नेकपा(एमाले) कञ्चनपुरद्धारा ११औ महाधिवेशन प्रतिनिधिलाई प्रमाण पत्र वितरण
महेन्द्रनगर – एमाले पार्टी कार्यालयमा ११ औं महाधिवेशनका लागि कञ्चनपुरबाट निर्वाचित प्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरिएको छ । एमाले केन्द्रीय सदस्य सहित जिल्ला पदाधिकारीलगायत सहभागी कार्यक्रममा उनीहरुलाई निर्वाचन समितिहरुले प्रतिनिधिको प्रमाण पत्र प्रदान गरेको छ ।
एमालेको ११ औं महाधिवेशनका लागि कञ्चनपुरका तीन निर्वाचन क्षेत्र र दलित क्लष्टरबाट १६ जना निर्वाचित भएका छन् । कञ्चनपुर जिल्लाबाट निर्वाचित बाहेक केन्द्रीय कमिटी, मजदुर, विभाग सहितका गरी २७ प्रतिनिधि महाधिवेशन प्रतिनिधि जानेछन् ।
एमाले कञ्चनपुरका उपाध्यक्ष एबम् प्रचार विभाग प्रमुख जनकराज अवस्थीले सबै क्षेत्र र दलित क्लष्टरका प्रतिनिधिलाई प्रमाण पत्र वितरण गरिएको बताए ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्यद्वय निरुदेबी पाल, राजेन्द्र सिह रावल, केन्द्रीय सदस्यहरु नर बहादुर धामी, कृपाराम राना लगायतका नेता सहभागी भएका छन् ।
कञ्चनपुर...

















