दोधारा चाँदनीमा बाघको आक्रमण, थप उपचारको लागी महाकाली प्रादेशिक अस्पताल रिफर
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आक्रमणबाट एक जना गम्भिर घाइते भएका छन् । दोधारा चाँदनी नगरपालिका– २ सरस्वती टोल निवासी वर्ष अन्ताजी ६५ का शेर सिंह साँउदलाई बाघको आक्रमणबाट घाईते बनाएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक जगत गाहा मगरले जानकारी दिनुभएको छ् । आज बिहान मायापुरी मध्यवर्ती सामुदायिक बनमा भैसी चराउन गएको अवस्थामा बाघको आक्रमणमा परि साँउद घाईते भएको प्रहरी निरिक्षक जगत गाहा मगरले बताउनुभएको छ् ।
साँउदको हात, मुखमा गहिरो चोट लागेको प्रहरीको भनाई रहेको छ् । दोधारा चाँदनी नगर अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर रिफर गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।
केही महिना अघि बाघको आक्रमणबाट सोही वडा निवासी २३ वर्षीया हिरादेवी शाहुको मृत्यु भएको हो ।...