नयाँ खबर
महेन्द्रनगर भीमदत्त नगरपालिका मा एशियाली विकास बैंक को फेज–२ परियोजना अन्तर्गत सडक तथा ढल संरचना निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ ।
मंगलवार नगरपालिकाका सव९इन्जिनियर तथा परियोजनाका फोकल पर्सन पवनचन्द्र लेखक लगायतको उपस्थितिमा भूमिपूजन गरी निर्माण कार्य थालिएको हो ।
परियोजनाअन्तर्गत अब क्रमशः सबै स्वीकृत सडक तथा ढल संरचनाको निर्माण अघि बढाइने बताइएको छ । नगर प्रमुख पदम बोगटीका अनुसार फेज–२ अन्तर्गत कुल ८।१४६ किलोमिटर सडक र १४।७१७ किलोमिटर ढल संरचना निर्माण गरिनेछ ।
१८ वटा सडक ढलसहित निर्माण हुनेछन् भने ३ वटा सडकमा छुट्टै ढल प्रणाली जडान गरिने योजना छ । नगरको दीर्घकालीन शहरी पूर्वाधार विकासका लागि यो चरण महत्वपूर्ण रहेको उल्लेख गरिएको छ ।
लामो प्रयास, निरन्तर समन्वय र सक्रिय पहलकदमीपछि नगरमा यो बहुप्रतीक्षित परियोजना भित्र्याउन नगर नेतृत्व सफल भएको हो ।
विशेषतः नगरप्रमुख बोगटी को दौडधुप, पहल र सम्बन्धित निकायसँगको समन्वयका कारण लगभग गुमिसकेको अवस्था पुगेको यो परियोजना भीमदत्त नगरपालिकामा समावेश भएको हो ।
निर्माण सुरु भएका प्रमुख सडक तथा ढल योजनाहरू
मझगाउँ एयरपोर्ट–ऐरीघाट सडक, भासि पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फको सडक,बनगाउँ सडक–भगवती टोल,मामा भाञ्जा–निम्बुखडा सडक, भगतपुर रोड–नहरसम्म,रेडक्रस रोड,कभर्डहल रोड, पूर्व–पश्चिम राजमार्गदेखि ओपेरा तर्फको सडक, होटल चेतनदेखि भगतपुर रोड, पुष्पलाल चौकदेखि सुदूरपश्चिम विश्वविद्यालय गेटसम्मको सडक, मामा भाञ्जा रोड
दोस्रो खण्ड
बिद्यानगर टोल कटान गल्ली–१ र २ ९वडा–१८०, विष्णु टोल कटान गल्ली–१ र २ ९वडा–१८०, द्वारिका मार्ग, जानकी टोल ९वडा–४०, भगतपुर आदर्श टोल सिद्धिविनायक मार्ग, सम्झना, जनकी र श्रीकृष्ण मार्गमा ढल मात्र निर्माण, जगन्नाथ मार्गमा सडकसहित ढल निर्माण, परियोजना कार्यान्वयनसँगै नगर क्षेत्रमा आधुनिक सडक सञ्जाल र व्यवस्थित ढल निकास प्रणाली विस्तार हुने अपेक्षा गरिएको छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।