महेन्द्रनगर – महेन्द्रनगरको बहुचर्चित स्कूल फ्लोरिडा इन्टरनेशन माविले पाँचौ विज्ञान, कला तथा खाद्य प्रदर्शनी सम्पन्न गरेको छ । बुधबार अनौपचारीकरुपमा गरीएको एकदिने उक्त प्रदर्शनीमा विद्यार्थीहरु स्वयमले निर्माण गरेका बैज्ञानिक आविष्कार, कला प्रदर्शनसहित विद्यार्थीहरुले बनाएका खाद्य परिकारहरु विक्रि गरीएका थिए । कक्षा नर्सरीदेखि १० सम्म पढ्ने सबै विद्यार्र्थीहरुले निर्माण गरेका एकसे एक आविष्कारहरुमध्ये कक्षा नौ मा अध्ययनरत पवन जोशीसहित मिलन रोकाया र आदर्श धामीको समुहले निर्माण गरेको रोविटिक कार प्रदर्शनीको आकर्षणको केन्द्र बन्यो ।

भविष्यमा सफ्टवेयर ईन्जिनियर बन्ने लक्ष्य बोकेका जोशीसहितका विद्यार्थीले निर्माण गरेको कार हेर्न २० रुपया टिकट राखिएको थियो । विद्यालयको कक्षा कोठाभित्र राखिएको कार सयौ अभिभावकले टिकट काटेर अवलोकन गरे । जोशी सहित रोकाया र धामीले सबै दर्शकलाई कार गुडाएर देखाए । ईलेक्ट्रोनिक कारको भविष्यको बारेमा जानकारी दिदै कारले प्रदुषण कम गर्ने भएकाले बातावरण संरक्षणमा टेवा पुग्ने उनीहरुको धारणा थियो । कार बनाउन ६ हजार रुपैँया खर्च भएको जोशीले सुनाए ।

विज्ञान विषयको अप्लिकेसन अफ उल्ट्रा सोनिक वेभ्स पाठ पढेपछि कार बनाउने सोच आएपछि जोशीको टिमले तिन दिन लगाएर कार निर्माण गरेको बताए । ‘विज्ञान विषयमा अप्लिकेसन अफ उल्ट्रा सोनिक वेभ्स पाठ छ, त्यो पढेपछि कार बनाउने आइडिया आयो, त्यसपछि साथीहरुसित मिलेर बनाए’ उनले भने ।

त्यसैगरी प्रदर्शनीको दास्रो आकर्षणको केन्द्र कक्षा नौकै विद्यार्थीहरुले निर्माणको भिडियो गेम रहेको थियो । उक्त गेम खेल्न २० रुपयाको टिकट काटेर लाईनमा बसेका साना साना विद्यार्थीहरुको घुईचो नै लागेको थियो । आदर्श धामीसहितका विद्यार्थीहरुको समुहले निमार्ण गरेको भिडियो(जाभा वर्ड)गेम निर्माण गर्न दुई घण्टा लागेको धामीले बताए ।

उक्त गेम खेल्ने विद्यार्थीहरुलाई विजयी भएमा टिकटको तिन गुणा बढि रकम पुरस्कार दिईएको थियो ।

कला प्रदर्शनीमा विद्यार्थीहरुले निर्माण गरेका गणेश भगवानको मुर्तिदेखि भीम बाटिकासम्म प्रदर्शनिमा राखिएका थिए । पूर्णिमा चौधरी, बिडिशा रावल र आरुही चन्दले बनाएको भीम वाटिकाले अभिभावकको ध्यान तानेको थियो । भीमदत्त नगरपालिका वडा नं. १८ स्थित पार्कका सबै संरचना र सौन्दर्य समेटेर बनाएको उक्त सामाग्रिले उनीहरुमा कला शिप कति छ भन्ने कुरालाई सहजै अनुमान लगाउन सकिन्थ्यो ।

त्यसैगरी कक्षा ६ का राम चुनारा, प्रिन्स कुवर, देब्यान रावल, करुणा जोशी, उत्सव जोशी, हेमन्त महारा र दिनेश जोशीले बनाएको वाटर फिल्ट्रेसन सिस्टम र रोबोट प्रदर्शनमा थियो । त्यसैगरी प्रदर्शनीमा विद्यार्थीहरुले निर्माण गरेका विज्ञान तथा कलाका सयौ आकर्षक स्टल राखिएका थिए ।

विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानको साथसाथै प्रयोगात्मक र व्यवहारिक ज्ञान शिप दिने प्रयत्न विगतबर्षदेखि नै गर्दै आईरहेको उल्लखे गर्दै विद्यालयका प्रिन्सिपल जयराज ओझाले विद्यार्थीहरुलाई पढाईमा सक्रिया बनाउन र ध्यानाकर्षण गराउने उदेश्यले उक्त प्रदर्शनी राखिएको बताए ।

विद्यार्थीहरु स्वयमले निर्माण गरेका भिडियो गेम, रोबोटिक कारलगायतका विभिन्न कलात्मक आकर्षक सामाग्रि प्रदर्शन गर्नुका साथै विद्यार्थीहरुले मिहिनेत गरी खानेकुराका परिकारहरु प्रदर्शन गरीएको प्रिन्सिपल ओझाले बताए । यसले विद्यार्थीहरुका कला, क्षमता र सम्भावनाहरुलाई उजागर गरेको उनले दावि गरे ।

‘विद्यार्थीलाई किताबी ज्ञान मात्रै पर्याप्त हुँदैन, प्रयोगात्मक ज्ञान पनि आवश्यक हुन्छ’ उनले भने, ‘विद्यार्थीहरुको ध्यान अन्त नजान दिन, कोर्ष बाहेकका कुराहरु पनि आवश्यक हुन्छन्, यसबाट विद्यार्थीले आफैंले गरेर धेरै कुरा सिक्न सक्छन्, एक आपशमा मिलेर काम गर्दा एकता पनि बलियो हुने हुन्छ ।’

विद्यार्थीको रुची अनुसार विद्यालयले प्रदर्शनीका लागि काम दिएको बताए । विद्यार्थीहरुलाई कक्षा शिक्षक र सम्बन्धि विषयका शिक्षकले सहयोग गरेको उनी बताउँछन् । विद्यार्थीहरुले मोबाइलको प्ले स्टोरमा हेर्ने अप्लिकेश्न आफैले बनाएर प्रदर्शनीमा राख्नु ठूलो उपलब्धि भएको बताए । विद्यार्थीहरुले खाना पकाउन जान्ने नजान्ने कुरा पनि प्रदर्शनीबाट सिकेको बताए ।

विद्यार्थी, शिक्षक, अभिभावक सहित प्रर्दशनीमा सहभागी भएर अवलोकन गरे । विहानदेखि विद्यालय प्राङ्गणमा प्रदर्शनी राखिएको हो ।
प्रदर्शनी हेर्न आएका अभिभावकहरुले विद्यार्थीहरुको प्रतिभा बाहिर ल्याउने प्रदर्शनीले सहयोग पुग्ने आशा व्यक्त गरे । नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुने फ्लोरिडामा ९ सय विद्यार्थी अध्ययनरत छन् ।

परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।