Advertisement

Author: मनोजराज भट्ट

एनएनएसडब्लुएद्धारा हरितालिका तीजको अवसरमा भीमदत्तमा निशुल्क खानेपानी वितरण

एनएनएसडब्लुएद्धारा हरितालिका तीजको अवसरमा भीमदत्तमा निशुल्क खानेपानी वितरण

Breaking News 2, विचार, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा महाकाली घाटस्थित रामेश्वर मन्दिर परिसरमा निशुल्क खानेपानी वितरण गरिएको छ। भीमदत्त नगरपालिका वडा नम्बर ११ को आयोजना तथा जनज्योती सामुदायिक विपद् व्यवस्थापन समितिको आर्थिक सहयोग साथै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको समन्वयमा निशुल्क खानेपानी वितरण गरिएको हो। खानेपानी वितरण कार्यमा भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालले सहयोग गरेको छ। तीजका दिनमा महिलाहरू तथा दर्शकलाई निशुल्क रूपमा खानेपानी वितरण गरिएको भीमदत्त नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रकाश थापाले बताउनुभयो। उहाँले महिलाहरूलाई नाचगानका लागि डीजे साथै अन्य व्यवस्था समेत गरिएको जानकारी दिनुभयो। जनज्योती सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक जमुना सुनारले तीजको अवसरमा अत्याधिक गर्मीलाई मध्यनजर गर्दै निशुल्क खानेपानी वितरण गरिएक...
चाँदनीमा आदर्श रामलिला नाट्य श्रंखला संचालनको तयारी

चाँदनीमा आदर्श रामलिला नाट्य श्रंखला संचालनको तयारी

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रामलिला संचालन हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा आदर्श रामलिला समितिले यस वर्ष आदर्श रामलिला नाट्य श्रंखला संचालन गर्ने भएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख तथा आदर्श रामलिला समितिका संयोजक किशोर कुमार लिम्बु अध्यक्षतामा बसेको एक बैठकले आउदो घटस्थापना देखि रामलिला नाट्य श्रंखला संचालन गर्ने निर्णय गरेको हो । बिगतका दिनहरुमा लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा संचालन हुदै आएको भगवान रामको चरित्रमा आधारित आदर्श रामलिला नाट्य श्रंखला यस वर्ष पनि संचालन गर्ने भएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । परम्परागत पर्वकै रुपमा मनाउदै आएको रामलिला यस बर्ष पनि निरन्तरता दिने तयारी भईरहेको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । भगवान रामको चरि...
सृजना बचत तथा ऋण सहकारी संस्था लि. का संचालक समितिका अध्यक्ष सिहको निधन

सृजना बचत तथा ऋण सहकारी संस्था लि. का संचालक समितिका अध्यक्ष सिहको निधन

Breaking News 2, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर: कञ्चनपुरको दोधारा चाँदनी स्थित सृजना बचत तथा ऋण सहकारी संस्था लि. का संचालक समितिका अध्यक्ष तथा सहकारीका जन्मदाता संस्थापक अध्यक्ष दमन बहादुर सिहको निधन भएको छ । मिति २०१३ पुष २६ गते जन्मेका सिहको ६८ वर्षको उमेरमा उपचारको क्रममा २०८१ भाद्र १८ गते निधन भएको हो । लामो सयम शिक्षा क्षेत्रमा काम गरे र सेवानिवृत भएका सिह सृजन बचत तथा ऋण सहकारी संस्था लि.का संस्थापक अध्यक्ष हुन वि.स. २०५८ सालमा स्थापना भएको सृजना बचत तथा ऋण सहकारी संस्ला लि.को २३ वर्षको अवधिमा १ कार्यकाल मात्र अध्यक्ष रहेका थिएनन् । उनको कार्यकालमा ३ पटक सहकारी संस्थाले राष्ट्रिय पुरस्कार तथा सम्मान पाउन सफल भएको थियो भने यसपटक सुदूरपश्चिमको उत्कृष्ट सहकारीमा परेको थियो । सहकारीले एउटा असल तथा नेतृत्व अध्यक्ष गुमाउनु परेकोमा निकै ठुलो  क्षति भएको सहकारीका व्यवस्थापक नयन र्सिह ठगुन्नाले बताए । उनको पार्थिव शरीरलाई ...
सिमा बस्तीमा मानव बेचबिखन बिरुद्ध माईती नेपालको जनचेतनामुलक कार्यक्रम

सिमा बस्तीमा मानव बेचबिखन बिरुद्ध माईती नेपालको जनचेतनामुलक कार्यक्रम

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम
दोधारा । ‘तिनै तहका सरकारको प्रतिबद्धता : मानव बेचबिखन बिरुद्ध सबैको एक्कबद्धता’ नारा सहित १८ औं मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवसको अवसरमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर, नेपाल–भारत सिमा बस्तीहरुमा मानव बेचबिखन बिरुद्धमा क्रियाशिल संस्था माईती नेपाल कञ्चनपुरले घरदैलो तथा पर्चापम्पलेट कार्यक्रम सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्ती आसपास क्षेत्रमा मानव बेचबिखन रोकथामका लागि घरदैलो तथा छलफल कार्यक्रम संचालन गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ् । कुतियावकर बस्ती दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा संग गाँसिएको जगबुडा नदी र महाकाली नदीको दोभानको दुर्गम बस्ती हो । घरदैलो कार्यक्रममा स्थानियबासीहरु संग मानव बेचबिखन तथा ओसारपसारको वर्तमान अवस्था दलालहरुले अपनाउने नयाँ–नयाँ तौर–तरिकाहरु लगाएत मानव बेचबिखन ज...
पटरा खल्लाका बाढी प्रभावितलाई आवास निर्माणका लागि रकम हस्तान्तरण, नमूना वस्ती बनाईने

पटरा खल्लाका बाढी प्रभावितलाई आवास निर्माणका लागि रकम हस्तान्तरण, नमूना वस्ती बनाईने

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । गृहमन्त्री रमेश दत्त लेखकले बाढी प्रभावितलाई आवास निर्माणका लागि रकम हस्तान्तरण गर्नुभएको छ् । मन्त्री लेखकले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्वर–३ पटरा खल्लाका २७ परिवारहरुलाई अस्थायी घर निर्माणका लागि पहिलो किस्ता स्वरुप प्रति परिवार रु. २५ हजार हस्तान्तरण गर्नुभएको हो । गृहमन्त्री लेखकले देशमै विपद् व्यवस्थापनको क्षेत्रमा नमूना वस्ती निर्णाणका लागि प्रभवितहरुलाई रकम हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले सुरुमा अस्थायी घर बनाउनका लागि रु. २५ हजारका दरले दुई किस्तामा रु. ५० हजार प्रदान गरिएको बताउनुभयो । अस्थायी घर बनाउनका लागि दुई किस्तामा रु. २५/२५ हजार र त्यसपछि स्थायी आवास निर्माणका लागि प्रति परिवार रु. ४ लाख दिईने व्यवस्था गरिएको उहाँले बताउनुभएको छ् । गृहमन्त्री लेखकले गत असार २२, २३ र २४ गतेको बाढीका कारण ठुलो क्षति भएको बताउदै उद्धार कार्यमा सशस...
स्थिर सरकारका लागि कांग्रेस-एमाले सहकार्यः गृहमन्त्री लेखक

स्थिर सरकारका लागि कांग्रेस-एमाले सहकार्यः गृहमन्त्री लेखक

Breaking News 1, राजनीति, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले मुलुकमा स्थायी सरकार निर्माणका लागि दुई ठूला दल कांग्रेस र एमालेबीच सहमति भएको बताएका छन्। गृहमन्त्री बनेपछि गृहजिल्ला पुगेर मंगलबार आयोजित एक कार्यक्रममा उनले स्थायी सरकारको अवधारणा र सुशासन कायम राख्न दुई दलबीच सहमति आवश्यक रहेको स्पष्ट पारे। लेखकले एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गर्दै भने, “प्रधानमन्त्री र मुख्यमन्त्रीले हरेक तीन–तीन महिनामा विश्वासको मत लिनुपर्ने अवस्थाको अन्त्यका लागि यो सहमति भएको हो। मुलुकमा विशेष परिस्थिति सिर्जना भएको हुँदा राम्रो दिशा दिनका लागि दुई ठूला दल मिलेका हौँ।” उनले नेपाली राजनीतिक इतिहासमा ठूला परिवर्तनका समयमा पनि यी दुई दल मिलेर अघि बढेको स्मरण गराउँदै, स्थायी सरकार बनेपछि विकास र सुशासनको मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरे। त्यसैगरी, लेखकले द्धन्द्धका बेला ...
उत्थानशील युवाहरुले सुरु गरे ‘सफा भीमदत्त, हरित भीमदत्त’ अभियान

उत्थानशील युवाहरुले सुरु गरे ‘सफा भीमदत्त, हरित भीमदत्त’ अभियान

Breaking News 2, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । उत्थानशील युवा सञ्जालले ‘सफा भीमदत्त, हरित भीमदत्त’ अभियान सुरु गरेको छ् । बढ्दो जलवायु परिवर्तनको असरबाट शहरी क्षेत्र प्रभावित भएको अवस्थामा कार्वन उत्सर्जन कम गर्न साथै खुल्ला क्षेत्रहरुको संरक्षण गर्ने उद्देश्यले भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जाल र महाकाली युवा क्लबले बृहत वृक्षारोपण अभियानको थालनी गरेको हो । सञ्जालले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) तथा डीसीए नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा वृक्षारोपण अभियान सुरु गरेको छ् । अभियान अन्तर्गत भीमदत्त नगरपालिका वडा नम्बर १६ मा रहेको चिल्ड्रेन पार्कमा १ सय ५ वटा बिभिन्न जातका बिरुवा साथै वडा नम्बर १४ स्थित शान्ति आधारभूत विद्यालयमा २ सय र बैजनाथ आधारभूत विद्यालयमा १ सय ५० बिरुवा रोपण गरिएको छ् । उत्थानशील युवाहरुले पछिल्लो समय बढ्दो जलवायु परिवर्तनको असर, मोटरगाडीको उच्चतम प्रयोग साथै उद्योग धन्दाह...
‘शिक्षा देखि समृद्धिको बाटो सम्म’ नारा सहित शैक्षिक बिकासमा सघाउदै काठमाण्डौ बिश्वबिद्यालयका छात्रा

‘शिक्षा देखि समृद्धिको बाटो सम्म’ नारा सहित शैक्षिक बिकासमा सघाउदै काठमाण्डौ बिश्वबिद्यालयका छात्रा

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, कञ्चनपुर । ग्रामिण भेगका बिद्यालयको शैक्षिक बिकासमा सघाउन काठमाण्डौं बिश्वबिद्यालयका ४ छात्रा दोधारा चाँदनीमा पुगेका छन् । काठमाण्डौं बिश्वबिद्यालयमा अध्यनरत बिद्यार्थी ईशिका जोशी, टीसा महर्जन, तनुश्री कुँवर क्षेत्री र अमिशा अधिकारी यतिबेला दोधारा चाँदनी नगरपालिका– १ मा रहेको महाकाली आदर्श माध्यमिक बिद्यालयमा बिद्यालयका शैक्षिक बिकासमा सघाउन लागिपरेका छन् । ‘शिक्षा देखि समृद्धिको बाटो सम्म’ नारा सहित उनिहरुले बिभिन्न दाताबाट संकलन गरेको सहयोगले बिद्यालयमा पुस्तकालयको स्थापना गरेका छन् भने, झण्डै रु. ४ लाख ५० हजार बढीको शैक्षिक सामग्री बिद्यार्थीहरुलाई बितरण गरेका छन् । शैक्षिक सामग्री सहयोग संगै बिद्यार्थीहरुलाई पठन पाठन कार्यमा समेत सघाउदै आएको दोधारा चाँदनी नगरपालिका– १ का वडाध्यक्ष बिक्रम चन्दले जानकारी दिनुभएको छ् । काठमाण्डौं बिश्वबिद्यालयमा अध्यनरत ४ जना छात्राहरुले...
नगर दलित समन्वय समिति दोधारा चाँदनीद्धारा बिरामीहरुको उपचारमा सहयोग

नगर दलित समन्वय समिति दोधारा चाँदनीद्धारा बिरामीहरुको उपचारमा सहयोग

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । आर्थिक अवस्था कमजोर भएकै कारण उपचार गर्न समस्या भएकाहरुलाई आर्थिक सहयोग गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बसोबास गर्ने आर्थिक अवस्था कमजोर भएर उपचार गर्न समस्या भएका ४ जना बिरामीलाई नगर दलित समन्वय समिति दोधारा चाँदनीले आर्थिक सहयोग गरेको हो । अतिविपन्नताको कारण उपचार गर्न समस्या भएर घरमै थलिएका पदमी ओड, सुरेश सुनार, नर बहादुर बिक, कालु देबी चदारोलाई नगर दलित समन्वय समिति दोधारा चाँदनीले प्रत्येक बिरामीलाई रु. १० हजारको दरले ४ जना बिरामीलाई रु. ४० हजार रकम बितरण गराईएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष तथा नगर दलित समन्वय समिति दोधारा चाँदनीका संरक्षक भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । दलितहरुको हकहितका लागी स्थापना गरिएको नगर दलित समन्वय समितिले आर्थिक सहयोग संकलन गरि कोष तयार गरि विपन्नताको कारण उपचार गर्न सकस भएकाहरुलाई सहयोग गर्ने उद्धेश्यले समि...
गृहमन्त्री लेखक गृह जिल्ला कञ्चनपुर आउदै

गृहमन्त्री लेखक गृह जिल्ला कञ्चनपुर आउदै

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । नेपाली काग्रेंसका नेता तथा गृहमन्त्री रमेश दत्त लेखक भोली गृह जिल्ला कञ्चनपुर आउने भएका छन् । गृहमन्त्री भएपछि रमेश दत्त लेखक पहिलो पटक गृह जिल्ला आउन लागेका हुन् । भोली अर्थात मंगलवार बिहान ११ बजे कञ्चनपुरको पुर्नवास, दिउसो १ बजे बेलौरी, दिउसो २ बजे वेल्डाँडी पुगेर कार्यकर्ता तथा स्थानियबासी संग भेटघाट कार्यक्रम तय भएको नेपाली काग्रेंस शुदुरपश्चिम प्रदेश सह–महामन्त्री गोपाल दत्त भट्टले जानकारी दिनुभएको छ् । गृहमन्त्री रमेश दत्त लेखकले सो क्षेत्रमा सुरक्षा अवस्था र गएको असार २२, २३ र २४ गतेको बाढीका कारण भएको क्षतिको बारेमा बिषयमा स्थानियबासीबाट जानकारी लिनुहुने छ् । यस्तै १९ गते अर्थात बुधवार ११ बजे नेपाली काग्रेंस जिल्ला कार्य समिति कञ्चनपुरमा कार्यकर्ता तथा स्थानियबासीहरु संग भेटघाट, अपरान्ह ४ बजे दोधारा चाँदनी नगरपालिकामा रहेको नेपाली काग्रेंसको विपी स्मृती भवनको समउद्धघा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज