Advertisement

अन्तरदेशीय सीमा नदीको पानीको सदुपयोग (ट्रोसा) परियोजना अन्तरगत महिलाहरु व्यवसायमा जोडिदै

महेन्द्रनगर–अन्तरदेशीय सीमा नदीको पानीको सदुपयोग (ट्रोसा) परियोजना समापन भएको छ । महाकाली नदी किनारका महिलाहरुको सशक्तिकरण र पानीमो पहुँच संगै स्वच्छताका क्षेत्रमा परियोजनाले लामो समय काम गरेको थियो ।
यसै साता महेन्द्रनगरमा आयोजित परियोजनाको समापन कार्यक्रममा सहभागीले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यक रहेको बताए । परियोजनाले भीमदत्त नगरपालिका ९, ११, १२ र १३ तथा दोधारा चाँदनी नगरपालिका ९ र १० मा महिला सशक्तिकरण समुहहरु गठन गरेर उनीहरुलाई पानीको उपयोगसंगै स्वच्छ कसरी राख्न सकिन्छ भन्ने विषयमा छलफल गर्दै आएको थियो । साथै पानीमा पहुँचका लागि सरोकारवालासंग छलफल तथा पैरवी पनि गरिरहेको थियो ।
‘यो परियोजनाबाट हामीले धेरै कुरा सिक्न पायैं, महाकालीको पानीको गुणस्तर कस्तो छ, पानी परीक्षण कसरी गर्ने सबै जानकारी भयो,’ भीमदत्त नगरपालिका ९ की कलावती चन्दले भनिन्, ‘हामी सामाजिक कुरितीका विषयमा पनि आवाज उठाउन सक्ने भएका छौं ।’ उनले परियोजनाले महिलाहरुलाई आयआर्जनका लागि समेत उत्प्रेरित गरेको र केही आयआर्जनमा लागेको बताइन् ।

परियोजनाकै सहयोगमा भीमदत्त नगरपालिका ११ की जानकी पुन मगरले मासिक ३५÷४० हजार आम्दानी गरिरहेकी छिन् । उनीले भारतमा रहेका श्रीमानलाई घरमै बोलाएर ठेला सञ्चालन गरेकी छिन् । महाकाली किनारको भाईरल रोडमा राखिएको उनको ठेलामा मम, चाउमिन लगायतका सामाग्री बन्ने गरेका छन् ।
समापन कार्यक्रममा भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष राम बहादुर बोहराले परियोजना अन्तरगत गठन भएका सशक्तिकरण समुहले निकै राम्रो काम गरेको र आगमी दिनमा ति समुहलाई टोल विकास समितिमा परिणत गरेर भएपनि निरन्तरता दिइने बताए । विकास निर्माणदेखि हरेक क्रियाक्लापमा महिला समुह सक्रिय रहेको उनले बताए ।
भीमद त्त नगरपालिकाकी नगर उप प्रमुख निलम लेखक जोशीले परियोजनाका कारण महिला दिदी बहिनीहरु उद्यमी बनेकामा खुशी भएको बताइन् । उनले यस्ता उद्यमीहरुलाई थप सहयोग गर्ने बताइन् । यसैगरी महाकालीमा व्यवसायीक रुपमा सुरु भएको ¥याप्टिंगका लागि सडक मर्मत लगायतमा पनि आवश्यक काम गरिने बताइन् ।
निड्स नेपालका कार्यक्रारी दिर्देशक भवराज रेग्मीले परियोजनाले सीमा नदीमा पहुँच संगै अधिकार स्थापनाका लागि काम गरेको बताए । उनले खल्ला मुसेट्टी क्षेत्रमा ¥याप्टिंग सुरु भएपछि यो सम्भव भएको बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज