर्न लाग...
दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - दैजी जोगबुडा सडकको दैजी देखि लिपन सम्मको सडकखण्ड निर्माण सम्झौता भएको आठ वर्ष बितेपनि कालोपत्रे नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि लास प्रदर्शन गरिएको छ । झण्डै पुरै रकम भुक्तानी हुँदा पनि सडक निर्माण सम्पन्न नहुँदा बोलन्या थलीको आयोजनामा मुख्य मन्त्रीको कार्यालय अगाडि लास प्रदर्शन गरिएको हो । सडक समय निर्माण नहुँदा यहाँका नागरिकको जीवन जोखिमपूर्ण भएको भन्दै लाश प्रदर्शन गरी आन्दोलन गरिएको संस्थाका संयोजक यादव जोशीले बताए । २०७४ साल वैशाख ८ मा नार्गाजुन कन्स्ट्रक्सनसँग २१ करोड २६ लाख ५३ हजार रुपैयाँमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएता पनि १८ करोड रकम बढी भुक्तानी भइसक्दा पनि सडक कालोपत्रे हुन् नसक्दा स्थानीय आन्दोलित भएका छन् । सडक निर्माणका लागि अहिलेसम्म पाँचपटक म्याद थप गरिसकिएको छ। पूर्वाधार विकास कार्यालय महेन्द्रनगरका अनुसार, पछिल्लो पटक...
महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - महेन्द्रनगरमा एमाले र नेपाली कांग्रेसले संयुक्त प्रदर्शन गरेका छन् । पूर्व प्रधानमन्त्री एबं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र रमेश लेखकलाई सरकारले शनिबार बिहान पक्राउ गरेको विरोधमा एमाले कांग्रेसले कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेको हो ।   दुवै पार्टी कार्यालयबाट निस्केको विरोध प्रदर्शन कञ्चनपुर उद्योग वाणिज्य संघ भवनमा मिसिएर पुष्पलाल मदनचोक हुँदै बजारमा प्रदर्शन पछि मदनचोकामा पुगेर कोण सभामा परिणत भएको छ । कोण सभालाई एमालेका जिल्ला उपाध्यक्ष जनकराज अवस्थी र काँग्रेसका प्रदेश सहमहा मन्त्री गोपाल भट्टले सम्बोधन गरेका छन् । काँग्रेस प्रदेश सहमहामन्त्री गोपाल भट्टले बलेन नेतृत्व सरकार गठन भएकै दिन देखि प्रतिशोधको राजनीति सुरु गरेको बताए । प्रतिशोधको राजनीति गरेर देशमा मुठभेटको अवस्था सिर्जना गर्न खोजेको उनले आरोप...
एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं- नेकपा एमाले सम्बद्ध २३ वटा जनसंगठनहरुले सरकारले गौरीबहादुर कार्की आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय आपत्तीजनक रहेको बताएका छन् । अहिले साँझ संयुक्त विज्ञप्ती जारी गर्दै उनीहरुले भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानविन हुनुपर्नेमा कार्की आयोगले प्रतिषोधपूर्ण र एकतर्फी तरिकाले बुझाएको प्रतिवेदन कार्यन्वयन गर्ने सरकारको निर्णय फिर्ता नलिए प्रतिवादमा उत्रने चेतावनी दिएका छन् । ‘२०८२ भदौ २३ गतेको प्रदर्शनमा भएको जनधनको क्षतिका सम्बन्धमा निष्पक्ष छानविन गर्ने र भदौ २४ गते भएको प्रदर्शनीलाई विध्वंशात्मक बनाउन भएको घुसपैठ राष्ट्रिय तथा व्यक्तिगत सम्पती माथीको आक्रमण लुटपाट तथा आगजनीको घटनाको निष्पक्ष छानविन हुनुपर्ने पक्षमा हामी सदैव अडिग छौं’ विज्ञप्तीमा भनिएको छ ‘कार्की आयोग गठन हुनुभन्दा पहिले नै सावर्जनिक गरेको निष्कर्षलाई पुष्टि गर्ने र सो बाहेक अन्य कुनै विषयमा...
४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
महेन्द्रनगर – नेपालका ४३औँ प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) आयुर्वेदिक चिकित्सक रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुन्। उनको जन्म विसं २०४७ वैशाख १४ गते काठमाडौँको नरदेवीमा भएको हो । उनको पुर्ख्यौली घर महोत्तरीको एकडारा हो । ‘र्‍याप आर्टिस्ट’का रूपमा समेत ख्याति कमाउनुभएका शाहले भारतबाट एम टेक(संरचनागत इन्जिनियरिङ) र पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् । विसं २०७९ को स्थानीय तह निर्वाचनमा शाह काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन उनले गत माघ ४ गते महानगर प्रमुख पदबाट राजीनामा दिएका थिए । शाहले काठमाडौँको प्रमुख रहँदा पर्यटन र अर्थतन्त्र प्रवद्र्धनका लागि नेवा संरचनाको संरक्षणमा महत्वपूर्ण योगदान दिए । सहरी शासन र विकास कार्यक्रमको नेतृत्व, पूर्वाधार सुधार, सम्पदा संरक्षण र सेवा प्रवाहमा सुधारमासम...
प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रीमण्डलमा ३३ प्रतिशत महिला प्रतिनिधित्व

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रीमण्डलमा ३३ प्रतिशत महिला प्रतिनिधित्व

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
महेन्द्रनगर – प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषमा पाँच जना मन्त्री बनेका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, महिला, बालबालिका मन्त्रीमा सीता वादी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता र कृषि मन्त्रीमा गीता चौधरी नियुक्त भएका हुन् । १५ सदस्यीय मन्त्री मण्डलमा ३३ प्रतिशत महिला प्रतिनिधित्व भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार नै पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।    ...
कञ्चनपुरबाट चौधरी र रावल मन्त्री

कञ्चनपुरबाट चौधरी र रावल मन्त्री

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – प्रधानमन्त्री बालेनशाहले मन्त्रीमण्डल गठन गरेको छ । आज शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट सपत ग्रहण गरेका प्रधानमन्त्री शाहले मन्त्रीमण्डल गठन गरेका हुन् । उनले गठन गरेको मन्त्री मण्डलमा कञ्चनपुरले दुई मन्त्री पाएको छ । कञ्चनपुरका प्रतिभा रावल र गिता चौधरी मन्त्री बनेका हुन् । प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेकी छन् । भने गिता चौधरीले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी दिईएको छ । उनीहरुले आजै राष्ट्रपती रामचन्द्र पौडेलबाट सपत ग्रहरण पनि गरेका छन् । दुवै जना समानुपातिक निर्वाचन प्रणालिबाट प्रतिनिधि सभा सदस्य बनेका हुन् । रास्वपाको सह प्रवक्ताको जिम्मेवारीमा रहेकी रावल दशक बर्ष पत्रकारीताबाट राजनितिमा आएकी हुन् । रवि लामिछाने गृहमन्त्री हुँदा उनको सचिवालयमा पनि काम गरेकी रावल रास्वपा गठन भएदेखि नै प्रत्यक्ष रूपमा पार्टीसंग जोडिएकी हुन् । त्यसैगर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज