Advertisement

शिक्षा

‘मानक सञ्चालन कार्यविधी’ निर्माणको लागी माईतीको ‘हस्ताक्षर संकलन अभियान’

‘मानक सञ्चालन कार्यविधी’ निर्माणको लागी माईतीको ‘हस्ताक्षर संकलन अभियान’

Breaking News 2, शिक्षा
पप्पु गुरुङ्ग । माइति नेपाल कञ्चनपुरले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानका अवसरमा ‘हस्ताक्षर संकलन अभियान’ संचालन गरेको छ । मानव बेचविखनका प्रभावितहरु र लैंगिक हिंसाका कारण घरबार बिहीन भएकाहरुको उद्धार, स्वदेश फिर्ती तथा सामाजिक पुनरस्थापनाका लागि अबिलम्ब “मानक सञ्चालन कार्यविधी निर्माण गरी लागु गर्नका लागि सरकारलाई दवाब दिन हस्तारक्षर संकलन अभियान संचालन गरिएको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ् । मानव बेचविखन तथा ओसारपसारका प्रभावितहरुको उद्धार, स्वदेश फिर्ती तथा सामाजिक पुनरस्थापना र लैंगिक हिंसा बाट पिडित भई घरबार बिहीन भएकाहरुको सामाजिक पुनरस्थापनाका लागि आवश्यक स्पष्ट ‘मानक सञ्चालन कार्यविधि (एसओपी) नहुदा मानव बेचविखन तथा ओसापसार नियन्त्रणमा काम गर्ने निकाय एवम् संघ/संस्थाहरुले निकै सास्ती र कठिनाई भोग्नु पर्दै आएको संयोजक महेश्वरी भट्टले बतनाउनुभयो...
मानव बेचबिखन बिरुद्ध बिद्यार्थीहरुलाई सचेत गराउदै माईती नेपाल

मानव बेचबिखन बिरुद्ध बिद्यार्थीहरुलाई सचेत गराउदै माईती नेपाल

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम
पप्पु गुरुङ्ग, दोधारा । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण कार्यमा क्रियाशिल संस्था माईती नेपालले कञ्चनपुरको दोधारा चाँदनीमा सचेतनामुलक कार्यक्रम सम्पनन गरेको छ् । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत माईती नेपाल कञ्चनपुरले बिद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको एक दिने सचेतनमुलक कार्यक्रम सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ स्थित शंरक पार्वती माध्यमिक बिद्यालयका कक्षा ९ र १० का बिद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको संयोजक महेश्वरी भट्टले बताउनुभयो । मानव बेचबिखन बिरुद्ध किशोरीहरु मार्फत समुदाय स्तर सम्म चेतना अभिबृद्धि गर्ने उद्धेश्यले हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा माइती नेपालले किशोरीहरुलाई कानुनी अनुशिक्षणको आयोजना गरिएको संयोजक ...
‘पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागि डिजिटल प्रणाली’ पालिकालाई हस्तान्तरण

‘पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागि डिजिटल प्रणाली’ पालिकालाई हस्तान्तरण

Breaking News 2, शिक्षा, समाचार, सुदूरपश्चिम
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र डडेल्धुराको पर्शुराम नगरपालिकालाई ‘पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागि डिजिटल प्रणाली’ हस्तान्तरण गरिएको छ् । दुवै पालिकामा ‘पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागी डिजिटल प्रणाली’ (दास्ता) परियोजना सम्बन्धी सिकाई आदान–प्रदान, क्षमता अभिवृद्धि तथा प्रविधी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ् । कार्यक्रममा स्थानिय पालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए), डीसीए नेपाल, नक्सा र ईन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आईएचएचआर) को संयुक्त लगानीमा तयार पारिएको दास्ता प्रणाली दुवै पालिकालाई हस्तान्तरण गरिएको हो । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले दोधारा चाादनी नगरपालिका विपद्को दृष्टिकोणबाट उच्च जोखिममा रहेको पालिका भएपनि नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) र नक्सा लगाएतका संघ...
लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको पहिलो दिन दोधारा चाँदनीमा बिभिन्न जनचेतनमुलक कार्यक्रम

लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको पहिलो दिन दोधारा चाँदनीमा बिभिन्न जनचेतनमुलक कार्यक्रम

Breaking News 1, Breaking News 2, अर्थ, कर्णाली, कोशी प्रदेश, खेलकुद, गण्डकी, बागमती, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, शिक्षा, समाचार, सुदूरपश्चिम
पप्पु गुरुङ्ग, दोधारा । लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको आज पहिलो दिन कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा मोटर साईकल र्‍याली र सन्देशमुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडाहरुलाई समेट्ने गरि सन्देशमुलक मोटरसाईकल र्‍याली संगै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । उक्त सन्देशमुलक मोटरसाईलक र्‍यालीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधी, महिला वालवालिका शाखाका कर्मचारी, माईती नेपाल कञ्चनपुर लगाएत सरोकारवालाको सहभागिता रहेको थियो । ‘हामी सबैको प्रतिबद्धता : लैंगिक हिंसा अन्त्यको लागी ऐक्कबद्धता’ नारा सहित सन्देशमुलक मोटरसाईकल र्‍याली संचालन गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानमा वडा तथा टोलगतरुपमा बिभिन्न...
दोधारा चाँदनीको धान खेतमा अजिङ्गर फेला पर्‍यो

दोधारा चाँदनीको धान खेतमा अजिङ्गर फेला पर्‍यो

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा धान खेतमा अजिङ्गर फेला परेको छ् । दोधारा चाँदनी–१ चक्की बजार नजिकै धान काट्ने बेला खेतमा अजिङ्गर फेला परेको स्थानियहरुले बताएका छन् । स्थानीयले शंकर गिरीले अजिङ्गरको उद्धार गरेका छन्् ।
गौरादेबी मन्दिर टोलमा बाघ देखा परेपछि स्थानियबासीमा त्रास बढ्यो, ड्रोनद्धारा उखुवारी सर्च गर्ने तयारी

गौरादेबी मन्दिर टोलमा बाघ देखा परेपछि स्थानियबासीमा त्रास बढ्यो, ड्रोनद्धारा उखुवारी सर्च गर्ने तयारी

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाघको सन्त्रास बढेर गएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ गौरादेबी मन्दिर टोल नजिक शनिवार घर नजिकैबाट बाघले घरपालुवा कुकुरलाई आक्रमण गरि लगेपछि स्थानियबासीहरुमा त्रास बढेर गएको हो । सो बाघ आज बिहान फेरी उखुवारीमा देखा परेपछि स्थानियबासीहरुमा त्रास बढेर गएको स्थानियबासीहरुले बताएका छन् । बाघ बारम्बार घर नजिक रहेको उखुवारीमा देखा परेपछि स्थानियबासीमा त्रास उत्पन्न भएको स्थानियबासी महेन्द्र बिष्टले बताउनुभएको छ् । बाघले स्थानिबासीहरुमा आक्रमण गर्ने सम्भावना प्रवल रहेको उहाँको भनाई रहेको छ् । स्थानियबासीहरुले घर नजिक बाघ देखा परेको खबर दिए संगै नेपाल प्रहरी र सशस्त्र प्रहरी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको एक टोली गौरादेबी मन्दिर टोलमा पुगेका छन् । उखुवारी क्षेत्रमा ड्रोनद्धारा सर्च अभियान संचालन गर्ने भनिएता पनि शुक्लाफाँटा राष्ट्र...
सामाजिक सदभाव र भातृत्वको लागी दोधारा चाँदनीमा रामलिला नाट्य श्रृखला

सामाजिक सदभाव र भातृत्वको लागी दोधारा चाँदनीमा रामलिला नाट्य श्रृखला

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रात्रीकालिन आदर्श रामलिला नाट्य श्रृखला सुरु भएको छ् । दोधारा चाादनी नगरपालिका– ७ लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा रात्रीकालिन रामलिला नाट्य श्रृखला सुरु भएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । शुदुरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, नेकपा केन्द्रका नेता मान बहादुर सुनारले सयुक्तरुपमा आदर्श रामलिला नाट्य श्रृखलाको विधिवतरुपमा उद्धघाटन गर्नुभएको छ् । भगवान रामको चरित्रमा आधारित नाट्य श्रृखलाले सामाजिक सदभाव र भातृत्व कायम राख्नेमा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बिश्वास व्यक्त गर्नुभएको छ् । आदर्श रामलिला नाट्य श्रृखलाले साँस्कृतिक सामाजिक गतिविधी र आपसी सदभाव र एकता मात्र नभई विकास निर्माणम...
दोधारा चाँदनीमा बाढीको कृत्रिम नमुना घटना अभ्यास

दोधारा चाँदनीमा बाढीको कृत्रिम नमुना घटना अभ्यास

Breaking News 2, शिक्षा, समाचार, सुदूरपश्चिम
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढी कृत्रिम नमुना घटना अभ्यास गरिएको छ् । सशस्त्र प्रहरी वल नेपाल नं. ३५ गण हेक्वाटर शैलेश्वरी कञ्चनपुरको आयोजना र दोधारा चाँदनी नगरपालिकाको सहयोगमा दोधारा चाँदनी नगरपालिकाका बिभिन्न बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई महाकाली नदीमा बाढी कृत्रिम नमुना घटना अभ्यास गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाका फोकल पर्सन अमृत बिकले जानकारी दिनुभएको छ् । समुदायमा आधारित खोज उद्धार तथा प्रतिकार्यको लागी तालिम संचालनको आज अन्तिम दिनमा सशस्त्र प्रहरीको खोज उद्धार टोलीले दोधारा चाँदनी नगरपालिका बिभिन्न बिद्यालयका बिद्यार्थीहरु तथा युवा सञ्जालका युवाहरुलाई महाकाली नदीमा बाढी कृत्रिम नमुना घटना अभ्यास गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाका फोकल पर्सन अमृत बिकले बताउनुभएको छ् । सशस्त्र प्रहरी वल नेपाल नं. ३५ गण...
दोधारा चाँदनीका बाढी प्रभावित बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

दोधारा चाँदनीका बाढी प्रभावित बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी ग्रस्त सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई अक्सफाम र निड्स नेपालद्धारा शैक्षिक सामग्री बितरण सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेको मालिका आधारभुत बिद्यालय, कालिका आधारभुत बिद्यालय र पुर्णा आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको निड्स नेपालको विपद् प्रतिकार्यको लागी सिघ्र लाभ परियोजनाका फोकल पर्सन बिनोद कडाराले जानकारी दिनुभएको छ् । विपद् प्रतिकार्य तथा पुन : लाभ कार्यक्रम अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा रहेको मालिका आधारभुत बिद्यालय, कालिका आधारभुत बिद्यालय र पुर्णा आधारभुत बिद्यालयका ३ सय ३ जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको फोकल पर्सन बिनोद कडाराले बताउनुभएको छ् । गत असार २२ गते देखि २४ गते र त्यस पछि आएको अविरल वर्षा संगै महाकाली नदी र जगबुडा नदीमा आएको बाढीक...
एकिकृत नमूना वस्ती निमार्णको लागी दोधारा चाँदनीमा सर्वपक्षिय बैठक

एकिकृत नमूना वस्ती निमार्णको लागी दोधारा चाँदनीमा सर्वपक्षिय बैठक

Breaking News 1, राजनीति, लुम्बिनी, शिक्षा
कञ्चनपुर ।  कञ्चपुरको दोधारा चाँदनी नगरपालिकाका बाढीपिडितहरुलाई एकिकृत नमुना बस्ती निमार्णको बारेमा सर्वदलिय, सर्वपक्षिय बैठक सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका बाढीपिडितहरुलाई नजिकै रहेको अग्लो जग्गामा एकिकृत नमुना बस्ती निमार्ण गरि उनिहरुलाई बसोबास गराउने बिषयमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका राजनितिक दल, बिद्यालय ब्यवस्थापन समिति, शिक्षक, स्थानियबासी लगाएत सरोकारवाला बिच छलफल गरिएको छ् । पटरा खल्लाका २७ बाढीपिडित घरपरिवारको लागी नेपाल सरकारले अस्थायी घर निमार्णको लागी रु. २५ हजारका दरले दुई किस्तामा रु. ५० हजार प्रदान गरिने निर्णय भएसंगै पहिलो किस्ता रु. रु. २५ हजार रकम उनिहरुले प्राप्त गरिसकेका छन् । त्यसपछि स्थायी आवास निर्माणका लागि प्रति घरपरिवार रु. ४ लाख दिने सरकारको निर्णय अनुसार एकिकृत नमुना बस्ती निमार्णको लागी दोधारा चाँदनी नगरपालिकाको नेतृत्वमा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज