भुक्तानी नपाएपछि निर्माण व्यवसायी आन्दोलित : महाकाली सिँचाई तेस्रो चरण महेन्द्रनगरको कार्यालयमा तालाबन्दी
महेन्द्रनगर : काम गरेको भुक्तानी नपाएपछि निर्माण व्यवसायी आन्दोलित भएका छन् । आन्दोलनको सुरवाति चरणमा निर्माण व्यवसायी संघ कञ्चनपुरले राष्ट्रिय गौरबको आयोजना कार्यालयमा तालाबन्दी गरेका हो । कञ्चनपुर निर्माण व्यवसायी संघको अगुवाईमा मंगलबार निर्माण व्यवसायीहरुले आफुहरुले गरेको कामको भुक्तानी नदिएको भन्दै बिरोध स्वरुप महाकाली सिँचाई तेस्रो चरणको कार्यालयमा तालाबन्दी गरेका हुन । निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टले गत आर्थिक बर्ष ०८०र०८१ मा गरेको कामको भुक्तानी नगरेपछि बाध्य भएर तालाबन्दी गरेको बताए ।
‘हामीले पटक पटक गरेको कामको भुक्तानी मागे तर, कार्यालयले भोली भन्दाभन्दै टार्दै आयो, त्यो आर्थिक बर्ष पनि सकियो, तर भुक्तानी गरिदिएन, ‘उनले भने, ‘व्यवसायीले घरजायजेथा बैंकका राखेर सरकारको काम गर्दछन, तर सरकारी कार्यालयले भुक्तानी दिदैन ।’ अध्यक्ष भट्टले महाकाली सिँचाई ...












