Advertisement

सिमा बस्तीमा मानव बेचबिखन बिरुद्ध माईती नेपालको जनचेतनामुलक कार्यक्रम

दोधारा । ‘तिनै तहका सरकारको प्रतिबद्धता : मानव बेचबिखन बिरुद्ध सबैको एक्कबद्धता’ नारा सहित १८ औं मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवसको अवसरमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर, नेपाल–भारत सिमा बस्तीहरुमा मानव बेचबिखन बिरुद्धमा क्रियाशिल संस्था माईती नेपाल कञ्चनपुरले घरदैलो तथा पर्चापम्पलेट कार्यक्रम सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्ती आसपास क्षेत्रमा मानव बेचबिखन रोकथामका लागि घरदैलो तथा छलफल कार्यक्रम संचालन गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ् । कुतियावकर बस्ती दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा संग गाँसिएको जगबुडा नदी र महाकाली नदीको दोभानको दुर्गम बस्ती हो ।

घरदैलो कार्यक्रममा स्थानियबासीहरु संग मानव बेचबिखन तथा ओसारपसारको वर्तमान अवस्था दलालहरुले अपनाउने नयाँ–नयाँ तौर–तरिकाहरु लगाएत मानव बेचबिखन जस्तो जघन्य अपराधले समाजमा पारेको प्रभाव, अपराधिक गतिविधीमा संलग्न दलालहरुको जालो समाजको प्रत्येक क्षेत्रमा फैलिदै गएको हुदा उक्त मानवता विरोधी अपराध लगाएत मानव बेचबिखन तथा ओसारपसारलाई न्युनिकरण तथा निर्मुलीकरण गर्न सबैको हातेमालो अपरिहार्य रहदै आएको सम्बन्धमा जनचेतनामुलक कार्यक्रम संचालन गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो । कुतियाकवर बस्तीका स्थानियहरुले मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध नियन्त्रण कार्यमा माईती नेपाल संग हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्तिलाई पहिचान गर्न कठिनाइ रहने भएपनि मानव बेचबिखन जस्तो जघन्य अपराध न्युनिकरणका लागि माईती नेपाल संग समन्वय र सहकार्यमा सदैव तत्पर रहेको उनिहरुले बतनाएका छन् । मानव बेचबिखन बिरुद्धको १८ औं राष्ट्रिय दिवसको अवसरमा माईती नेपाल कञ्चनपुरले कुतियाकवर बस्तीमा संचालन गरेको जनचेतनामुलक कार्यक्रम निकै लाभदायक रहेको स्थानियबासी बसन्ती सुनारले बताउनुभयो ।

नेपाल र भारतको सिमा क्षेत्रमा रहेको कुतियाकवर बस्ती मानव बेचबिखनको उच्च जोखिममा रहेको र आगामी दिनहरुमा पनि बस्तीमा माईती नेपालले यस्ता खाले जनचेतनामुलक कार्यक्रम संचालन गर्दै जानेमा आफु ढुक्क भएको बसन्ती सुनारले बताउनुभयो । पछिल्लो समयमा माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिकाको महाकाली झोलुङ्गे पुल र महाकाली नदीमा निर्माधिन ४ लेनको पक्की पुलमा सुचना तथा परामर्श केन्द्र स्थापना गरि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी कार्य गर्दै आएको र बेचबिखन तथा ओसारपसारका घट्नाहरु कमी हुदैं आएको आभाष भएको उहाँले बताउनुभयो ।

अशिक्षा, खुला नाका, बेरोजगारीका कारण विभिन्न अपराधिक घट्नाहरु बढ्दै गएको अवस्थामा मानव बेचबिखन जस्तो जघन्य अपराध पनि बढ्दै गएको स्थानियहरुको भनाई रहेको छ् । मानव बेचबिखन के हो ? मानव बेचबिखन कसरी हुन्छ ? दलालको तौर–तरिका लगाएत कानुनी उपचारको बारेमा सचेतना गरिएको छ् । मानव बेचबिखन तथा ओसार पसारको जघन्य समस्यालाई कुनै एक व्यक्ति वा एक तह तप्काको समस्या हो भनेर नलिई सम्पुर्ण मानवको समस्या हो, भनि प्रत्येक व्यक्तिले समाजलाई सचेत पार्न जिम्मेवारी लिनुपर्ने कार्यक्रममा बताईएको छ् ।

स्थानियहरुलाई अपराधिक क्रियाकलाप विरुद्ध सचेत पार्दै यस्ता घट्ना घटेको खण्डमा माईती नेपाल तथा प्रहरी प्रशासनलाई तुरुन्त खबर गर्नुपर्ने जस्ता कानुनी पाटो बारे जानकारी प्रदान गरी सचेतनामुलक पर्चा पम्पलेटहरु वितरण गर्दै जनचेतनामुलक घरदैलो कार्यक्रम सम्पन्न गरिएको माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान नौ बजेबाट सुरु हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभ...
महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महेन्द्रनगर - महाकाली यातायात बहुदेश्यीय कम्पनी प्रालिको अध्यक्षमा नविन भट्ट निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा १ सय ...
संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कञ्चनपुरले नयाँ नेतृत्व पाएको छ । बुधबार महेन्द्रनगरमा सम्पन्न सातौ जिल्ला अधिबे...
कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित राधाकृष्ण मन्दिर परिसरमा स्थानीय युवाहरूको सक्रियतामा आयोजना गरिएको ती...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज