महेन्द्रनगर – निर्माण व्यवसायी संघ कञ्चनपुरले १८ औ निर्माण दिवस भव्यताका साथ मनाएको छ।
सोमबार निर्माण व्यवसायी संघ कञ्चनपुरले निर्माण दिवसको अवसरमा बिहान प्रभातफेरि, कार्यालयमा झण्डोत्तोलन, औपचारिक कार्यक्रम र साँझ कार्यालयमा दिपावली गरेको हो ।
निर्माण व्यवसाय सङ्घको प्राङ्गणमा सम्पन्न औपचारिक कार्यक्रममा संघका पूर्व अध्यक्ष लोक बहादुर ठकुराठी र वर्तमान अध्यक्ष पुष्पराज अवस्थीले झण्डोत्तोलन गरे । निर्माण व्यवसायी का अध्यक्ष पुष्पराज अवस्थिको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि निर्माण व्यवसायी संघका केन्द्रीय सदस्य लोकबहादुर ठकुराठी रहेका थिए।

संघको कार्यालय बाट सुरु भएर प्रभातफेरि बजार क्षेत्र परिक्रमा गरी कार्यालयमा पुगेर औपचारिक कार्यक्रम गरिएको थियो ।
निर्माण व्यवसायीपुरका पूर्व अध्यक्ष ठकुराठीले व्यवसायीले कुनै पनि ठेक्कामा पिसी दिन नहुनेमा जोड दिए । पछिल्लो समय निर्माण व्यवसायी हरूले कार्यालयहरूलाई पिसिदिने प्रवृत्ति मौलाएको भन्दै कुनै पनि व्यवसायीलाई पिसी नदिन आग्रह गरे । उनले विकास निर्माणका कामहरू गुणस्तरीय गर्न र भ्रष्टाचार न्यूनीकरण गर्न उपभोक्ता समूह मार्फत भन्दा पनि ठेका मार्फत मात्रै गर्नुपर्ने बताए ।
कार्यक्रममा संघका अध्यक्ष अवस्थीले सबै व्यवसायी एकजुट भएर जानु पर्ने, लो बिडिङ्ग गर्न नहुने र व्यवासायिक मर्यादा पालना गरी व्यवसायलाई मर्यादित बनाउनु पर्ने बताए ।
पछिल्लो समय धेरै व्यवसायीहरु चेक बाउन्सको समस्यामा पर्दै आएकाले त्यसबाट बच्नु आवश्ष्क भएको अध्यक्ष अवस्थीले बताए । ‘अहिले चेक बाउन्स धेरै भाको छ, त्यसबाट बच्न पर्ने अवस्था छ’ उनले भने ।
अध्यक्ष अवस्थीले चेक बाउन्सबाट बच्न हार्डवेयर व्यवसायी र मजदुर सबैसित समन्वय र सहकार्य गरी अघि बढनु पर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष गजेन्द्र बहादुर चन्द लगायतले मन्तव्य राखे । संघका वरिष्ठ उपाध्यक्ष देब बहादुर चन्दले स्वागत मन्तव्य राखेको थिए भने कार्यक्रमको सञ्चालन सचिव बृज किशोर चन्दले गरे । कार्यक्रममा संघका पदाधिकारी, सदस्य, साधारण सदस्य सहभागी भए ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।