कञ्चनपुरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रबद्धन बोर्ड सदस्य नियुक्त
महेन्द्रनगर – कञ्चपनुर जिल्लाका युवा उद्यमी तथा व्यवसायी तेज बहादुर चन्द उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगत औद्योगिक तथा लगानी प्रबद्र्धन बोर्ड सदस्य नियुक्त भएका छन् । मन्त्रि स्तरीय निर्णयबाट चन्द सदस्य नियुक्त भएका हुन् ।
एमाले नेता समेत रहेका चन्द ईटा उद्योग व्यवसायी महासघंका पूर्व महासचिव, कंचनपुर उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य हुन् । उनी बेदकोट नगरपालिका ९ सुन्दरपुरस्थित सिद्धनाथ उदयदेव अनमोल क्रसरका संचालक हुन् । औद्योगिक तथा लगानी प्रबद्धन बोर्ड सदस्य नियुक्त भएपछि चन्दले औद्योगिक तथा लगानी प्रबद्धन गर्न निजि क्षेत्रको तर्फबाट खेल्नुपर्ने भुमिका कुसलतापुर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । उनले उक्त अवसरकालागि नेपाल सरकारलाई धन्यवाद समेत दिएका छन् ।...



















