Advertisement

Breaking News 1

नेकपा एमाले कञ्चनपुर अध्यक्ष बुढा सडक दुर्घट्नामा घाईते

नेकपा एमाले कञ्चनपुर अध्यक्ष बुढा सडक दुर्घट्नामा घाईते

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – सडक दुर्घटनामा परि नेकपा(एमाले) कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढा सडक दुर्घट्नामा परी घाइते भएका छन् । शनिबार साझ महेन्द्रनगरदेखि अत्तरिया तर्फ जानेक्रममा कलुवापुर बजार नजिकै बिएई ०२९८ नम्बरको कारले सोही दिशातर्फ गइरहेको सु।प।प्र ०२००४ प २६९९ नम्बरको स्कुटी लाई ठक्कर दिदा स्कुटिमा सवार बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको हो । घाइते नेकपा(एमाले) कञ्चनपुरका अध्यक्ष बुढाको टाउको र दाहिने हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता उमेश जोशीले जानकारी दिए । अध्यक्ष बुढाको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको डिएसपी जोशीले बताए । प्रहरीले दुवै सवारी साधन र कारचालक कैलालीको धनगढी उपमहानगरपालिका ८ का ४५ वर्षिय राम बहादुर चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुशन्धान भइरहेको जनाएको छ ।...
कक्षा १२ को परीक्षा नसरेको भन्दै हल्लाको पछि नलाग्न विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डको आग्रह

कक्षा १२ को परीक्षा नसरेको भन्दै हल्लाको पछि नलाग्न विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डको आग्रह

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, शिक्षा, समाचार
काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी दिदै विद्यार्थीहरुलाई हल्लाको पछि नलाग्न आग्रह गरेको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि बोर्डले परीक्ष नसरेको भन्दै विज्ञप्ती जारी गरेको हो । ‘यही २०८२ साल वैशाख ११ गतेवाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा संप्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख गरीएको छ । भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बोर्डले जनाएको छ । ‘परीक्षा जस्तो सम्वेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखी अनाधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुन अनुसार आवश्यक कार्वा...
दोधारा चाँदनी नगरपालिका वडा नं. ६ मा सिँचाईका लागि प्रतिघण्टा दुई सय तिर्नुपर्ने बाध्यता हट्दै

दोधारा चाँदनी नगरपालिका वडा नं. ६ मा सिँचाईका लागि प्रतिघण्टा दुई सय तिर्नुपर्ने बाध्यता हट्दै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का स्थानीय सिँचाईको प्रबन्ध नहुदा विगत लामो समयदेखि सिँचाई गरेवाफत बोरिङ्गको प्रतिघण्टा दुई सयका दरले शुल्क तिर्दै आएका थिए । वडा नं. ६ का वडा अध्यक्ष ओम बस्नेतले वडाबासीको समस्या बुझेपछि उहाँले वडाबासिलाई पचास प्रतिशत अनुदान रकममा बोरिङ्ग दिने योजना अघि सार्नुभयो । जुन योजना अनुसार वडा सरकारले पचास प्रतिशत व्यक्ति लगानी र पचास प्रतिशत वडाको अनुदानमाा वडाका ४९ जना किसानलाई सिँचाई बोरिङ्ग वितरण गरेको छ । मंगलबार मात्रै वडा कार्यालयले ५० प्रतिशत अनुदानमा खेतिपातिका लागि आकासे पानीको भर पर्ने किसानलाई सिँचार्ई बोरिङ वितरण गरेको छ । उत्पादन बृद्धि गर्ने र किषानका समस्या हल गर्ने उदेश्यका साथ किसानहरुलाई पचास प्रतिशत रकम अनुदान दिएर बोरिङ वितरण गरिएको वडाध्यक्ष ओम बस्नेतले बताउनुभयो । ‘वडामा कृषि उत्पादनलाई बढाउने लक्ष्यसहित वडाको...
दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो : समिति

दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो : समिति

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
महेन्द्रनगर - दुर्गा प्रसाईलाई भारतको आसाम राज्य अन्तर्गत गुवाहाटी बाट त्यहाँको स्थानीय प्रहरीले नेपालको सीमासम्म सुरक्षित ल्याई पुरयाईएको राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन परिचालन समितिले बताएको छ । भारतको आसाम प्रहरीसमक्ष सुरक्षा माग गर्दै प्रसाई पुगेको र सुरक्षित रुपमा नेपालको सीमासम्म ल्याइपुर्‍याएको समितिले जनाएको छ। यसका लागि आसाम प्रहरीलाई समितिले धन्यवाद पनि दिएको छ। समितिका तर्फबाट प्रवक्ता स्वागत नेपालले केहीबेरअघि विज्ञप्ति जारी गरी प्रसाईँको पक्राउ वा आत्मसमर्पण नभई स्थानीय प्रहरीसमक्ष ज्यानको सुरक्षाका लागि गएको दाबी गरेका छन् । ‘क्यान्सरको बिरामी र अदालतको तारिखमा समेत रहेको हुँदा उहाँलाई सुरक्षित रूपमा अस्तालसम्म पुर्‍याउन र अदालतसम्म हाजिर हुनका लागि समेत सहयोग गर्न हामी राष्ट्रिय मानव अधिकार आयोग र सरकारसमक्ष अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ। यस्त...
ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने शिक्षक महासंघको सरकारसंग अडान

ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने शिक्षक महासंघको सरकारसंग अडान

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
महेन्द्रनगर – चैत २० गतेदेखि चरणबद्ध आन्दोलनरत शिक्षक महासंघले सरकारसँग बिहीबार गरेको वार्ता निष्कर्षविहीन टुंगिएको छ । पटकपटक सरकारले बोलाएको वार्ता अस्वीकार गर्दै आएको महासंघ बिहीबार साँझ महासंघका सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली लिएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेको थियो । सरकारको तर्फबाट शिक्षा मन्त्री विद्या भट्टराईको टोली सहभागी थियो । ५ बजेदेखि सुरु भएको वार्ता करिब डेढ घण्टा चलेको थियो । महासंघबाट नेतृव गरेर गएकी पराजुलीले छलफल सकारात्मक भएको र आफ्नो धारणा राखेको बताउनुभयो । ‘महासंघले विगतमा भएको सहमतिको कार्यनयन गर्दै ऐन जारी गर्न भनेको छ । विशेष अधिवेशन, बर्खे अधिवेशन तत्काल बोलाएर वा अध्यादेशबाट ल्याउने वातावरण बनाउन भन्यौं । मन्त्रालय गम्भीर भएको पाइयो,’ पराजुलीले भन्नुभयो । तीन ठूला दलका शीर्ष नेता, सभामुखसहितको बैठक राखेर टुंगो लगाउन पनि महासंघले भनेको ...
सरकार र शिक्षक महासंघबीच वार्ता सुरु

सरकार र शिक्षक महासंघबीच वार्ता सुरु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, शिक्षा, समाचार
महेन्द्रनगर –२० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा जारी वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष एवं आन्दोलनका संयोजक नानुमाया पराजुली नेतृत्वको टोली सहभागी छ । सरकारको तर्फबाट भने शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली सहभागी छ । वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले माइतीघरदेखि बिजुलीबजार पुलसम्मको सडक नै कब्जा गरेर आन्दोलन गरिरहेका छन् । यसअघि मुख्य लेनमा मात्रै प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा प्रहरीसँग धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।...
ईलाका प्रहरी कार्यालय अगाडिको एक मन्दिरमा युवकको शव फेला, हत्याको आशंका

ईलाका प्रहरी कार्यालय अगाडिको एक मन्दिरमा युवकको शव फेला, हत्याको आशंका

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कैलालीको एक मन्दिर परिसरमा एक युवकको शव फेला परेको छ । गोदावरी नगरपालिका–९ को दुर्गा मन्दिर पछाडि आज बिहान युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए । शवको प्रकृतिहेर्दा हत्या गरीएको जस्तो रहको डिएसपि बोहराले बताउनुभयो । उनका अनुसार मृतकको नाम, थर र वतन खुलेको छैन । उनको उमेर अन्दाजी ३५÷३६ वर्षको छ । प्रहरीले घटनास्थल सुरक्षित गरेर अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ । उनका अनुसार शवलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाएको छ । मन्दिरका पुजारी टिका दत्त पनेरुले बिहान साढे ६ बजेतिर शवबारे जानकारी पाएको बताए । ‘म मन्दिर साँझ साढे ७ बजे बन्द गरेर गइसकेको थिएँ,’ उनले भने, ‘बिहान फर्किएपछि पतञ्जलि योग समितिका सदस्यहरूले शव भएको बताएपछि मात्र थाहा पाएक...
निर्माण कार्य अलपत्र पार्ने दश कम्पनीलाई स्पष्टिकरण

निर्माण कार्य अलपत्र पार्ने दश कम्पनीलाई स्पष्टिकरण

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–पूर्वाधार विकास कार्यालय, कञ्चनपुरले निर्माण कार्य अलपत्र पार्ने दश निर्माण कम्पनीहरूको नाम सार्वजनिक गर्दे स्पष्टीकरण सोधेको छ । सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको कार्यालयले काम नगर्ने १० निर्माण कम्पनीहरूलाई राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दे किन ठेक्का अन्त्य नगर्ने ? भन्दै स्पष्टीकरण सोधेको हो । निर्माण कार्य अलपत्र पार्ने निर्माण कम्पनीहरूलाई पूर्वाधार विकास कार्यालयले पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत बेवास्ता गरेको भन्दै स्पष्टीकरण सोधिएको जनाएको छ । पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीहरूलाई सम्झौता सर्त एवं प्रचलित कानून बमोजिम ठेक्का अन्त्य किन नगर्ने ? भन्दै ७ दिन भित्र अन्तिम स्पष्टीकरणको जवाफ पेस गर्न सूचना प्रकाशित गरेको छ । पूर्वाधार कार्यालयले निर्माण कार्य अलपत्र पार्ने र कार्यालयको आदेशलाई आल–टाल गर्ने तथा जनताला...
‘एड–टेक राउन्ड टेबल’ कार्यक्रम सम्पन्न

‘एड–टेक राउन्ड टेबल’ कार्यक्रम सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपालको शिक्षा प्रणालीमा प्रविधि समावेशीकरणको उद्देश्यसहित नोट स्विफ्ट प्रा.ली.द्धारा आयोजना गरिएको ‘एड–टेक राउन्ड टेबल’ कार्यक्रम सोमवार सम्पन्न भएको छ । ‘फर दि फ्युचर अफ एजुकेसन इन नेपाल’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सक्रिय सहभागितासहित महेन्द्रनगरमा सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड, सुदूरपश्चिम शाखाका प्रतिनिधि राम दत्त भट्ट, सार्क एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत डा. लक्ष्मण बस्नेत, सुदूरपश्चिम विश्वविद्यालयकी उप–प्राध्यापक निशा भट्ट, वेदा एपका का प्रमुख कार्यकारी अधिकृत निर्देश द्वा, श्री लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमानन्द नाथ, तथा नोट स्विफ्टका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत विकास पाण्डेयजस्ता प्रतिष्ठित व्यक्तित्वहरू वक्ताका रूपमा सहभागी थिए। कार्यक्रम नोट स्...
१०औ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुन्छ : राखेप सदस्य सचिव घिसिङ

१०औ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुन्छ : राखेप सदस्य सचिव घिसिङ

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – १०औ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा सम्पन्न हुने राष्ट्रिय खेलकुद परिषद(राखेप) सदस्य सचिव टंकलाल घिसिङले बताउनुभयो । शनिबार कञ्चनपुरको महेन्द्रनगर पुगेर खेलकुदका भौतिक संरचनाको अवलोकन गरेका राखेप सदस्य सचिव घिसिङले कुनै पनि हालतमा तोकिएकै मितिमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुने बताएका हुन् । उहाँले उत्कृष्ट प्रदर्शनका लागि राम्रो तयारीमा जुट्न सबै खेलाडीमा अनुरोध समेत गर्नुभयो । ‘जहांसम्म १०औ राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैसर्दै जेठमा पुगेको छ, बास्तवमा सदस्य सचिव भएर मैले ९औ राष्ट्रिय खेलकुदको समेत नेतृत्व गर्ने अवसर पाए, र मैले त्यतिबेला नै मंसिर २ गते २०८१मा गर्ने गरी मिति तय गरेर सोका लागि आवश्यक बजेट समेत विनियोजन गत बर्ष नै गरेर पुरक बजेटको व्यवस्थापन भईसकेको स्थीति थियो, भलै विचमा परीषदको बैठकहरु समयमै नहुदाखेरी पहिले तोकेको मितिमा हुनसकेन,’ उहाँ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज