Advertisement

मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

Advertisement
कल्पना साउद, कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी एक मृगौला र क्यान्सरपीडित महिला मृत्युको मुखमा पुगेकी छिन । झलारी कलुवापुरकी ३५ बर्षिया विष्ना जोशी मृगौला र क्यान्सरपीडित महिला मृत्युको मुखमा पुगेकी हुन ।
विष्ना चार बर्षदेखि मृगौलारोगसंग लडिरहेकी उनको मृर्गौला प्रत्यारोपण गर्नुपर्ने छ । तर, ृउपचार खर्च नहुँदा समस्या खेप्नु परेको छ । शुरुवातमा दुवै मृगौला फेल भएकी विष्नाको अर्को बायाँ हातमा क्यान्सरको संक्रमण देखिएपछि झन समस्या परेकी हुन । दुई छोरा दुई छोरी सहित चार सन्तानकी आमा विष्नाको परिवारसंग उपचार खर्च पैशा नभएपछि गाँउ गाँउ रकम संकलन गर्दै डुलिरहेकी छिन ।
विष्नाका श्रीमान मोहनराज जोशी भारतमा मजदुरी गर्दै आएका छन । श्रीमती बिरामी भएपछि उताको रोजगार समेत छाडेर स्वदेश आएका छन । भारतमा मजदुरी गरेर घर परिवार चलाउँदै आएकी जोशी श्रीमतीको उपचारका लागि घर आएपनि दैनिक खर्च चलाउन समेत धौउधौउ भएको छ ।
जोशी परिवारले चुनावमा बेला दिनदिनै घरमा पुग्ने दल, तिनका नेता कार्यकर्ताहरु अहिले संकटमा पर्दा मुख समेत नदेखाउने गरेको दुखेसो पोखेका छन । बिरामी विष्नाका श्रीमान मोहनराज जोशीले जिवनसंगिनी बिरामी भएपछि स्थानीय सरकारदेखि कहिकतैबाट सहयोग नपाएपछि मिडियाको शरणदेखि बजारमा रकम संकलन गर्दै हिडेको बताए । ‘चुनावका बेला निःशुल्क उपचार गरिदिन्छौँ भन्दै पटक पटक घरको दैलो चहार्ने नेताहरु अहिले चुनवा जितेपछि आफुहरुको समस्यामा चासो मात्रै होईन सुन्न पनि चाहेका छैनन, यस्ता नेता, जनप्रतिनिधी भए हामी जस्ता गरिबले बिरामी भए मर्नुको विकल्प छैन ।’ वडा,पालिकामा धाउँदा समेत आफुहरुको समस्याप्रति जनप्रतिनिधीले वास्ता नै नराखेको दुखेसो पोेखेका छन । पढाई छाडेर छोरी दिक्षिता जोशी पनि आमाको जिवन रक्षाका लागि पैशा माग्दै हिडेकी छिन । उनले स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा सहयोगका लागि अपिल गरेकी छिन । पीडित परिवारले बिरामी विष्ना जोशीको नविल बैंकमा रहेको खाना नम्बर १९९१००१७५०१०७१मा सक्दो उपचार खर्च सहयोगका लागि अपिल गरेका छन ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले महाधिवेशनमा विद्युतीय मतदान हुने

एमाले महाधिवेशनमा विद्युतीय मतदान हुने

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान हुने भएको छ । एमालेले १०औं महाधिवेशनमा समेत विद्युतीय मतदान गर...
निर्माण व्यवसायसँग कञ्चनपुरद्वारा १८ औं निर्माण दिवस भव्यताका साथ मनाइयो

निर्माण व्यवसायसँग कञ्चनपुरद्वारा १८ औं निर्माण दिवस भव्यताका साथ मनाइयो

महेन्द्रनगर - निर्माण व्यवसायी संघ कञ्चनपुरले १८ औ निर्माण दिवस भव्यताका साथ मनाएको छ। सोमबार निर्माण व्यवसायी संघ कञ्चनपुरले निर...
बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

महेन्द्रनगर – कञ्चनपुरमा लागू पदार्थविरुद्ध सचेतना कार्यक्रमको आयोजना गरिने भएको छ । बुधबार आयोजक घटाल युवा विकास समाज र सह आयोजक ...
मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

कल्पना साउद, कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी एक मृगौला र क्यान्सरपीडित महिला मृत्युको मुखमा पुगेकी छिन ।...
औषधी व्यवसायीहरुद्धारा आन्दोलन स्थगित, व्यवसायी र सरकारविच तिन बुदे सहमति

औषधी व्यवसायीहरुद्धारा आन्दोलन स्थगित, व्यवसायी र सरकारविच तिन बुदे सहमति

महेन्द्रनगर : माग सम्बोधन हुने भएपछि औषधि व्यवसायीहरुले एक सातादेखि थालेको आन्दोलन स्थगित गरेका छन । औषधी व्यवसायी र सरकारविच तीन ...
अनेरास्ववियुको मेचीमहाकाली विद्यार्थी जागरण यात्रा शुभारम्भ

अनेरास्ववियुको मेचीमहाकाली विद्यार्थी जागरण यात्रा शुभारम्भ

बिर्तामोड । अनेरास्ववियुले मेचीमहाकाली विद्यार्थी जागरण यात्राको शुभारम्भ गरेको छ । झापाबाट संगठनका केन्द्रीय अध्यक्ष दिपक धामीले ...
कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एचआईभि संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले विश्व एड्स दिवस २०२५को अवस...
बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

महेन्द्रनगर–बेलडाडी गाउपालिका उपाध्यक्ष शान्ती नाथले मानसिक रोगबाट पिडित बालिकाको उद्धार गरेकी छन् । पछिल्लो समयमा मानसिक स्थीती क...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज