नयाँ खबर
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिकामा सिलाई कटाई तालिम सम्पन्न गरीएको छ । महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउने उदेश्यले गाउँपालिकाको उपाध्यक्ष विशेष कोषबाट संञ्चालन गरीएको निशुल्क उद्यामशिलता डेढ महिने एडभान्स तामिलको विहीबार समापन गरीएको हो । समापन कार्यक्रमको प्रमुख अतिथि बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ती नाथ रहेका थिए भने कार्यक्रमको अध्यक्षता कालिकिच महिला सिलाईका अध्यक्ष ईश्वरी भट्टले रहेका थिए । आधारभूत सिलाई कटाई तालिम लिएका आर्थिकरुपमा विपन्न महिलाहरुका लागि एडभान्स तहको डेढ महिने तालिम प्रदान गरीएको हो । कार्यक्रमा मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष शान्ती नाथले आर्थिकरुपामा विपन्न महिलाहरुलाई आफ्नो खुट्टामा आफै उभिन सक्षम बनाउने उदेश्यका साथ तालिम प्रदान गरीएको बताए । ‘आर्थिकरुपमा विपन्न महिलाहरुलाई सक्षम बनाउनका लागि तालिम प्रदान गरीएको छ,’ गाँउपालिका उपाध्यक्ष नाथले भने, ‘हामीले पहिलो चरणको तालिम लिएका महिला दिदि बहिनीहरुलाई दोस्रो चरणको पुर्नताजगी तालिम प्रदान गरेका छौ, तालिमबाट सिकेका कुराको सहि सदुपयोग गर्नुहुनेछ भन्ने लागेको छ । तपाईहरु आर्थिकरुपमा आफ्नो खुट्टामा उभिन सक्नुभएको छ ।’

तालिम कारण वडामा आर्थिकरुपमा कमजोर रहेका महिलाहरुले विभिन्न प्रकारका समस्या भोग्नुपर्ने बाध्यता हटेर जाने उपाध्यक्ष नाथले बताए । ‘बिपन्न परिवारका महिला दिदिबहिनीहरुले आर्थिकरुपमा भोग्दै आएका समस्या केहि हदसम्म भएपनि तालिमले न्यूनिकरण गर्नेछ,’ उनले भने, ‘जब महिला आर्थिक रुपमा सबल हुन्छ अनि मात्र अगाडी बढ्न सक्छन्, आर्थिकरुपमा सम्पन्न नभए विभिन्न पिडा सहनुपर्ने बाध्यता हुन्छ, । त्यसैले आफ्नो उद्यम गर्नुहोला सिकेको सिपलाई आफ्नो जीवनयान सजिलो बनाउने माध्यम बनाउनुहोला ।’

तालिममा बेलडाँडी गाउँपालिकाका आधारभूत तालिम लिएका विपन्न तथा असाहाय परिवारका २७ जना महिलाहरु सहभागि रहेका थिए । कार्यक्रमको अतिथिमा वडा न २ का महिला सदस्य गौरी उपाध्याय, दलित महिला सदस्य रत्ना सुनार अतिथि रहेका थिए भने कार्यक्रमको सहजीकरण गाउपालिका उपाध्यक्ष नाथका स्वकिय नरेश थापाले गरेका थिए ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।