Advertisement

अनेरास्ववियुको मेचीमहाकाली विद्यार्थी जागरण यात्रा शुभारम्भ

Advertisement
बिर्तामोड । अनेरास्ववियुले मेचीमहाकाली विद्यार्थी जागरण यात्राको शुभारम्भ गरेको छ । झापाबाट संगठनका केन्द्रीय अध्यक्ष दिपक धामीले अभियानको शुभारम्भ गरेका हुन् ।
अनेरास्ववियुको झण्डा विद्यार्थीहरुलाई हस्तान्तरण गर्दै मंगलवार अभियान शुभारम्भ भएको घोषणा गरिएको छ । अभियानमा प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
सोही कार्यक्रममा अनेरास्ववियु कोशी प्रदेशले पुरस्कार वितरण गरेको छ । ‘लागुऔषध मुक्त समाजः हाम्रो अभियान’ विषयक अनलाइन वक्तृत्वत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।
अनेरास्ववियु कोशी प्रदेश कमिटीद्वारा आयोजित खुला डिजिटल अनलाइन वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने तेह्रथुम छथरस्थित सरस्वती माविको कक्षा ९ मा अध्ययनरत विद्यार्थी तृप्ति भण्डारी, दोस्रो हुने खाँदवारीस्थित सूर्य आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सदिक्षा तामाङ र तेस्रो हुने मोरङ सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचामा अध्ययनरत सुमन ढुङ्गानालाई नगद, प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।
उनीहरुलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको कोशीका अध्यक्ष नारायण पोखरेलले जानकारी दिए ।
यस्तै, सान्तवना पुरस्कार कनकाईस्थित हरिकुल नमूना माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत प्रिन्शा तिम्सिना, धुलावारी माविको कक्षा ८ मा अध्ययनरत कृतिका शिवाकोटी र पब्लिक हाईस्कूल धरान १२ चतारालाइन कक्षा १० मा अध्ययनरत तमन्ना वान्तवा राईलाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय अध्यक्ष धामीले पुरस्कार वितरण गरेका हुन् ।
प्रतियोगितामा प्राडा गंगा अधिकारी, गोपाल काफ्ले र डा. कुमार सुवेदीले निर्णायकको रुपमा भूमिका निभाएका थिए । उत्कृष्ट विद्यार्थीहरुको नामावली निर्णायक मण्डलका सदस्य काफ्लेले घोषणा गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि संगठनका अध्यक्ष दिपक धामीले अनेरास्ववियुका विद्यार्थीहरुको काँधमा देश बचाउने जिम्मेवारी आएको बताएका छन् । उनले देशभित्र एकता भाँड्नेहरु विरुद्ध प्रतिकारमा उत्रिनुपर्ने अवस्था आएको बताए । युवाहरुलाई आन्दोलनका नाममा देश जलाउने काममा दुरुपयोग गरेको भन्दै उनले भने – अनेरास्ववियुमा आवद्ध विद्यार्थी देश जलाउनेका काममा कहिल्यै पनि लाग्न सक्दैन । देशको रक्षार्थ अनेरास्ववियु सधैं अग्रभागमा उभिनेछ ।
युवा विद्यार्थीहरुलाई अराजकताविरुद्ध सचेत रहन आग्रह गर्दै उनले अनेरास्ववियुले देशमा आगो लगाउनेहरुका पक्षमा ताली बजाउन नसक्ने उद्घोष गरे । हामी देश जल्दा ताली बजाउने युवा विद्यार्थी उत्पादन गर्दैनौं, उनले भने, हामी राष्ट्रभक्त युवा विद्यार्थीहरुको संगठन हो, अनेरास्ववियु ।
उनले विद्यार्थीहरुलाई अनलाईन वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाएकोमा धन्यवाद दिदैं देशको भूमिको माया गर्न आग्रह गरेका छन् । उनले देशको भूमि, सम्पदा र सार्वभौम रक्षाका लागि अनेरास्ववियुमा गोलबन्ध हुन सूझाव दिएका हुन् ।
कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले अनेरास्ववियुको इतिहास गर्विलो रहेको बताए । प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै अध्यक्ष खतिवडाले नेपाली विद्यार्थी आन्दोलनको मुल प्रवाह अनेरास्ववियुमा गोलबन्ध हुन आग्रह गरेका छन् । युवाका नाममा देशलाई पछि धकेल्न गरिएको आन्दोलन प्रतिगमन भएको उनको भनाई थियो । भदौं २३ गते दिउँसोसम्म आन्दोलन भएपनि त्यसपछि प्रतिगमन भएको बताएका हुन् । अध्यक्ष खतिवडाले भावनामा बहकिएर युवा विद्यार्थीहरु कहिल्यै पनि दुरुपयोग हुन नहुने बताए । जेनजीका नाममा धेरै अपराध भएको बताउँदै उनले भने – सहीदले के गल्ती गरेका थिए ? किन उनीहरुको शालिक तोडियो ? देशका राष्ट्रका धरोहर किन जलाइयो ? अब देशलाई निकास दिन प्रतिनिधिसभाको पुर्नस्थापना गर्नुपर्ने बताउँदै खतिवडाले गौरीबहादुर कार्की आयोग खारेज गर्नुपर्ने, टिओवी लेखेर आन्दोलन गर्ने र आगजनी र तोडफोडमा संलग्नहरुलाई कारबाहीको माग गरेका छन् । उनले प्रतिगमनलाई आन्दोलन भन्दै झुक्याउने काम नगर्न आग्रह गरे ।
यस्तै, अनेरास्ववियुको महासचिव अञ्जना शिवाकोटीले अनेरास्ववियु अब हरेक शैक्षिक संस्थाहरुको कक्षा–कक्षामा पुग्ने बताइन् । देशमा बढ्दै गइरहेको अराजकतालाई तह लगाउन अनेरास्ववियुलाई थप बलियो संगठनको रुपमा स्थापित गर्न कक्षा कक्षामा संगठन निर्माण गरिने उनको भनाई थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले महाधिवेशनमा विद्युतीय मतदान हुने

एमाले महाधिवेशनमा विद्युतीय मतदान हुने

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान हुने भएको छ । एमालेले १०औं महाधिवेशनमा समेत विद्युतीय मतदान गर...
निर्माण व्यवसायसँग कञ्चनपुरद्वारा १८ औं निर्माण दिवस भव्यताका साथ मनाइयो

निर्माण व्यवसायसँग कञ्चनपुरद्वारा १८ औं निर्माण दिवस भव्यताका साथ मनाइयो

महेन्द्रनगर - निर्माण व्यवसायी संघ कञ्चनपुरले १८ औ निर्माण दिवस भव्यताका साथ मनाएको छ। सोमबार निर्माण व्यवसायी संघ कञ्चनपुरले निर...
बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

महेन्द्रनगर – कञ्चनपुरमा लागू पदार्थविरुद्ध सचेतना कार्यक्रमको आयोजना गरिने भएको छ । बुधबार आयोजक घटाल युवा विकास समाज र सह आयोजक ...
मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

कल्पना साउद, कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी एक मृगौला र क्यान्सरपीडित महिला मृत्युको मुखमा पुगेकी छिन ।...
औषधी व्यवसायीहरुद्धारा आन्दोलन स्थगित, व्यवसायी र सरकारविच तिन बुदे सहमति

औषधी व्यवसायीहरुद्धारा आन्दोलन स्थगित, व्यवसायी र सरकारविच तिन बुदे सहमति

महेन्द्रनगर : माग सम्बोधन हुने भएपछि औषधि व्यवसायीहरुले एक सातादेखि थालेको आन्दोलन स्थगित गरेका छन । औषधी व्यवसायी र सरकारविच तीन ...
अनेरास्ववियुको मेचीमहाकाली विद्यार्थी जागरण यात्रा शुभारम्भ

अनेरास्ववियुको मेचीमहाकाली विद्यार्थी जागरण यात्रा शुभारम्भ

बिर्तामोड । अनेरास्ववियुले मेचीमहाकाली विद्यार्थी जागरण यात्राको शुभारम्भ गरेको छ । झापाबाट संगठनका केन्द्रीय अध्यक्ष दिपक धामीले ...
कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एचआईभि संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले विश्व एड्स दिवस २०२५को अवस...
बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

महेन्द्रनगर–बेलडाडी गाउपालिका उपाध्यक्ष शान्ती नाथले मानसिक रोगबाट पिडित बालिकाको उद्धार गरेकी छन् । पछिल्लो समयमा मानसिक स्थीती क...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज