शिक्षा नियमावली विपरित संस्थागत विद्यालयलाई स्थानान्तरण अनुमति
महेन्द्रनगर – गत चैत्र १९ गते विहिबार बसेको भीमदत्त नगरपालिको कार्यपालिका बैठकले नगरपालिकाको शिक्षा नियमावली २०७९ विपरित निर्णय गरेको छ । कार्यपालिकाको उक्त बैठकले भीमदत्तको शिक्षा नियमावली २०७९ को नियम १६ को उप नियम ४ विपरित एक संस्थागत विद्यालयललाई स्थानान्तरण गर्ने निर्णय गरेको हो ।
कार्यपालिकाले भीमदत्त नगरपालिका वडा नं. १८ मा कार्यालय रहेको माईलस्टोन पब्लिक एकेडेमी(प्रस्तावित नाम आध्या स्कूल)लाई भीमदत्त नगरपालिका वडा नं. ३ जगदनाथ टोलस्थीत फारवेस्ट स्कूल अफ मेडिसिनको भाडाको घरमा स्थानान्तरणका लागि अनुमति प्रदान गरेको छ । नगरपालिकाको शिक्षा नियमावली २०७९ को नियम १६ को उप नियम ४ मा ‘सामान्यतया संस्थागत विद्यालय स्थानान्तरण गरीने छैन । तर विद्यालयको आफ्नै नाममा घरजग्गा भएको अवस्थामा भने एक पटकका लागि सम्बन्धीत स्थानीय निकाय तथा वडाको सिफारिसमा अन्य स्थानीय तहबाट यस नगरपालिकामा र यस...

















