महेन्द्रनगर – कञ्चनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः सुरत सुनार(गहतराज) चयन भएका छन् । शनिबार सम्पन्न भएको ७औं जिल्ला अधिवेशनबाट व्यवसायी संघको अध्यक्षमा पुनः गहतराज सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ध्रुव निरौला, उपाध्यक्षमा डम्बर गहतराज, मनोज सुनार, महा सचिवमा अशोक कुमार ठाकुर, सचिवमा अन्जु सुनार, कोषाध्यक्षमा सुमित लामिछाने सर्वसम्मत चयन भएका छन् ।

त्यसै गरी सदस्यहरूमा राजेन्द्र पौडेल, रोशन सोब, प्रकाश बिक, चाँदनी ठाकुर, मुन्नी देवी शाह, मान बहादुर सुनार, रोशन शाह, कुल बहादुर सुनार, मान बहादुर सुनार र सुरेन्द्र सोब चयन भएका छन् ।
पुनः अध्यक्ष मा चयन भएका सुरत गहतराजले व्यवसायीको हकहितमा अभियानै बनाएर शसक्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।