Advertisement

कञ्चनपुर सुनचाँदी व्यवसायी संघ कञ्चनपुरको १७ औं बार्षिक साधारण सभा तथा ७ औं जिल्ला अधिवेशनको उद्घघाटनशत्र सम्पन्न

महेन्द्रनगर – कञ्चनपुर सुनचाँदी व्यवसायी संघ कञ्चनपुरको १७ औं बार्षिक साधारण एबम् ७ औं जिल्ला अधिवेशन को उदघाटन शत्रको सम्पन्न भएको छ ।

शनिबार महेन्द्रनगरको ममताज पार्टी प्यालेसमा सम्पन्न भएको उदघाटनशत्र सुनचाँदी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष सुरत बहादुर सुनारको अध्यक्षता एबम् नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष सन्तोष लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य  गणेश बहादुर सुनार, रमेश बहादुर सुनार, नेपाल सुनचाँदी सुनचाँदी महासंघ सुदूरपश्चिम प्रदेशका पूर्व उपाध्यक्ष सुनिल घिमिरे, पत्रकार महासंघ कञ्चनपुरका सचिव कुन्दन पाण्डेय , अधिवक्ता सुमित्रा कार्की लगायत विशिष्ठ अतिथि रहेका थिए ।

कार्यक्रममा महासचिव नरेन्द्र बहादुर सुनारले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । भने कोषाध्यक्ष अशोक सिंह जिसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रममा संघलाई सहयोग गर्ने व्यवसायीहरुलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको छ । सम्मानित हुनेमा सुनिल घिमिरे, समाजसेवी अर्जुन केसी, उमेंश सुनवाल, मनोज लामिछाने, गणेश बहादुर सुनार, प्रकाश बिक, डम्मर गहतराज, सुमित सुनार, मेघराज सुनार, सुरेन्द्र शोक, चाँदनी कुमारी ठाकुर, अशोक ठाकुर, रोशन शोक, अशोक कुमार जिसी, नरेन्द्र बहादुर सुनार, ध्रुव निरौला, अशोक कुमार शाह, सुरत बहादुर सुनार र रोशन शोक रहेका छन् । साधुराम सुनारलाई  मरणपरान्त कदर पत्र प्रदान गरिएको छ ।
उनीहरूलाई प्रमुख अतिथि  नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष सन्तोष लामिछानेले कदर पत्र हस्तान्तरण गरेका थिए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष सन्तोष लामिछानेले सुनचाँदी व्यवसाय अहिलेको व्यवसाय नभएको उल्लेख गर्दै व्यवसायमा आएका विभिन्न बाधा अड्चनलाई पाखा लगाउँदै संघर्स गरिरहेको बताए । सरकारले सुनचाँदी व्यवसायीका समस्या नबुझेर उल्टै समस्या झिकिरहेको  उनले बताए । उनले फेरि पनि व्यवसायीका माग इजेण्डहरु नछोड्ने र सशक्त बनाएर सरकार लाई घच घाच्याउने बताए ।

सुनचाँदी व्यवसायीलाई आवश्यक पर्ने कच्चा पदार्थ सरकारले दैनिक सीमा तोकेर २० केजी भन्दा बढी आयात गर्न नदिदा बजार माग धान्न समस्या भएको उनको दाबी छ ।
विश्वमा भरिरहेको विभिन्न प्रकारले भइरहेको लडाईका कारण सुनचाँदीको मूल्यमा परिवर्तन आएको छ । उनले व्यवसायीलाई व्यवसाय बचाउन सुनको मौजाद बढाउन समेत अनुरोध गरे । ‘भोलिको दिनमा सुन चाँदीको मूल्य बढी रहेको छ त्यस कारण पनि आफ्नो व्यवसाय बचाउन चाहनुहुन्छ भने सुनको मौजादात अनिवार्य वृद्धि गर्नुहोस, उनले भने ।
त्यासैगरी नेपाल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष सुरत गहतराजले जिल्ला कमिटीले सुनचाँदी व्यवसायीका हक हितका लागि विभिन्न चरणमा आन्दोलन गरेको बताए । सबै व्यवसायी हरुको साथ सहयोगले नै जिल्ला कमिटीको नेतृत्वमा गरिएको आन्दोलन सफल भएको र फेरि पनि साथ सहयोग को अपेक्षा गरे ।

कार्यक्रम सञ्चालन विमल खडायतले गरेका थिए । प्रमुख अतिथि सहित अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । आजै बन्दशत्र बाट नयाँ कार्य समिति चयन हुनेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज