नयाँ खबर
महेन्द्रनगर–वेष्टर्न पब्लिक एकेडेमीको २६औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरीएको छ । महेन्द्रनगर बजारको मुटुमा रहेको स्कुलले आफ्नो २६औ बार्षिकोत्सव भव्यरुपले दुई सम्म मनाएको हो ।
कार्यक्रममा विद्यालयका संचालक बिर्ख बहादुर मल्लले शैक्षिक गुणस्तर सुधारका साथै आगामी शैक्षिक सत्र ०८३ देखि आफ्नै भवन बनाउने देखि, स्पोट्स साईन्सका कक्षा संञ्चालन गरीने बताएका छन् । संचालक मल्लले अहिले साधारणका साथै प्राविधिक धार तर्फ होटल म्यानेजमेन्टका कक्षा संचालन भईरहेको उल्लेख गरे । उनले आगामी दिनमा थप शैक्षिक सुधारका कार्यक्रम प्रभावकारी सचालन गर्दै थप ग्रामिण बस्तीबाट विद्यार्थीका लागि स्कुल बस हाल्ने बताए ।

कार्यक्रममा प्रिन्सिपल विबेकराज कलौनीले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले शैक्षिक क्षेत्रमा थुप्रै सुधारोन्मुख कार्यक्रम संचालन गरेको बताए ।
उनले विद्यार्थीको सिकाई अभिबृद्धिका लागि अतिरिक्त कक्षादेखि सिजनेबल छात्राबास संचालन गरिएको बताए ।

प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले निजी क्षेत्रबाट संचालित वेष्टर्न एकेडेमीले शैक्षिक सुधारका कार्यक्रम संचालन गरिएको बताए । कार्यक्रममा सुदूरको मौलिक लोक देउडा गायक सेरी आउजी सहित विद्यार्थीले गितसंगित प्रस्तुत गर्नुका साथै नृत्य प्रस्तुत गरेका छन् । बार्षिक परिक्षामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार वितरण गर्नुका साथै अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पनि पुरस्कार, प्रमाण पत्र र मेडल प्रदान गरीएको छ ।

कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी लगायत विभिन्न विद्यालयका प्रिन्सिपल वा प्रतिनिधिदेखि विभिन्न सरोकारवाला क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । स्कूलले बार्षिकोत्सवको अघिल्लो दिन फुड फेष्टको पनि आयोजना गरेको थियो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।