Advertisement

प्रतिनिधि सभा सदस्यका लागि कञ्चनपुर क्षेत्र नं. ३ मा सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट उम्मेदवार

Advertisement

महेन्द्रनगर – अन्तर्राष्ट्रिय क्षेत्रमा सुरक्षाविद्को पहिचान बनाएका बौद्धिक व्यक्तित्व डा. दीपकप्रकाश भट्ट आसन्न प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–३मा एमालेबाट उम्मेदवार बन्ने निश्चित भएका छन् । नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकले डा. भट्टलाई कञ्चनपुर–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेसंगै उनको उमेदवारी सुनिश्चित भएको हो ।
डा. भट्ट यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर–३ बाट नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पराजित गर्दै निर्वाचित भएका थिए ।
एमालेभित्र मात्रै नभई बाहिर पनि बौद्धिक, शालीन र नीति–केन्द्रित नेताका रूपमा परिचित भट्टले अघिल्लो निर्वाचनमा गरेका चुनावी प्रतिबद्धताअनुसार उल्लेखनीय काम अघि बढाएका थिए । २०५६ सालदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालन, महाकाली प्रादेशिक अस्पतालको सुधार, महाकाली कोरिडोरअन्तर्गत ब्रह्मदेब–कौवानी खण्डको निर्माण सुरु, तथा दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढाउनु उनका प्रमुख उपलब्धि हुन् ।
सरकारले २०६६ सालमा घोषणा गरेको सुख्खा बन्दरगाह निर्माणलाई प्राथमिकतामा राख्दै उनले चुनाव जितेपछि ठोस पहल गरेका थिए । सुरुमा कञ्चभोजमा निर्माण गर्न नदिने भन्दै विरोध भएपछि स्थान परिवर्तन गरी दोधारा–चाँदनी नगरपालिका–१ र २ मा सारेर निर्माण प्रक्रिया अघि बढाइएको थियो।
महाकाली नदीमा चार लेनको पक्की पुल तथा पहुँच मार्ग निर्माणमा समेत सांसद भट्टले सक्रिय भूमिका निर्वाह गरेका छन्। पुलको पहुँच मार्गका लागि आवश्यक जग्गा अधिग्रहणमा उनी दिनरात खटिएका थिए। त्यस्तै, महाकाली कोरिडोर निर्माण कार्यलाई आइई सम्पन्न गरी ठेक्का प्रक्रियामार्फत निर्माण चरणमा प्रवेश गराइएको छ।
परराष्ट्र र सुरक्षा मामिलाका जानकार डा. भट्ट विद्यार्थी राजनीतिबाट एमालेको राजनीतिमा आएका हुन्। उनले कैलालीको गेटास्थित मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयमा रूपान्तरण गर्ने अभियानसमेत अघि बढाएका छन्।

भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरेका डा. भट्ट पार्टीका नीतिगत, वैचारिक तथा अन्तर्राष्ट्रिय मामिलामा लामो समयदेखि सक्रिय छन्। २०४५ सालदेखि भारत प्रवासमा रहँदा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनमार्फत संगठन निर्माणमा सक्रिय रहेका उनले महासचिव हुँदै २०५७ देखि २०६२ सम्म केन्द्रीय अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए।
डा. भट्ट २०५२ सालमा एमालेको संगठित सदस्य बनेका हुन्। त्यसयता पिथौरागढ नगर कमिटी सचिव, दिल्ली राज्य कमिटी सदस्य, पार्टी राष्ट्रिय परिषद सदस्य, भारत प्रवास समन्वय कमिटी सदस्य लगायत विभिन्न जिम्मेवारी सम्हाल्दै संगठन विस्तारमा योगदान दिएका छन्। सम्पर्क विभाग, विदेश विभाग र महाकाली अञ्चल सम्पर्क कमिटीमार्फत पनि उनी पार्टीमा सक्रिय रहँदै आएका थिए।
२०४६ सालको जनआन्दोलनका क्रममा पिथौरागढमा नेतृत्वदायी भूमिका निर्वाह गरेका भट्टसँग राज्य सञ्चालन र नीति निर्माणको अनुभवसमेत छ। संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्यका रूपमा उनले परराष्ट्र नीति, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा सक्रिय भूमिका निर्वाह गरेका थिए। साथै, २०७२ देखि २०७४ सम्म उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलको सदस्यका रूपमा पनि उनले काम गरेका थिए।
शान्ति प्रक्रियामा पनि उनको भूमिका उल्लेखनीय छ। २०६५ देखि २०६९ सम्म माओवादी सेनाका लडाकुहरूको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिको सचिवालय सदस्यका रूपमा उनले काम गरेका थिए। २०७३ सालदेखि नेपाल सरकारद्वारा गठन गरिएको राष्ट्रिय विकास परिषद्को सदस्यका रूपमा समेत उनी कार्यरत रहे ।
डा. भट्ट आगामी निर्वाचनमा पुनः विजयी हुनेमा विश्वस्त देखिएका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कञ्चनपुरको निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यलयले डाक्यो सर्वपक्षिय बैठक

कञ्चनपुरको निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यलयले डाक्यो सर्वपक्षिय बैठक

महेन्द्रनगर – प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर जिल्लाका तिनै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत कार्यालय स्थापना भई नि...
प्रतिनिधि सभा सदस्यका लागि कञ्चनपुर क्षेत्र नं. ३ मा सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट उम्मेदवार

प्रतिनिधि सभा सदस्यका लागि कञ्चनपुर क्षेत्र नं. ३ मा सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट उम्मेदवार

महेन्द्रनगर – अन्तर्राष्ट्रिय क्षेत्रमा सुरक्षाविद्को पहिचान बनाएका बौद्धिक व्यक्तित्व डा. दीपकप्रकाश भट्ट आसन्न प्रतिनिधिसभा निर्...
कञ्चनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः सुरत

कञ्चनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः सुरत

महेन्द्रनगर - कञ्चनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः सुरत सुनार(गहतराज) चयन भएका छन् । शनिबार सम्पन्न भएको ७औं जिल्ला अधि...
कञ्चनपुर सुनचाँदी व्यवसायी संघ कञ्चनपुरको १७ औं बार्षिक साधारण सभा तथा ७ औं जिल्ला अधिवेशनको उद्घघाटनशत्र सम्पन्न

कञ्चनपुर सुनचाँदी व्यवसायी संघ कञ्चनपुरको १७ औं बार्षिक साधारण सभा तथा ७ औं जिल्ला अधिवेशनको उद्घघाटनशत्र सम्पन्न

महेन्द्रनगर - कञ्चनपुर सुनचाँदी व्यवसायी संघ कञ्चनपुरको १७ औं बार्षिक साधारण एबम् ७ औं जिल्ला अधिवेशन को उदघाटन शत्रको सम्पन्न भएक...
महेन्द्रनगर बजारमा व्यपारीका पसलमा प्रहरीको छापा, लाखौको अबैध सामान बरामद

महेन्द्रनगर बजारमा व्यपारीका पसलमा प्रहरीको छापा, लाखौको अबैध सामान बरामद

महेन्द्रनगर–कञ्चनपुर जिल्ला प्रहरीले महेन्द्रनगर बजारमा व्यपारीका पसलहरुमा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबा...
त्रिभुवन विश्वविलयको ४५ हजार होलाग्राम सहित एक जना पक्राउ, नक्कली सर्टिफिकेट बनाउने गरेको खुलासा

त्रिभुवन विश्वविलयको ४५ हजार होलाग्राम सहित एक जना पक्राउ, नक्कली सर्टिफिकेट बनाउने गरेको खुलासा

महेन्द्रनगर–कञ्चनपुर जिल्लाबाट त्रिभुवन विश्वविद्यालयको होलोग्राम सहित एक जना पक्राउ परेको छ । शनिबार जिल्लाको पुनर्वास नगरपालिका ...
महेश्वर मावि को ५८औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न, पूर्व विद्यार्थी द्धारा छात्रवृत्ति प्रदान

महेश्वर मावि को ५८औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न, पूर्व विद्यार्थी द्धारा छात्रवृत्ति प्रदान

महेन्द्रनगर - महेश्वर माध्यमिक विद्यालय को ५८औं बार्षिकोत्सव सम्पन्न भएको छ । बुधबार भीमदत्त नगरपालिका १० सुकाशालस्थित महेश्वर ...
प्रभात विद्यानिकेतन सेकेन्डरी स्कुलको ३३औं बार्षिकोत्सव भव्यरुपमा सम्पन्न

प्रभात विद्यानिकेतन सेकेन्डरी स्कुलको ३३औं बार्षिकोत्सव भव्यरुपमा सम्पन्न

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका १६ स्थित प्रभात विद्यानिकेतन सेकेन्डरी स्कुलको ३३औं बार्षिकोत्सव भव्यरुपमा मनाईएको छ । ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज