Advertisement

निर्माण व्यवसायसँग कञ्चनपुरद्वारा १८ औं निर्माण दिवस भव्यताका साथ मनाइयो

महेन्द्रनगर – निर्माण व्यवसायी संघ कञ्चनपुरले १८ औ निर्माण दिवस भव्यताका साथ मनाएको छ।
सोमबार निर्माण व्यवसायी संघ कञ्चनपुरले निर्माण दिवसको अवसरमा बिहान प्रभातफेरि, कार्यालयमा झण्डोत्तोलन, औपचारिक कार्यक्रम र साँझ कार्यालयमा दिपावली गरेको हो ।
निर्माण व्यवसाय सङ्घको प्राङ्गणमा सम्पन्न औपचारिक कार्यक्रममा संघका पूर्व अध्यक्ष लोक बहादुर ठकुराठी र वर्तमान अध्यक्ष पुष्पराज अवस्थीले झण्डोत्तोलन गरे । निर्माण व्यवसायी का अध्यक्ष पुष्पराज अवस्थिको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि निर्माण व्यवसायी संघका केन्द्रीय सदस्य लोकबहादुर ठकुराठी रहेका थिए।

 

संघको कार्यालय बाट सुरु भएर प्रभातफेरि बजार क्षेत्र परिक्रमा गरी कार्यालयमा पुगेर औपचारिक कार्यक्रम गरिएको थियो ।
निर्माण व्यवसायीपुरका पूर्व अध्यक्ष ठकुराठीले व्यवसायीले कुनै पनि ठेक्कामा पिसी दिन नहुनेमा जोड दिए । पछिल्लो समय निर्माण व्यवसायी हरूले कार्यालयहरूलाई पिसिदिने प्रवृत्ति मौलाएको भन्दै कुनै पनि व्यवसायीलाई पिसी नदिन आग्रह गरे । उनले विकास निर्माणका कामहरू गुणस्तरीय गर्न र भ्रष्टाचार न्यूनीकरण गर्न उपभोक्ता समूह मार्फत भन्दा पनि ठेका मार्फत मात्रै गर्नुपर्ने बताए ।

कार्यक्रममा संघका अध्यक्ष अवस्थीले सबै व्यवसायी एकजुट भएर जानु पर्ने, लो बिडिङ्ग गर्न नहुने र व्यवासायिक मर्यादा पालना गरी व्यवसायलाई मर्यादित बनाउनु पर्ने बताए ।

पछिल्लो समय धेरै व्यवसायीहरु चेक बाउन्सको समस्यामा पर्दै आएकाले त्यसबाट बच्नु आवश्ष्क भएको अध्यक्ष अवस्थीले बताए । ‘अहिले चेक बाउन्स धेरै भाको छ, त्यसबाट बच्न पर्ने अवस्था छ’ उनले भने ।

अध्यक्ष अवस्थीले चेक बाउन्सबाट बच्न हार्डवेयर व्यवसायी र मजदुर सबैसित समन्वय र सहकार्य गरी अघि बढनु पर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष गजेन्द्र बहादुर चन्द लगायतले मन्तव्य राखे । संघका वरिष्ठ उपाध्यक्ष देब बहादुर चन्दले स्वागत मन्तव्य राखेको थिए भने कार्यक्रमको सञ्चालन सचिव बृज किशोर चन्दले गरे । कार्यक्रममा संघका पदाधिकारी, सदस्य, साधारण सदस्य सहभागी भए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

महेन्द्रनगर - भीमदत्त नगरपालिकाको शिक्षक दरबन्दी मिलानको निर्णय सार्वजनिक गरिएको छ । बिहीबार कार्यपालिका बैठकबाट निर्णय गरी विभिन्...
पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

महेन्द्रनगर – पाच दिनदेखि संञ्चालन गरीएको पाच दिने निशुल्क बृहत योग सिविर समापन गरीएको छ । योग गरौं, स्वस्थ रहौं – समृद्ध समाज निर...
विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

महेन्द्रनगर – बैशाखको दास्रो साता अर्थात बैशाख ९ गते, शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समिति अध्यक्षलगायतको टिम घरदैलो, प्रचा...
जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटअगाडि अर्धनग्न प्रदर्शन गरीएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि आरक्ष ...
डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्...
भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

काठमाण्डौँ – भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर(प्रहरी निरीक्षक) बिनु कुमारी शाहीले ललितपुर जिल्ला अदालतबाट सफाइ पाएक...
सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

महेन्द्रनगर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेलले मंगलबार सुदूरपश्चिम विश्वविद्यालको अवलोकन भ्रमण गरेका छन् । बुध...
दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका विभिन्न सडक आयोजनाका ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज