महेन्द्रनगर–जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाँटीमा भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपककुमार रायका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
घाईतेहरूको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।
बैतडीको सुर्नया गाउँपालिका–६ मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको मे १ ज २२४ नम्बरको बोलेरो जीप आज बिहान करिब १० बजे पाटन नगरपालिका–८ साडीघाँटी नजिक दुर्घटनामा परेको हो।
जीपमा २० जनासम्म सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । दुर्घटनाग्रस्त जीप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।थप विवरण आउन बाँकी छ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।