Advertisement

पटरा खल्लाका बाढी प्रभावितलाई आवास निर्माणका लागि रकम हस्तान्तरण, नमूना वस्ती बनाईने

पप्पु गुरुङ्ग, दोधारा । गृहमन्त्री रमेश दत्त लेखकले बाढी प्रभावितलाई आवास निर्माणका लागि रकम हस्तान्तरण गर्नुभएको छ् । मन्त्री लेखकले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्वर–३ पटरा खल्लाका २७ परिवारहरुलाई अस्थायी घर निर्माणका लागि पहिलो किस्ता स्वरुप प्रति परिवार रु. २५ हजार हस्तान्तरण गर्नुभएको हो । गृहमन्त्री लेखकले देशमै विपद् व्यवस्थापनको क्षेत्रमा नमूना वस्ती निर्णाणका लागि प्रभवितहरुलाई रकम हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले सुरुमा अस्थायी घर बनाउनका लागि रु. २५ हजारका दरले दुई किस्तामा रु. ५० हजार प्रदान गरिएको बताउनुभयो । अस्थायी घर बनाउनका लागि दुई किस्तामा रु. २५/२५ हजार र त्यसपछि स्थायी आवास निर्माणका लागि प्रति परिवार रु. ४ लाख दिईने व्यवस्था गरिएको उहाँले बताउनुभएको छ् ।

गृहमन्त्री लेखकले गत असार २२, २३ र २४ गतेको बाढीका कारण ठुलो क्षति भएको बताउदै उद्धार कार्यमा सशस्त्र प्रहरी र नेपाली सेनाले साथै राहत वितरण कार्यमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) लगाएतका संस्थाहरुले महत्वपूर्ण भुमिका खेलेको भन्दै सबैलाई धन्यवाद दिनुभएको छ् । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले ‘विपदबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान मापण्ड–२०८१’ पारित भएको बताउनुभयो ।

उहाँले सो मापदण्ड अनुसार बाढीका कारण घर क्षति भएका प्रभावितहरुलाई तत्काल आवासको व्यवस्था गर्नुपर्ने भएकाले दोधारा चाँदनी नगरपालिकामा आवास निर्माणका लागि पहल गरिएको बताउनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा पहिलो पटक बाढी प्रभावितहरुका २७ घर निर्माण गरि नमूना बस्ती बसाउने पहल सुरु भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभएको छ् । उहाँले नमूना बस्ती बसाउने मापदण्ड अनुसार काम सुरु गरिएको बताउनुभयो । जसअन्तर्गत पालिका साथै एनएनएसडब्ल्यूए लगाएतका संस्था संगको सहकार्यमा २७ घर, पानी ट्यांकी साथै बालबालिकाहरुका लागि खेल मैदान सहितको स्थायी बस्ती बसालिने बताईएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिका वडा नम्बर–३ पटराखल्लाका २७ परिवारहरुलाई आवास निर्माणका लागि प्रक्रिया सुरु भईसकेको बताउनुभयो । उहाँले जग्गा उपलब्ध भए लगत्तै एकीकृत नमुना बस्ती निर्माणको काम सुरु हुने बताउनुभयो । वुधवार गृहमन्त्री लेखकले दोधारा चाँदनी नगरपालिकामा नवनिर्मित ईलाका प्रहरी कार्यालय र नेपाली काग्रेंसको विपी समृती भवनको समउद्धघाटन संगै बाढी प्रभावित स्थानहरु पटराखल्ला, सुन्दरनगर र कुतियाकवर लगाएतका स्थानहरुको स्थलगत अवलोकन गर्नुभएको हो ।

गृहमन्त्री लेखकले कुतियाकवर र जोगबुडा नदीमा तटबन्ध निर्माणका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ् । यस अघि भदौ १४ गते राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजना र एनएनएसडब्ल्यूएको प्राविधीक सहयोगमा बाढी प्रभावितका लागि आवास तथा तटबन्ध निर्माण सम्बन्धी सरोकारवाला निकाय साथै साँझेदार संस्थाहरु बिच छलफल चलाएको थियो ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज