Advertisement

नेकपा(एमाले) कञ्चनपुरद्धारा ११औ महाधिवेशन प्रतिनिधिलाई प्रमाण पत्र वितरण

११औ महाधिवेशन प्रतिनिधि
Advertisement
महेन्द्रनगर – एमाले पार्टी कार्यालयमा ११ औं महाधिवेशनका लागि कञ्चनपुरबाट निर्वाचित प्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरिएको छ । एमाले केन्द्रीय सदस्य सहित जिल्ला पदाधिकारीलगायत सहभागी कार्यक्रममा उनीहरुलाई निर्वाचन समितिहरुले प्रतिनिधिको प्रमाण पत्र प्रदान गरेको छ ।
एमालेको ११ औं महाधिवेशनका लागि कञ्चनपुरका तीन निर्वाचन क्षेत्र र दलित क्लष्टरबाट १६ जना निर्वाचित भएका छन् । कञ्चनपुर जिल्लाबाट निर्वाचित बाहेक केन्द्रीय कमिटी, मजदुर, विभाग सहितका गरी २७ प्रतिनिधि महाधिवेशन प्रतिनिधि जानेछन् ।
एमाले कञ्चनपुरका उपाध्यक्ष एबम् प्रचार विभाग प्रमुख जनकराज अवस्थीले सबै क्षेत्र र दलित क्लष्टरका प्रतिनिधिलाई प्रमाण पत्र वितरण गरिएको बताए ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्यद्वय निरुदेबी पाल, राजेन्द्र सिह रावल, केन्द्रीय सदस्यहरु नर बहादुर धामी, कृपाराम राना लगायतका नेता सहभागी भएका छन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट खुलातर्फ पल्लबराज भट्ट र वीरबहादुर थापा निर्वाचनमार्फत प्रतिनिधि चयन भएका थिए । भने महिलातर्फ कमला चौधरी र कल्पना गिरी निर्वाचनबाट प्रतिनिधि चयन भएका छन् । युवामा काशीराम बोहरा निर्वाचन बाट छनौट भएका छन् ।
यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ बाट खुलातर्फ रणबहादुर महरा र बचन बहादुर सिंह, महिलातर्फ लक्ष्मी बुढा र पार्वती जोशी, युवा तर्फ प्रविन बोगटी प्रतिनिधिमा सर्वसम्मत छनौट भएका थिए ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट खुलातर्फ डा. दीपक प्रकाश भट्ट र जनकराज अवस्थी, दलित तर्फबाट आरपी सार्की, युवा तर्फ ओम बस्नेत निर्वाचनबाट महाधिबेसन प्रतिनिधि छनौट भएका छन । महिलातर्फ चिनि गिरी, दलित महिलामा लक्ष्मी विक सर्बवसम्मत छनौट भएका थिए ।
निर्वाचन क्षेत्र नं. २ बाट सबै प्रतिनिधि सर्वसम्मत निर्विरोध भएका छन् । क्षेत्र नं. ३ मा महिला बाहेक खुला र युवा निर्वाचनबाट निर्वाचित भएका छन् ।नेकपा एमालेले काठमाडौँमा यही मङ्सिर २७ देखि २९ गते सम्म पार्टीको ११ औँ महाधिवेशन गरीरहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार ...
फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

महेन्द्रनगर – महेन्द्रनगरको बहुचर्चित स्कूल फ्लोरिडा इन्टरनेशन माविले पाँचौ विज्ञान, कला तथा खाद्य प्रदर्शनी सम्पन्न गरेको छ । बुध...
हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हेमा भट्ट, कञ्चनपुर — कृष्णपुर नगरपालिका वडा नम्बर ४–५ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा मिति २०८२...
एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

महेन्द्रनगर - एनएमबी बैंकले शुक्लाफाँटा नगरपालिका १० का अजय बिकको घर लिलाम प्रकरणमा एनएमबी बैंकले ऋणीलाई दिएको ऋण स्वीकृत र मालपोत...
परशुराम नगरपालिकामा मलामी बोकेर फर्किदै गरेको ट्याक्टर र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यू

परशुराम नगरपालिकामा मलामी बोकेर फर्किदै गरेको ट्याक्टर र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यू

महेन्द्रनगर - डडेल्धुराको परशुराम नगरपालिकामा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यू भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कु...
राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।   ...
प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न

प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न

महेन्द्रनगर - प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न भएको छ । शनिबार चेतन होटलमा सम्पन्न भएको उदघाटन शत्रको...
मर्निङग्लोरीद्धारा  उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

मर्निङग्लोरीद्धारा उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

महेन्द्रनगर - मर्निङग्लोरीले उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान गरेको छ । विद्या...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज