Advertisement

बैजनाथ माध्यमिक विद्यालयले मनायो बार्षिकोत्सव तथा अभिभावक दिवस

महेन्द्रनगर – बैजनाथ माध्यमिक विद्यालयले ६०औ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बिहिबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश खत्रीको अध्यक्षता एवं शिक्षा विकास निर्देशनालय डोटीका निर्देशक दुर्गादत्त विष्टको प्रमुख आतिथ्यतामा औपचारीक कार्यक्रमका साथ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाईएको हो ।

विद्यालयका प्रधानाध्यापक नरेन्द्रराज जोशीले विद्यालयको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै विद्यालयको गुणस्तरलाई थप प्राथमिकता दिईएको बताए । कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास निर्देशनालयका निर्देशक दुर्गादत्त विष्टले पछिल्लो अवस्थामा सामुदायिक तथा सरकारी विद्यालयलहरुले शिक्षाको गुणस्तरमा राम्रो काम गरीरहेको भन्दै खुसी व्यक्त गरेका छन् । उनले शिक्षा गुणस्तरीय बनाउका लागि अभिभावक, शिक्षक र विद्यार्थीको तालमेल हुनुपर्ने बताए । यदि एउटाको पनि कम्बिनेसन नमिलेको खण्डमा शैक्षिक गुणस्तर न्यून हुने उनले बताए ।

शिक्षाको क्षेत्रमा योगदान गरेको भन्दै विभिन्न शिक्षक तथा व्यवस्थानमा रहेका व्यक्तित्वहरुलाई पनि सम्मान तथा प्रमाण पत्र प्रदान गरीएको छ । सम्मानित हुनेमा भीमदत्त नगरपालिकाका निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्टका धर्मपत्नी कुसुम विष्ट, शिक्षिका सारीका विष्ट लगायतका शिक्षक स्टाफलाई सम्मानित गरेको छ । अतिथिहरुलाई टोकन अफ लभ पनि प्रदान गरीएको छ ।

कार्यक्रममा बार्षिक परिक्षामा उत्कृष्ठ हुने कक्षागतरुपमा तिनजना विद्यार्थी लाई प्रमाण पत्र तथा पुरस्कार प्रदान गरीएको छ । त्यसैगरी अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पनि मेडल प्रमाण पत्र र पुरस्कार प्रदान गरीएको छ ।

 

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रकारका नृत्य प्रस्तुत गर्नुका साथै विभिन्न कलात्मक प्रस्तुति पस्केका छन् ।
बार्षिकोत्सवमा विभिन्न छिमेकी विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, अभिभावक र सरोकारवाला निकायको उपस्थिति रहेको थियो । बैजनाथमावि ले नेपाली अगं्रेजी दुवै माध्यमबाट पढाईै गराईदै आएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा ...
सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एज...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज