बचन बहादुर सिंहको आक्रमक चुनावी अभियान, सूर्यमा भोट दिन आग्रह
महेन्द्रनगर - निर्वाचन क्षेत्र नं २ कञ्चनपुरमा नेकपा एमालेका उम्मेदवार बचन बहादुर सिंहले आफ्नो चुनावी अभियानलाई आक्रमक बनाएका छन्। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै उनी यतिबेला घरदैलो तथा कोष सभामार्फत जनतामाझ पुगेर मत मागिरहेका छन्। कृष्णपुरको वाणीमा आयोजित कोष सभालाई सम्बोधन गर्दै उम्मेदवार सिंहले विगतको निर्वाचनमा आफूलाई मतदान गर्ने मतदाताप्रति धन्यवाद व्यक्त गर्दै यसपटक संघीय निर्वाचनमा अत्यधिक मत दिएर विजयी गराउन अपील गरेका छन्।
उनले भूमि विहीन, आरक्ष पीडित, पूर्वाधार अभाव तथा खानेपानी समस्यालगायतका मुद्दामा आफू पूर्ण जानकार रहेको उल्लेख गर्दै ती समस्याको दीर्घकालीन समाधानका लागि पूर्ण लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
“जनताले खोज्दै जाने होइन, जनतालाई खोज्दै आउने जनप्रतिनिधि बन्न चाहन्छु,” उनले भने। पत्रकार सम्मेलनमार्फत आफ्ना प्रतिबद्धता सार्वजनिक गरिसके...



















