सार्क एजुकेसन फाउण्डेशनले पत्रकारहरुसंग किन गर्यो अन्तरक्रिया ?
महेन्द्रनगर — सार्क एजुकेशन फाउण्डेशन महेन्द्रनगरले पत्रकार सम्मेलन गरेको छ । फाउन्डेसनले शिक्षा प्रणालीमा सुधार र नवीनतम शिक्षण कार्यक्रम कार्यान्वयनबारे जानकारी दिन पत्रकारसँग अन्तरक्रिया गरेको हो ।
फाउण्डेशनका सिइओ डा. लक्ष्मण बस्नेतले संस्थाले लागू गर्न लागेको नयाँ शैक्षिक प्रणालीबारे विस्तृत जानकारी गराउँदै शिक्षालाई विषयगत रूपमा ल्याब–आधारित बनाइने बताए। उनका अनुसार STREAME (Science, Technology, Reading, Engineering, Arts, Mathematics & Entrepreneurship) आधारित कार्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिनेछ। कक्षा १ देखि ३ सम्म ५० प्रतिशत र कक्षा ३ देखि १० सम्म पूर्ण रूपमा ल्याब–आधारित शिक्षण प्रणाली अपनाइने योजना रहेको उनले स्पष्ट पारे।
प्रिन्सिपल सुर्य घिमिरेले वर्तमान शिक्षा प्रणालीलाई व्यवहारिक अभ्यासमा आधारित बनाउँदै विश्वस्तरीय शिक्षा लागू गर्नु समयको आवश्यकता रहेको धारणा व्य...

















