Advertisement

बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

Advertisement
महेन्द्रनगर–नेपाल विद्युत प्राधिकरण, बेलौरी वितरण केन्द्रले बेलौरी सबस्टेसन अन्तर्गत बेलडाँडी फिडरबाट विद्युत लिइरहेका क्षेत्रका उपभोक्तालाई मंसिर १७ गतेदेखि निरन्तररुपमा दिनभर एक हप्तासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
प्राधिकरणका अनुसार मिति २०८२/०८१७ गतेदेखि ७ दिनसम्म दैनिक बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म फिडरको राइट अफ वे मा रहेका रुखका हाँगा-विगाँ काट्ने (बुश कटिङ्ग) कार्य हुने हुँदा बेलडाँडी फिडरमार्फत सेवा लिने अधिकांश स्थानमा विद्युत आपूर्ति बन्द रहने बेलौरी वितरण केन्द्रले जनाएको छ ।
यद्यपि बुश कटिङ्गको कामसँगै सेक्सन छुट्याई विद्युत सुचारु गर्न सकिने क्षेत्रहरूमा भने लाइन खुला रहने जनाइएको छ । यस अवधिमा प्राधिकरणको अनुमति र समन्वय बिना उपभोक्ताले स्वयम् विद्युत लाइन नजिक रहेका रुखका हाँगा-विगाँ नकट्न आग्रह समेत गरिएको छ ।
सुरक्षाका दृष्टिले यस्ता कार्य प्राधिकरणकै व्यवस्था अनुसार मात्र गर्नुपर्ने प्राधिकरणले स्पष्ट पारेको छ । प्राधिकरणले यस अवधीमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै, “काम समय अगावै सकिएमा तत्कालै विद्युत सेवा सुचारु गरिनेछ,” भन्दै बेलडाँडी क्षेत्रका सबै उपभोक्तालाई सहयोग र समझदारीका लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले महाधिवेशनमा विद्युतीय मतदान हुने

एमाले महाधिवेशनमा विद्युतीय मतदान हुने

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान हुने भएको छ । एमालेले १०औं महाधिवेशनमा समेत विद्युतीय मतदान गर...
निर्माण व्यवसायसँग कञ्चनपुरद्वारा १८ औं निर्माण दिवस भव्यताका साथ मनाइयो

निर्माण व्यवसायसँग कञ्चनपुरद्वारा १८ औं निर्माण दिवस भव्यताका साथ मनाइयो

महेन्द्रनगर - निर्माण व्यवसायी संघ कञ्चनपुरले १८ औ निर्माण दिवस भव्यताका साथ मनाएको छ। सोमबार निर्माण व्यवसायी संघ कञ्चनपुरले निर...
बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

महेन्द्रनगर – कञ्चनपुरमा लागू पदार्थविरुद्ध सचेतना कार्यक्रमको आयोजना गरिने भएको छ । बुधबार आयोजक घटाल युवा विकास समाज र सह आयोजक ...
मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

कल्पना साउद, कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी एक मृगौला र क्यान्सरपीडित महिला मृत्युको मुखमा पुगेकी छिन ।...
औषधी व्यवसायीहरुद्धारा आन्दोलन स्थगित, व्यवसायी र सरकारविच तिन बुदे सहमति

औषधी व्यवसायीहरुद्धारा आन्दोलन स्थगित, व्यवसायी र सरकारविच तिन बुदे सहमति

महेन्द्रनगर : माग सम्बोधन हुने भएपछि औषधि व्यवसायीहरुले एक सातादेखि थालेको आन्दोलन स्थगित गरेका छन । औषधी व्यवसायी र सरकारविच तीन ...
अनेरास्ववियुको मेचीमहाकाली विद्यार्थी जागरण यात्रा शुभारम्भ

अनेरास्ववियुको मेचीमहाकाली विद्यार्थी जागरण यात्रा शुभारम्भ

बिर्तामोड । अनेरास्ववियुले मेचीमहाकाली विद्यार्थी जागरण यात्राको शुभारम्भ गरेको छ । झापाबाट संगठनका केन्द्रीय अध्यक्ष दिपक धामीले ...
कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एचआईभि संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले विश्व एड्स दिवस २०२५को अवस...
बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

महेन्द्रनगर–बेलडाडी गाउपालिका उपाध्यक्ष शान्ती नाथले मानसिक रोगबाट पिडित बालिकाको उद्धार गरेकी छन् । पछिल्लो समयमा मानसिक स्थीती क...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज