नयाँ खबर
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बहुचर्चित स्कूल लिटिल बुद्ध एकेडेमीले १९औ बार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ । बिहिबार एलविएले १९औ बार्षिकोत्सव तथा अभिभावक दिवस भव्यरुपले मनाएको हो ।

बोर्षिकोत्सवमा विद्यालयका प्रिन्सिपल श्याम सिंह मौनीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले हालसम्म हासिल गरेका उपलब्धिहरू, वर्तमान शैक्षिक अवस्था तथा भावी योजनाहरूबारे जानकारी दिए ।

उहाँले आउने वर्ष २०८३ मा विद्यालयलाइ डिजिटलाइएजेशनमा लगेर जाने बताउनु भयो । कक्षा १ देखी कक्षा १२ सम्म अध्ययन गर्ने हरेक कक्षाकोठामा स्मार्ट डिजिटल प्रविधीहरु जडान गरेर विद्यार्थीहरुलाई अध्यापन गराईने बताए ।

अबको युग भनेकै डिजिटलकोभएको उल्लेख गर्दै लिटिल बुद्धले नविनतम कार्यको थालनी गरीरहेको उनले बताए । विद्यालय संग दुई ओटा(प्लस टु छुट्टै र नर्सरी देखी कक्षा १० सम्म छुट्टै० सेवा सुविधा सम्पन्न भवनहरु रहेका छन् ।

कार्यक्रममा ट्रफि, मेडल र प्रमाण पत्रबाट विद्यार्थीहरुलाई सम्मान गरिएको छ । विभिन्न परिक्षामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थी र पुर्व विद्यार्थीहरु जुन अहिले विभिन्न क्षेत्रमा विशिष्ठता हासिल गर्ने विद्यार्थीहरुलाई पनि सम्मान गरीएको छ ।

लिटिल बुद्धमा हाल नर्सरीदेखी कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको संख्या १ हजार ४ सय ५९ जना रहेको छ, भने कक्षा ११÷१२ अर्थात ‘प्लस टु’ मा अध्ययन गर्ने विद्यार्थीको संख्या १ हजार ४९ गरी २ हजार ५ सय १८ जना विद्यार्थी रहेको विद्यालय प्रशासनले जनाएको छ ।

साथै १ सय ६० जना शिक्षक शिक्षिका कर्मचारीहरु रहेकाछन् ।

उक्त विद्यालयले विगतदेखी नै सामाजिक उत्तरदायित्व कार्य अन्तरगत विभिन्न सामाजिक संस्थालाई आर्थिक सहयोग गर्दै आएको भएर यो वर्षमा पनि सामाजिक उत्तरदायित्व अन्तरगत १ लाख नगद धनराशी सहयोग पनि गरेको छ ।

२५ हजार वेदकोट ८ मा रहेको वैजनाथ वृद्ध आश्रम, २५ हजार समाज कल्याण अंचल बाल अनाथालयलाई, २५ हजार वनखेतमा रहेको वृद्धाआश्रमलाई र २५ हजार कैलालीमा रहेको मानव सेवा आश्रमलाई प्रदान गरेको थियो ।

हरेक वर्ष उक्त विद्यालयले जिल्ला तथा सुदूरपश्चिम प्रदेशमै उच्च संख्यामा विद्यार्थी ‘पास आउट’ गर्ने गर्दछ । जिल्ला प्रथम देखि सुदूरपश्चिम प्रथम सम्मका विद्यार्थी समेत विद्यालयले उत्पादन गर्दै आएको विद्यालय प्रशासनले जनाएको छ ।

परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।