Advertisement

सुदूरपश्चिम

पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद गतिविधिका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार २०८३ साल वैशाख २५ गते दिउँसो करिब ४ बजे भीमदत्त नगरपालिका–१८, सालघारीस्थित क्षेत्रमा चेकजाँच तथा सोधपुछ गर्ने क्रममा उनीहरू शंकाको घेरामा परेका थिए। पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१ का २० वर्षीय पारस रोकाया, कञ्चनपुर बेलडाँडी गाउँपालिका–३ का १८ वर्षीय विपिन सिंह, २० वर्षीय नितेश सिंह र कृष्णपुर नगरपालिका–६ का २० वर्षीय राजेन्द्र सिंह गोयला रहेका छन्। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ तथा चेकजाँच गर्दा मोबाइलमा कटुवा पेस्तोलसहितका फोटो तथा भिडियो समेत फेला पारेपछि थप अनुसन्धान अघि बढाएको जनाएको छ। अनुसन्धानका क्रममा विपिन सिंह ब...
दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार अपराह्न करिब ४:३० बजे इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले भीमदत्त नगरपालिका–११ स्थित गड्डाचौकी क्षेत्रमा चेकजाँचका क्रममा जिल्ला बझाङ जयपृथ्वी नगरपालिका–३ का २७ वर्षीय कमल विकलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार प्रारम्भिक चेकजाँचमा कुनै लागुऔषध फेला नपरेपछि उनले पेटभित्र वा गोप्य अङ्गमा लुकाएर ल्याएको हुन सक्ने आशंकामा महाकाली प्रादेशिक अस्पतालमा चिकित्सकीय निगरानीमा राखिएको थियो। आज बिहान करिब १० बजे दिसा गर्ने क्रममा कालो प्लास्टिकले बेरिएको एउटा पुडिया बाहिरिएको प्रहरीले जनाएको छ। मान्यता प्राप्त तराजुबाट तौल गर्दा उक्त पुडियाभित्र ७.७५ ग्राम अव...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

Breaking News 2, samachar, अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी संचार माध्यम राष्ट्रिय समाचार समिति(रासस) काठमाण्डौँ केन्द्रीय कार्यालयका कार्यरत पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका पुर्व विद्यार्थी नेता ज्ञानु भट्टले उपचार खर्च सहयोग गरेका हुन । सुदूरपश्चिम प्रदेश शुक्लाफाँटा नगरपालिका १ कञ्चनपुरका स्थानीय समेत रहेका पत्रकार विष्टको उपचारका लागि टेवा पु¥याउने उदेश्यका साथ नेकपा एमाले निकट अनेरास्ववियु कञ्चनपुरका पुर्व उपाध्यक्ष समेत रहेका विद्यार्थी नेता भट्टले २०हजार आर्थिक सहयोग गरेका हुन ।   अध्ययन तथा रोजगारीका लागि विदेशी भूमि जापानमा रहेका कञ्चनपुरको बेलौरी निवासी भट्टले आर्थिक अभावमा पत्रकार विष्टको उपचारमा समस्या भएको थाहा पाएपछि समाजिक सेवा गर्ने उदेश्यले खाजा खर्च घटाएर सहयोग गरेका छन...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्चनपुरका दुई सामुदायिक विद्यालयलाई शैक्षिक तथा आधारभूत पूर्वाधार विकासका लागि आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले श्री सत्यवादी माध्यमिक विद्यालय तथा श्री शिव ज्ञानेश्वर आधारभूत विद्यालय, महेन्द्रनगरलाई डिजिटल शिक्षण–सिकाइलाई थप प्रभावकारी बनाउन कम्प्युटर खरिदका लागि आवश्यक आर्थिक सहयोग उपलब्ध गराएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका सिनियर एरिया म्यानेजर सुशील बहादुर सिंह, शाखा प्रबन्धक खेमराज उपाध्याय, व्यवसाय विकास प्रबन्धक अन्जु भट्ट तथा दुवै विद्यालयका प्रधानाध्यापक र शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरूले सामुदायिक विद्यालयको आवश्यकता पहिचान गरी गरिएको सहयोगका लागि एनएमबी बैंकप्रति आभार व्यक्त ग...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादीहरूलाई पक्राउ गरी सम्बन्धित अदालतमा पेश गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका शिखर राज सोती सहकारी रकम हिनामिना (सहकारी ठगी) मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन्। अदालतको फैसलाअनुसार उनी २ वर्ष कैद र रु. ८ लाख ६७ हजार ७५८ जरिवाना सजायका फरार प्रतिवादी थिए। पक्राउपछि उनलाई कैद तथा जरिवाना भुक्तानका लागि जेल चलान गरिएको प्रहरीले जनाएको छ। यस्तै, गणेश बुडाल लाई जुवा मुद्दामा फरार रहेको अवस्थामा पक्राउ गरिएको छ। उनीबाट अदालतले तोकेको रु. ७ हजार ५०० जरिवाना असुल गराउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावत ले फरार प्रतिवादीहरूको खोजी तथा पक्...
गैराबारीको खेतीयोग्य जमिन कटानबाट जोगाउन श्रमदानमा जैविक तटबन्ध निर्माण सुरु

गैराबारीको खेतीयोग्य जमिन कटानबाट जोगाउन श्रमदानमा जैविक तटबन्ध निर्माण सुरु

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
दोधारा चाँदनी - कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–८ गैराबारी टोलस्थित नदी किनारमा वर्षाको पानीका कारण भएको कटान नियन्त्रण तथा खेतीयोग्य जमिन संरक्षणका लागि श्रमदानमा जैविक तटबन्ध निर्माण कार्य सुरु गरिएको छ । वडा नम्बर ८ का अध्यक्ष ओमप्रकाश रोकायाको नेतृत्वमा सञ्चालन भइरहेको उक्त श्रमदान अभियानमा नगर प्रहरी र स्थानीयको सक्रिय सहभागिता रहेको छ । वर्षायाममा परेको निरन्तर वर्षा र आकाशे पानीको तीव्र बहावका कारण नदी किनारको ठूलो भाग कटान भई स्थानीय किसानहरूको खेतीयोग्य जमिन जोखिममा परेपछि वडा अध्यक्ष रोकायले श्रमदानमा जैविक तटबन्ध निर्माण गर्ने अभियान सञ्चालन गरेका हुन् । जैविक तटबन्ध निर्माणमार्फत नदी किनारको माटो कटान नियन्त्रण गर्ने, थप क्षति हुनबाट जोगाउने तथा प्राकृतिक स्रोत–साधनको संरक्षण गर्दै वातावरणमैत्री रूपमा नदी व्यवस्थापन गर्ने उद्देश्य रहेको वडा कार्यालयले जनाएको...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, विचार, समाचार, सुदूरपश्चिम
रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देहीमाण्डौमा यात्रु ओरालेर बस गन्तव्यतिर हुइकियो । स्थानीय घर जाने तरखर गर्दै थिए । ढणौन र सुर्काल हिड्ने तयारीमा थिए दुई जीप । एक छिनपछि ति दुई जीप पनि गन्तव्य हुइकिए । दुबै गाडी भरि यात्रु थिए । यात्रु सीटमा मात्रै थिएन, पछाडि झोला झिम्टा, बोरी बिस्तारा राखिएको थियो । गाडी हिड्ने बेला पछाडी पनि यात्रु कोचिए । तराईतिर ट्रकमा पशु चौपाया कोचेका दृश्य जस्तै थियो । उनीहरु जसरी नि आफ्नो गन्तव्य पुगाउने र भाडा कमाउने गाडी साहुको ध्येय थियो । देहीमण्डौ हुदै ढणौनसम्म यी गाडी चलेको लगभग १२ बर्ष पुग्न थाल्यो । संघीय शासन व्यवस्था आएपछि गाउ घरका बासिन्दालाई यातायात सेवा दिन धमाधम कच्ची बाटो खनिए । यो देशभरिकै बाटो खन्ने प्रतिस्पर्धा थियो । यसबाट कुनै ठाउ बिशेश अछुतो र...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सामाजिक उत्तरदायित्व र भूमिका अन्तर्गत कानुनी साक्षरता, सचेतना र सहायता अभियान" विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न पेशागत संघ–संस्था, कानुन व्यवसायी, सरकारी निकाय, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य समाजमा बढ्दै गइरहेका अपराध, हिंसा, लागुऔषध दुव्र्यसन, सामाजिक विकृति तथा कानुनसम्बन्धी चेतनाको अभावलाई न्यूनीकरण गर्न सबै पेशागत संघ–संस्थाबीच सहकार्य गर्दै जिल्ला स्तरीय संयन्त्र निर्माण गरी प्रभावकारी कानुनी साक्षरता अभियान सञ्चालन गर्ने रहेको आयोजकले जनाएको छ। कार्यक्रममा कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष हरिकृष्ण अवस्थी, उच्च सरकारी...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुव्र्यवहारको विरोधमा आज(मंगलबार) देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको छ। संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जनाएको हो । गत साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पु¥याइएको थियो र अस्पतालमा तोडफोड समेत गरिएको थियो। संघका महासचिव डा. विश्वराज दवाडी र अध्यक्ष डा.बद्री रिजाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘घटनाका दोषीहरूलाई कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन क...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अयोजना गरी पवनदूत यातायात एण्ड अटो म्यानेजमेन्ट प्रालिले काठमाण्डौ यात्राकालागि सुविधासम्पन्न राजगद्धी एसी वस सेवा संञ्चालनमा ल्याएको हो । पवनदूत यातायात एण्ड अटो म्यानेजमेन्टले यस अघि महेन्द्रनगर–काठमाडौ रुटमा सितारा गाडी सन्चालन गर्दै आएको थियो । सुविधासम्पन्न राजगद्दी बस महेन्द्रनगर र काठमाडौ बस पार्कबाट हरेक दिन दैनिक ४ बजे छुट्ने छन् । पवनदूत यातायात एण्ड अटो म्यानेजमेन्ट प्रालिका अध्यक्ष निराजन थापाले सार्वजनिक यातायातमा अहिलेसम्मकै सुविधासम्पन्न सेवा भएको बताए । ‘पछिल्लो समय यो सबैभब्दा आधुनिक, उच्च स्तरीय सुपर डिलक्स सेवा हो,‘उनले भने, ‘समय अनुसार सेवालाई परिस्कृत गर्दै जाने योजना अनुसार नया गाडीबाट सेवा दिन लागिएको हो।’ नेपाल यातायात राष्ट्र...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज