Advertisement

अर्थ

महेन्द्रनगर बजारमा व्यपारीका पसलमा प्रहरीको छापा, लाखौको अबैध सामान बरामद

महेन्द्रनगर बजारमा व्यपारीका पसलमा प्रहरीको छापा, लाखौको अबैध सामान बरामद

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्ला प्रहरीले महेन्द्रनगर बजारमा व्यपारीका पसलहरुमा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार महेन्द्रनगर बजारमा व्यपारीका पसलहरुमा छापा हानेपछि व्यपारीका पसलहरुमा लाखौ मूल्यका अबैध सामान फेला पारी बरामद गरेको हो । महेन्द्रनगर बजारको गल्ली नम्बर ५ स्थित अंकुश गुप्ताले संचालन गरेको एजी मोवाईल केयर सेन्टरमा छापा मार्दा भन्सार छलीको सामान बरामद गरेको छ । गुप्ताले भारतबाट भन्सार छलीगरी सामान ल्याउने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले छापामारेको हो । प्रहरी गुप्ताको मोवावईल पसलबाट अन्दाजी नेपाली बजार मूल्य रु ४ लाख ३९ हजार ८ सय बरावरको अबैद सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । गुप्ताले अबैधरुपमा मोवाइल डिस्प्ले, ग्लास, एयरफोन, एयरपोट, डाटा केवल, हेड फोन, चार्जर, मोवाइल स्टेण्ड, ट्याव, साउण्ड बक्स लगायत राखेकोमा बरामद गरीएको...
राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।   सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको प्रमुख अथित्यमा शनिवार सहकारीको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।   मन्त्री सार्कीले सहकारीको आर्थिक विकासमा महत्पूर्ण भूमिका रहेको बताए । प्रदेश सरकारले सहकारीहरूलाई उच्च प्राथमिकता राखेर आवश्यक नीति तथा बजेट विनियोजन गर्ने मन्त्री सार्कीले प्रतिवद्धता जनाए । कार्यक्रममा नेपाल निजामति कर्मचारी संघका केन्द्रिय सदस्य प्रताप चन्दले सहकारीमा थुप्रै समस्या देखिएको बताउँदै सहकारीको मुल्य र मान्यता अनुसार सहकारी चलाउन आवश्यक रहेको बताए । साथै, सहकारीको नयाँ भवन निर्माणका लागि उनले मन्त्री सार्की समक्ष आवश्यक ४० लाख रुपैया छुट्याउन आग्रह गरे । साधारण सभामा बोल्दै केन्द्रीय लेखा आयोगक...
महाकाली सुगर मिलमा भारतीय उखु भित्रिदै, प्रशासन मौन

महाकाली सुगर मिलमा भारतीय उखु भित्रिदै, प्रशासन मौन

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको दक्षिणीबेल्टमा अबैधरुपमा भारतिय उखुभित्रिन थालेको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नं. १० शिवनगरस्थीत महाकाली सुगर मिलमा भारतिय उखु भित्रिन थालेको हो । सरकारले भारतिय उखु आयातमा कडाई गरेता पनि कञ्चनपुर जिल्लामा भने अबैधरुपमा भारतीय उखुको आयात भईरहेको स्थानीयहरुले बताएका छ्न । भारतबाट अबैधरुपमा उखु आयात हुन थालेपछि स्थानीय उखु कृषक मारमा परेको उनीहरुले दुखेसो पोखेका छन् । भारतीय उखुका कारण कृषकहरुले ५÷५ दिनसम्म पालो पर्खेर बस्नुपर्ने बाध्यता रहेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले पनि चासो नदिनुका साथै उनीहरुको मिलोमतोमा उखु भित्रिरहेको उनीहरुको दावि रहेको छ । ‘भारतबाट अबैध उखु भित्रि रहेको छ,’ नाम नखुलाउने सर्तमा एक कृषकले भने, ‘अनुदान पाईन्छ भन्दैमा भारतबाट उखुलिएर अन्य उखु किसानलाई परिसान त गर्नु भएन नी, जिल्ला प्रशासन र जिल्ल...
पेशागत बीमा अभिकर्ता संघ नेपाल कञ्चनपुरको अध्यक्षमा दर्शन शुक्र विष्ट चयन

पेशागत बीमा अभिकर्ता संघ नेपाल कञ्चनपुरको अध्यक्षमा दर्शन शुक्र विष्ट चयन

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपाल लाइफ इन्स्यारेन्स नेपाल आवद्ध अभिकर्ताहरुको पेशागत बीमा अभिकर्ता संघ नेपाल कञ्चनपुरको अध्यक्षमा दर्शन शुक्र विष्ट चयन भएका छन् । नेपाल लाइफ इन्स्यारेन्स नेपालको महेन्द्रनगर शाखाको सभा कक्षमा शनिबार सम्पन्न पाँचौ अधिवेशनबाट विष्टको अध्यक्षतामा सर्वसम्मति नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा सन्जु कुमारी रावल, सचिव दिपकराज जोशी, सह सचिव नानेश्वरी कुमारी सिंह, कोषाध्यक्षमा सविता चन्द शाह चयन गरीएका छन् । त्यसैगरी सदस्यहरुमा शंकर सिह रावल, सरस्वती कुमारी धामी,जगदीश सेठी, संगिता भट्ट, पदमराज कलौनी र हर्क बहादुर चन्द चयन भएका छन् । पेशागत बीमा अभिकर्ता संघ नेपालका सुदूरपश्चिम इन्चार्ज महेशदत्त भट्टले अधिवेशन उद्घाटन गरे । सुदूरपश्चिम इन्चार्ज भट्टले नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुलाई निश्चित कम्पनी बाहेक बाहिर कारोबार गर्न नदिएर अंकुश लगाउने कार्य गरेको ...
कञ्चनपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा बाहेक सबै पदाधिकारी निर्विरोध

कञ्चनपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा बाहेक सबै पदाधिकारी निर्विरोध

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर- कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति पदाधिकारीमा कोषाध्यक्ष बाहेक सबै निर्विरोध निर्वाचित भएका छन् । सङ्घको १८औँ कार्यकारिणी समितिको निर्वाचन अन्तरगत उम्मेदवार मनोनयनमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरुका लागि एक एक जनाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् । व्यवसायीबीचको आपसी समझदारी, सहकार्य जीवित रहेको कुरालाई पुष्टि गरेको छ । अध्यक्षमा दिनेश मल्ल, वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र प्रसाद साउद, उपाध्यक्ष ९उद्योगतर्फ० पदमा तेजबहादुर चन्द, वाणिज्य उपाध्यक्ष पदमा गणेश चटोत, महासचिव पदमा राहुल भट्ट र सचिव पदमा नरेन्द्र प्रसाद जोशी सर्वसम्मत चयन भएका छन्। यद्यपि, कोषाध्यक्ष र सदस्य पदमा भने सर्वसम्मति कायम हुन सकेको छैन। ती पदमा एकभन्दा बढी उम्मेदवारी परेकाले सहमतिका लागि छलफल जारी रहेको छ। सहमति हुन नसके संघको विधानअनुसार निर्वाचन प्रक्रियामार्फत टु...
कञ्चनपुरमा सडक दुर्घटनाबाट तिन जनाको मृत्यू, ११८ जना घाईते

कञ्चनपुरमा सडक दुर्घटनाबाट तिन जनाको मृत्यू, ११८ जना घाईते

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– कञ्चपनुर जिल्लामा सवारी दुर्घट्नाबाट मंसिर महिनामा तिन जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार मंसिर महिनाभरी जिल्लामा ७४ वटा सडक दुर्घट्नामा परी तिन जनाको मृत्यू भएको छ भने ११८ जना घाईते भएका छन् । मंसिर महिनामा ट्राफिक नियम उलंघन गर्ने ६४८ सवारी साधनहरु कारवाहिमा परेका छन् । उनीहरुबाट ४ लाख ७२ हजार ५ सय रुपया राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । त्यसैगरी जिल्लामा प्रहरीले ८८ लाख १२ हजार १०६ रुपया मूल्य बरावरको भन्सार छलीको सामान बरामद गरेको छ । कञ्चपनपुर जिल्लामा ३ पुरुष, ३ महिला र एक जना बालिका गरी ७ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । खैरो हिरोईन २२ दशमलव २८ र १८ दशमलव १८ ग्राम चरेश बरामद गरेको छ भने दुई जना महिला र ३१ जना पुरुष गरी ३३ जना लागुऔषध सेवनकर्ता पक्राउ गरीएको छ । कञ्चनपुर जिल्लामा अनलाईन मार्फत २१,...
निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीका सदस्यको ऋण आईएमई ईन्सुरेन्सबाट दाबीभुक्तान

निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीका सदस्यको ऋण आईएमई ईन्सुरेन्सबाट दाबीभुक्तान

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रगनर–कञ्चनपुर जिल्लाको निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.ले सिटिजन्स ईन्सुरेन्स कम्पनी तथा आईएमई ईन्सुरेन्स कम्पनीको सहकार्यमा आफना सदस्यहरुको नियमिति रुपमा ऋणको विमा गर्ने गरेको छ । सहकारीले नियमित ऋणको माग र निकासीका क्रममा ऋणको म्यादी विमा गर्ने गरेको हो । यदि ऋण लिएका सदस्यको केहि कारणबस मत्यू भएमा घरपरिवारलाई ऋणको बोझ नपर्ने फाईदा हुन्छ । निजको ऋण विमा कम्पनीबाट दावी भुक्तानी गरीने हुँदा सबै ऋणीको अनिवार्य रुपमा म्यादी विमा गर्ने गरेको सहकारीले जनाएको छ । सहकारीले ऋणको म्यादी विमा गरेकै कारण भिनपा वडा नं. ४ बैजनाथ टोलनिवासी हरिदत्त मडैको मृत्यू हुँदा निजको नाममा रहेको ऋण रकम रु एक लाख अन्ठानब्बे हजार आईएमई ईन्सुरेन्स कम्पनीले निजका श्रीमती भागरथी देवी मडैलाई हस्तान्तरण गरीएको छ । सहकारीले म्यादी लोन विमा गरेका कारण सहकारीका सदस्य मडैको मृत्यूपश्चात उनका घरपरिवारलाई आर...
ऋणीको करोर्डौं मूल्यको घर लिलाम गर्न एनएमबी बैंकको यस्तो हर्कत, पीडित परिवार भौतारिदै

ऋणीको करोर्डौं मूल्यको घर लिलाम गर्न एनएमबी बैंकको यस्तो हर्कत, पीडित परिवार भौतारिदै

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । दशकौ देखि झलारीमा व्यवसाय गर्दै आएका शुक्लाफाटा नगरपालिका वडा नं. १० का अजय विकको करौडौ मूल्यको घर लिलाम गर्न एनएमबी बैंकले ऋिणको नक्कली फाईल बनाएको खुलेको छ । साविक झलारी गाविस वडा नं. ७ बस्ने अर्थात हाल शुक्लाफाटा नगरपालिका वडा नं. १० का अजय विकले २९ लाख ५० हजार ऋण लिएको र उक्त सावा रकमको किस्ता बुझाउदै आएको भएपनि एनएमवि बैंकले उनले धितोकोरुपमा राखेको जग्गा र सोही घरमा निर्माण गरीएको घर लिलाम गर्न ३७ लाख रुपया ऋण लिएको ‘ऋण फाईल’ सिर्जना गरी घरजग्गा लिलाम गरेको खुलेको छ । शुक्लाफाँटा नगरपालिका वडा नं. १० का अजय बिकले झलारीस्थित ६१६ नम्बर कित्तामा बनेको घर १५ वर्षका लागि धितो राखेर २०७५ कार्तिक २० गते बैंकको झलारी शाखाबाट २९ लाख ५० हजार घर कर्जा शिर्षकमा ऋण लिएका थिए । बैंकको झलारीस्थित शाखाबाट बैंकको ऋण प्रक्रिया पूरा गरी विकलाई २९ लाख ५० हजार ऋण दिइएको तथ्य प्रमाणले देखाउ...
सफल बचत तथा ऋण सहकारी संस्थाको १६औं बार्षिक साधारण सभा सम्पन्न

सफल बचत तथा ऋण सहकारी संस्थाको १६औं बार्षिक साधारण सभा सम्पन्न

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - सफल बचत तथा ऋण सहकारी संस्थाको १६औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष कृष्ण बहादुर कुँवरको सभापतित्व एबं जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यतामा भीमदत्त नगरपालिकाको सभाकक्षमा सम्पन्न भएको हो ।  साधारण सभामा अध्यक्षले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले कोषाध्यक्ष नबराज जोशी द्धारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पनि पारित गरिएको छ । सदस्यका लागि मोटरसाइकल खरिद गर्न ऋण प्रदान गर्दै आएको छ । २०६६ सालमा २९ जना शेयर सदस्यबाट २९ हजार संकलन गरी स्थापना गरिएको थियो । २०८१ असार मसान्तसम्म संस्थाका १ हजार ६ सय ८४ शेयर सदस्य रहेकोमा आर्थिक वर्ष २०८२ असार मसान्त सम्ममा १२५ पुरुष, १३० महिला र ३ संस्थागत गरी २५८ शेयर सदस्य वृद्धि भएर १ हजार ९ सय ४२ शेयर सदस्य ...
जन्मदिनको अवसरमा उज्यालो नेपाल पाटीका केन्द्रीय सदस्य कुमालद्वारा खाद्यान्न फलफुल वितरण

जन्मदिनको अवसरमा उज्यालो नेपाल पाटीका केन्द्रीय सदस्य कुमालद्वारा खाद्यान्न फलफुल वितरण

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
सञ्जय महरा - ज्यालो नेपाल पाटी कञ्चनपुरका एक नेताले आफ्नो जन्मदिनको अवसरमा बेसाहरा नागरिकलाई खाद्यान्न एव फलफुल वितरण गरेर मनाएका छन । उज्यालो नेपाल पाटी केन्द्रीय सदस्य भीम बहादुर कुमालले आफ्नो जन्मदिनको अवसरमा बेसाहरा नागरिकलाई खाद्यान्न एव फलफुल वितरण गरेर मनाएका हुन । बिहिबार ५पुष ०८२ एक कार्यक्रमका विच दोधाराचाँदनी नगरपालिका २चाँदनीका स्थानीय समेत रहेका समाजसेवी राजनीतिक नेता कुमालले भीमदत्त नगरपालिका ५बनखेतको महिला तथा बृद्ध आश्रम सेवा केन्द्रमा बस्दै आएका बेसाहरा जेष्ठ नागरिकलाई खाद्यान्न एव फलफुल वितरण गरेका छन । उज्यालो नेपाल पाटीका केन्द्रीय सदस्य समेत रहेका समाजसेवी भीम बहादुर कुमालले आफ्नो खुसियालीमा समाजिक काम गरेको बताए । उनले बेसाहरा नागरिकलाई एक छाक भएपनि भोको पेट भर्नका लागि सक्दो सहयोग गरेको बताए । उनले आगामी दिनमा समेत आश्रम सहित बेसाहरा नागरिकलाई सक्दो सहयोग गर्ने ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज