
घरबेटी कोठा देखाउँछन, जात सोधेपछि हुँदैन भन्छन्
–तुल्सि बिश्वकर्मा
हाल म सुदूरपश्चिम विश्वविद्यलयको कानुमा संकायमा अध्यनरत छु । सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लामा बसिरहेको करिब दुई बर्ष हुन लाग्यो । यस ठाउँमा पहिलो पटक बसाइँ गर्दै गर्दा करिब एक महिनासम्म पनि कोठा नपाएर कष्टपुर्ण वातावरण सिर्जना भएको थियो । यो बिषयमा त्यति बेला पनि कुरा उठेको थियो तर मैले आफै नै यो बिषयलाई सामान्यीकरण गरेको हुँ । नयाँ ठाउँको नयाँ वातावरण बुझ्न न भनेर मैले यो बिषयलाई त्यति बढवा नदिने निर्णय गरेको हुँ । तर जति समय बित्दै गयो त्यति नै बिकराल रुप लिने गरेको पाइयो । नयाँ सेमिस्टार भर्ना भएसंगै नयाँ भाई बहिनीहरु जुन दलित समुदायबाट प्रतिनिधित्व गर्छन उनीहरुका लागि पनि कष्टपुर्ण वातावरण सिर्जना भएको छ । के सुदूरपश्चिम विश्वबिद्धालय दलित समुदायका विद्यार्थीहरुका लागि स्थापना भएको होइन र ?
यदि दलित विद्यार्थीका लागि होइन भने भर्ना किन लियो र ?
सुदूरपश्चिम ब...