Advertisement

बौद्धिक नेता डा दीपक प्रकाश भट्टका २२ प्रतिबद्धताभित्र केके अटाए ?

महेन्द्रनगर – प्रतिनिधि सभा सदस्य निर्वाचन आउन हप्ता दश दिनमात्रै बाकि छ । अहिले नेताहरु र पार्टीहरुमा निर्वाचनको चटारो चलेको छ । उमेदवारहरुलाई मतदाता भेट्घाट र घरदैलोमा, टोलभेलामा जानका लागि भ्याईनभ्याई छ । यही फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुदैछ ।
उमेदवारहरु मतदातालाई भेट्दै उनीहरुका समस्या र माग बुझ्ने प्रयास गर्नुका साथै उनीहरुका माग र नयाँ नयाँ सपना बाडिरहेका छन् । उमेदवारहरुले आफ्ना प्रतिबद्धता पत्र सार्वजनीक गरीरहेका छन । यसैक्रममा निर्वाचन क्षेत्र नं. ३मा नेकपा एमालेका उमेदवार डा दीपक प्रकाश भट्टले पनि आफ्ना २२ बुदे घोषणा पत्र जारी गरेका छन् । डा. दीपक प्रकाश भट्टले प्रविधि सुहाउदो प्रतिबद्धता पत्र जारी गरेका छन् । उनले डिजिटलरुपमा आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरीसकेका छन् । डिजिटल घोषणा पत्र जारी गर्ने एमाले उमेदवार भट्टले २२ बुदे घोषणा पत्रमा के गर्छु भनेका यस विषयमा चर्चा गरौ ः

यस्ता छन् भट्टका चुनावी प्रतिवद्धताहरू

सुशासन र कानुनी सुधारः 

जनजीविका सुधारलाई केन्द्रमा राख्दै कानुन संशोधन, दण्डहीनताको अन्त्य र जनमुखी कानुन निर्माणमा जोड दिनेस संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय सुदृढ गर्ने ।
शिक्षा क्षेत्रः
सुदूरपश्चिम विश्वविद्यालयमा आधुनिक र गुणस्तरिय बनाई रोजगारमुखी कार्यक्रम विस्तार, हर्बल साइन्स, स्पोट्र्स साइन्स एन्ड म्यानेजमेन्ट, एआई, जलवायु परिवर्तन तथा विपद् जोखिम व्यवस्थापनजस्ता विषय थप्ने गर्ने । महाकाली बहुप्राविधिक शिक्षालयमा बीएस्सी नर्सिङ कार्यक्रम सञ्चालन गरिने ।

स्वास्थ्य पूर्वाधारः

शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई आधुनिक अनुसन्धान केन्द्र बनाउने, महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने, दोधाराचाँदनी नगर अस्पतालमा २५ शैयामा स्तरोन्नति र सर्पदंश उपचार केन्द्र स्थापना।

कृषि, रोजगार र उद्यमः 

किसान परिचयपत्रमार्फत कृषि, पशुपालन र वनमा आधारित स्वदेशी उत्पादन संरक्षणस अनियन्त्रित आयात नियन्त्रणस युवा स्वरोजगार र उद्यमशीलता कोष स्थापनास ‘विदेश होइन, स्वदेशमै अवसर’ अभियान।

पर्यटन प्रवद्र्धनः

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन विकास, धार्मिक र सांस्कृतिक स्थल प्रवद्र्धन, महाकाली नदीमा र्याफ्टिङ, होमस्टे विस्तार, र राना–थारु संस्कृतिको संरक्षण।

पूर्वाधार विकासः

मझगाउँ विमानस्थल, महाकाली करिडोर, सुख्खा बन्दरगाह, महाकाली तेस्रो चरण सिँचाइ आयोजना, चारलेन सडक, गड्डाचौकी–दैजी सडक खण्ड, दोधाराचाँदनी र भीमदत्तमा चक्रपथ निर्माण।

भूमि तथा सामाजिक सुरक्षाः

भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पुर्जा उपलब्ध गराउनेस आवासविहीन र सीमान्तकृत समुदायको लागि सुरक्षित आवास कार्यक्रम।

युवा तथा खेलकुदः

खेलमैदान स्तरोन्नति, क्लब परिचालन, अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षास डुबान समस्या समाधान, ढल निकास, तटबन्ध र हरियाली गाउँ–नगर कार्यक्रम।
डा। भट्टले सुशासन, विकास र जनमुखी नेतृत्वमार्फत कञ्चनपुर–३ लाई समृद्ध क्षेत्रका रूपमा विकास गर्ने दाबी गरेका छन्।

को हुन डा भट्ट ?

विस २०२९ साल साउन २७ गते बैतडीको दशरथचन्द नगरपालिका–१, शाहीलेकमा जन्मिएका उनी कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा स्थायी रूपमा बसोबास गर्दै आएका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनमा उनी नेकपा एमालेका तर्फबाट कञ्चनपुर निर्वाचन क्षेत्र–३ का उम्मेदवार हुन्।
महादेव र नन्दादेवी भट्टका छोरा डा. भट्टले प्रारम्भिक शिक्षा दार्चुलाको मार्मा गाउँपालिकास्थित लटिनाथ माध्यमिक विद्यालयबाट प्राप्त गरेका थिए। २०४१ सालमा कञ्चनपुरको बैजनाथ माध्यमिक विद्यालयबाट आधारभूत तह पूरा गरेका उनले २०४४ सालमा एसएलसी उत्तीर्ण गरे।

उच्च शिक्षाका लागि भारत गएका भट्टले पिथौरागढस्थित सरकारी इन्टर कलेजबाट इन्टरमिडिएट अध्ययन पूरा गरे। त्यसपछि पिथौरागढकै डिग्री कलेजबाट बीएस्सी अध्ययन गरी २०५१ सालमा एमएस्सी सम्पन्न गरे। २०५६ सालमा भारतको देहरादूनबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनले भारतकै प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालय ९जेएनयू०, नयाँदिल्लीबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि ९पीएचडी० प्राप्त गरेका छन्।
भट्टले राजनीतिक यात्रा प्रवासबाटै सुरु गरेका हुन्। पञ्चायती शासनविरुद्धको आन्दोलन र प्रजातन्त्र प्राप्तिको संघर्षबाट प्रभावित भएर उनी आन्दोलनमा सक्रिय सहभागी भए। २०४५ सालमा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन ९अभानेस्ववियु० को पिथौरागढ नगर कमिटीमा आबद्ध भएका उनी २०४८ मा क्षेत्रीय समिति, २०५१ मा केन्द्रीय समिति हुँदै २०५७ सालमा केन्द्रीय अध्यक्ष निर्वाचित भए। उनले अभानेस्ववियुको केन्द्रीय अध्यक्षको जिम्मेवारी दुई कार्यकाल सम्हाले।

सोही अवधिमा पिथौरागढस्थित पार्टी नगर कमिटीमा सक्रिय रहेर संगठन निर्माणमा योगदान दिएका भट्ट २०५७ सालमा भारत प्रवास समन्वय कमिटी सदस्य बने। २०६५ मा एमालेको महाकाली सम्पर्क कमिटी इन्चार्ज, केन्द्रीय सम्पर्क समन्वय कमिटी सदस्य तथा २०६७ सालमा पार्टीको केन्द्रीय अर्थ तथा योजना विभाग सदस्यको जिम्मेवारी सम्हाले।
२०७२ सालमा पार्टीको केन्द्रीय विभाग सदस्य बनेका उनले २०७९ सालमा सोही कमिटीको सचिवको जिम्मेवारी पाए। २०८१ सालमा उनी एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्यका रूपमा क्रियाशील रहे। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर–३ बाट निर्वाचित भएर भट्टले संसदीय यात्रा सुरु गरेका थिए।
संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्यका रूपमा उनले काम गरे। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी उपसमितिको संयोजक तथा वाइडबडी र न्यारोबडी विमान खरिद प्रकरण छानबिन संसदीय उपसमितिको संयोजकको जिम्मेवारी पनि उनले सम्हाले।
भट्टले ग्लोबल सेन्टर फर क्लाइमेट एन्ड सेक्युरिटी गभर्नेन्स ९काठमाडौं–सिड्नी० का अध्यक्ष तथा नेपाल सेन्टर फर सेक्युरिटी गभर्नेन्सका निर्देशकका रूपमा समेत काम गरेका छन्। साथै, सन् २०१७ मा गठित उच्चस्तरीय परराष्ट्र नीति समीक्षा कार्यदलका सदस्य तथा २०१६ मा संघीय संरचनामा नेपाली सेना र नेपाल प्रहरी पुनर्संरचना सम्बन्धी उच्चस्तरीय कार्यदलका विशेषज्ञ सदस्यका रूपमा नीतिगत योगदान दिएका छन्।
शैक्षिक क्षेत्रमा उनी सशस्त्र प्रहरी बल कमाण्ड एन्ड स्टाफ कलेज, नेपाली सेना उच्च कमाण्ड तथा व्यवस्थापन तालिम र नेपाली सेना कमाण्ड एन्ड स्टाफ कलेजमा भिजिटर प्राध्यापकका रूपमा अध्यापन गराउँदै आएका छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति र द्वन्द्व, शान्ति तथा विकास अध्ययन केन्द्रमा प्राध्यापक तथा विषय समिति सदस्यका रूपमा पनि उनी संलग्न छन्। शान्ति प्रक्रियामा उनले माओवादी सेना समायोजन तथा पुनस्र्थापना सम्बन्धी विशेष समिति (२०१०–२०१२) को सचिवालय सदस्यका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

डा . दिपक प्रकाश भट्टका प्रतिस्पर्धि को हुन ?

डा भट्टका प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेसले पूर्व जिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रबाट मानबहादुर सुनार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ज्ञानेन्द्र महता तथा राप्रपाबाट पूर्णबहादुर चन्द चुनावी मैदानमा छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर–३ बाट कांग्रेस नेता रमेश लेखक विजयी भएका थिए। भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले नेतृ निरुदेवी पालले १८ हजार ४८५ मत प्राप्त गरेकी थिइन्। पाल हाल एमालेको समानुपातिक उम्मेदवारको रुपमा निर्वाचनमा होईएकी छिन् । भने कांग्रेसका लेखकले यस पटक टिकट नै पाएनन् । विशेष महाधिवेशनपछि पार्टीमा आन्तरिक विभाजन हुदाँ लेखकले टिकट नपाएपछि उनी निकट पक्ष रुष्ट देखिन्छ ।

उच्च मनोबलसहित चुनावी मैदानमा होमिएका डा. भट्ट अघिल्ला कार्यकालमा सुरु गरेका योजना सम्पन्न गर्नुदेखि सुदूरपश्चिमकै समृद्धीसँग जोडिएका योजना अघि सारेका छन् । उनले दोधराचाँदनी सुख्खाबन्दरगाह र महाकाली करिडोरको काम समयमै सम्पन्न गरि कञ्चनपुरलाई त्रिदेशिय नाकाको रुपमा विकास गर्ने बताएका छन् । भने अघिल्लो कार्यकालमा सुरु गरिको मझगाउँ विमानस्थलको निर्माण कार्य पनि उनको प्राथमिकतामा छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज