रास्वपाले अबैध र निर्वाचन आचारसंहिता विपरित टिसर्ट, टोपि भित्र्यायो
महेन्द्रनगर – राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)ले अबैधरुपमा टिसर्ट, टोपि र कपडा भित्र्याएको खुलासा भएको छ । निर्वाचन आचार संहिता विपरित मात्रै नभई अबैध तरीकाले रास्वपाले विभिन्न चुनाव सामाग्रि भित्र्याएको हो ।
गत हप्ता गड्डाचौकी नाका हुदै नेपाल ल्याईदै गरेको अवस्थामा रास्वपाका चुनावि प्रचार सामाग्रि बरामद गरी कानुन बमोजिम कारवाहि अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक(एसपि) खड्क बहादुर खड्काले बताए । उनका अनुसार प्रहरीले रास्वपाले भित्र्याउन लागेको अबैध सामाग्रिमा ५९ थान टि–सर्ट, ३० वटा टोपी र ४० थान कपडा रहेका छन्। उक्त सामाग्रिहरुमा रास्वपा र घण्टीको लोगो राखिएको छ । उक्त घट्नाबारे थप अनुसन्धान गर्नुपर्ने भएका कारण फोटो सार्वजनिक नगरीएको प्रहरी स्रोतले जनाएको छ । रास्वपाको उक्त कार्य कानुनीरुपमा मात्रै नभई निर्वाचन आचारसंहिता विपरित पनि हो ।
रास्वपाले कञ...




















