बैतडीमा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु
महेन्द्रनगर–जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाँटीमा भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपककुमार रायका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
दुर्घटनामा सिगास गाउँपालिका–१ का २४ वर्षीय निसान्त बोहरा, सिगास गाउँपालिका–कै २८ वर्षीय भान देव भट्ट र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घाईतेहरूको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।
बैतडीको सुर्नया गाउँपालिका–६ मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको मे १ ज २२४ नम्बरको बोलेरो जीप आज बिहान करिब १० बजे पाटन नगरपालिका–८ साडीघाँटी नजिक दुर्घटनामा परेको हो।
जीपमा २० जनासम्म सवार रहेको प्रा...













