नयाँ खबर
महेन्द्रनगर — सार्क एजुकेशन फाउण्डेशन महेन्द्रनगरले पत्रकार सम्मेलन गरेको छ । फाउन्डेसनले शिक्षा प्रणालीमा सुधार र नवीनतम शिक्षण कार्यक्रम कार्यान्वयनबारे जानकारी दिन पत्रकारसँग अन्तरक्रिया गरेको हो ।
फाउण्डेशनका सिइओ डा. लक्ष्मण बस्नेतले संस्थाले लागू गर्न लागेको नयाँ शैक्षिक प्रणालीबारे विस्तृत जानकारी गराउँदै शिक्षालाई विषयगत रूपमा ल्याब–आधारित बनाइने बताए। उनका अनुसार STREAME (Science, Technology, Reading, Engineering, Arts, Mathematics & Entrepreneurship) आधारित कार्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिनेछ। कक्षा १ देखि ३ सम्म ५० प्रतिशत र कक्षा ३ देखि १० सम्म पूर्ण रूपमा ल्याब–आधारित शिक्षण प्रणाली अपनाइने योजना रहेको उनले स्पष्ट पारे।
फाउन्डेसनले स्मार्ट बोर्ड, विद्यालयमा बुक बोकेर जानुपर्ने वाध्यता नहुने, मात्र टिफिन र पानी बोकेर मात्रै आउनुपर्ने उनले बताए ।
प्रिन्सिपल सुर्य घिमिरेले वर्तमान शिक्षा प्रणालीलाई व्यवहारिक अभ्यासमा आधारित बनाउँदै विश्वस्तरीय शिक्षा लागू गर्नु समयको आवश्यकता रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा फाउण्डेशनका विज्ञान संकाय प्रमुख राजेश भण्डारीले कक्षा १२ सम्म सञ्चालन भइरहेका शैक्षिक गतिविधिबारे जानकारी दिएका दिँदै विद्यार्थीको व्यवहारिक ज्ञान अभिवृद्धिमा केन्द्रित कार्यक्रमहरू सञ्चालन भइरहेको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुर का उपाध्यक्ष धर्मा रोकाया, कोषाध्यक्ष मोहन विष्टलगायत विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले नयाँ शैक्षिक अभ्यास र त्यसको प्रभावकारिताबारे जिज्ञासा राखेका थिए भने आयोजक पक्षले त्यसका उत्तर तथा स्पष्टिकरण दिएको थियो।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।