Advertisement

Breaking News 1

दोधारा चाँदनीमा प्रहरी भर्ना छनौट प्रक्रिया सुरु

दोधारा चाँदनीमा प्रहरी भर्ना छनौट प्रक्रिया सुरु

Breaking News 1
दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा पहिलो पटक नगर प्रहरी भर्ना छनौट प्रक्रिया सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या, शान्ति, सुरक्षा र अमनचयन सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागी नगर प्रहरी भर्ना गर्न थालिएको हो । ‘नगर प्रहरी गठन सम्बन्धी ऐन’ तयार गरि कार्यान्वयनमा ल्याएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम सिंह रावलले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाले १ जना प्रहरी सहायक निरिक्षक, २ जना हवल्दार र १२ जना जवान गरि १५ जना नगर प्रहरी भर्ना छनौट प्रक्रिया सुरु गरिएको वडाध्यक्ष पदम सिंह रावलले बताउनुभयो । नगर प्रहरी सहायक निरिक्षकमा ३ जना, हवल्दारमा १९ जना र जवानमा ४८ जना युवा, युवतीले आबेदन दिएको र छनौट प्रक्रिया सुरु गरिएको वडाध्यक्ष पदम रावलले बताउनुभएको छ् । सानो–सानो सुरक्षा चुनौती सामना गर्नको लागी नेपा...
राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा दोधारा चाँदनीले गर्‍यो ४० जना जेष्ठ नागरिकलाई सम्मान

राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा दोधारा चाँदनीले गर्‍यो ४० जना जेष्ठ नागरिकलाई सम्मान

Breaking News 1
पप्पु गुरुङ्ग, दोधारा । चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा कञ्चनपुरको दोधारा चाँदनीमा ४० जना जेष्ठ नागरिकहरुलाई सम्मानित गरिएको छ् । दोधारा चाँदनीका दशै वटा वडाहरुबाट छनौट दलित, गरिव तथा विपन्न जेष्ठ नागरिकलाई सम्मान सहित तथा अन्तरक्रिया सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले जानकारी दिनुभएको छ् । ‘सभ्य समाजको आधार : जेष्ठ नागरिक मैत्री घरपरिवार’ नारा सहित संचालन गरिएको जेष्ठ नागरिक सम्मान तथा अन्तरक्रिया कार्यक्रममा जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच सहित औषधी समेत बितरण गरिएको महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले बताउनुभयो । कार्यक्रममा आफ्नो बिचार राख्दै जेष्ठ नागरिक समाज दोधारा चाँदनीका कोषाध्यक्ष कमलापती भट्टले नेपाल सरकारले जेष्ठ नागरिकहरुलाई बिभिन्न खाले सेवा सुबिद्या दिदै आएकोमा धन्यबाद दिनुभए...
प्राचिन सिद्धनाथ मन्दिर सरक्षण समिति अध्यक्षमा नायक निर्वाचित

प्राचिन सिद्धनाथ मन्दिर सरक्षण समिति अध्यक्षमा नायक निर्वाचित

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, मनोरञ्जन, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरको प्राचिन सिद्धनाथ मन्दिर सरक्षण समिति ब्रम्हदेबको अध्यक्षमा केशव सिह नायक निर्वाचित भएका छन । भीमदत्त नगरपालिका ९ ब्रम्हदेब स्थित प्राचिन सिद्धनाथ मन्दिरको अध्यक्षमा १७औ कार्य समिति चयनका लागि मंगलबार भएको निर्वाचनबाट नायक पाँचौँ पटक निर्वाचित भएका हुन । नायक आप्ना निकटकतम प्रतिद्वन्द्वी बीर बहादुर खडकालाई १२०मतान्तरले पाखा लगाउदै अध्यक्षमा निर्वाचित भएका हुन । ०५२ सालमा मन्दिर समितिको अध्यक्षमा निर्बिरोध निर्वाचित भएका नायक यस अघि तीन पटक निर्वाचनबाट निर्वाचित भएका थिए । उपाध्यक्षमा यज्ञराज नाथ निर्वाचित भएका छन । नाथले निकटतम प्रतिस्पर्धी राममती पाललाई १९मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका छन । नाथले २४८, पालले २२९ र अर्का प्रतिस्पर्धी हेमराज भट्टले २२४मत ल्याएका थिए । सचिवमा मोतिसिह महता चयन भएका छन । महताले निकटतम प्रतिस्पर्धी केशबनाथ योगीलाई ९९म...
दोधारा चाँदनीमा झण्डै १४ किलोमिटर पक्की सडक निर्माण हुदै, स्थानियबासीहरुमा खुशीयाली

दोधारा चाँदनीमा झण्डै १४ किलोमिटर पक्की सडक निर्माण हुदै, स्थानियबासीहरुमा खुशीयाली

Breaking News 1
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका ग्रामिण भेगका कच्ची सडक पक्की सडक बन्न थालेपछि स्थानियबासीहरु हर्षित भएका छन् । संघीयता आउनु भन्दा पहिला पक्की सडकबाट विमुख रहेका दोधारा चाँदनी नगरपालिकाका कच्ची सडकहरु पक्की सडक सञ्जालमा जोडिन थालेको स्थानियबासीहरुले बताएका छन् । अहिले दोधारा चाँदनीको वडा नं. ७ मा संघिय सरकारको आयोजनामा ३ किलोमिटर पक्की सडक निमार्ण क्रममा रहेको छ् । शहरी बिकास मन्त्रालय योजनामा नगर क्षेत्रको बिभिन्न वडाहरुमा ७ किलोमिटर सडक निमार्ण संचालनमा रहेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । शहरी बिकास मन्त्रालयको योजनामा पक्की सडक निमार्ण मात्र नभई वडा नं. २ मा रहेको खेल मैदानमा ४ कोठे आय आर्जन भवन संगै प्याराफिट निर्माण, वडा नं. ७ को बाबाथान बजारमा ८ कोठे आय आर्जन भवनको निमार्ण कार्य दु्रत गतीमा सुरु भईरहेको नगरप्रमुख किशोर कुमार ल...
दोधारा चाँदनीमा बालबालिकाको अपांगताको प्रारम्भिक पहिचान सम्बन्धी क्षमता बिकास तालिम

दोधारा चाँदनीमा बालबालिकाको अपांगताको प्रारम्भिक पहिचान सम्बन्धी क्षमता बिकास तालिम

Breaking News 1
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बालबालिकाको अपांगताको प्रारम्भिक पहिचान सम्बन्धी क्षमता बिकास तालिम सुरु गरिएको छ् । शिक्षा युवा तथा खेलकुद शाखा दोधारा चाँदनीको आयोजनामा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका २२ वटा सामुदायिक र २० वटा संस्थागत बिद्यालयका प्रधानध्यापकहरुलाई बालबालिकाको अपांगताको प्रारम्भिक पहिचान सम्बन्धी क्षमता बिकास तालिम सुरु गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा युवा तथा खेलकुद शाखाका शाखा प्रमुख हरिदत्त जोशीले जानकारी दिनुभएको छ् । आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले तालिमको समउद्धघाटन गर्नुभएको छ् । बालबिकास देखि कक्षा ३ सम्मका बिद्यार्थीहरुको अपांगताको प्रारम्भिक पहिचान सम्बन्धी बिद्यालयहरुलाई क्षमता बिकास तालिम सुरु गरिएको शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभयो । अपांगताको प्रकृति र व्यक्तिगत क्षमत...
दोधारा चाँदनीमा दोस्रो संस्करणको टिचर क्रिकेट लिग सम्पन्न

दोधारा चाँदनीमा दोस्रो संस्करणको टिचर क्रिकेट लिग सम्पन्न

Breaking News 1
दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा जारी दोस्रो संस्करणको टिचर क्रिकेट लिग सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमबाट सहयोग र शारदा सरस्वती माध्यमिक बिद्यालयको आयोजनामा संचालन भएको दोस्रो संस्करणको टिचर क्रिकेट लिग सुक्रवार एक कार्यक्रमको बिच सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष तथा शारदा सरस्वती माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको १६ वटा सामुदायिक र संस्थागत बिद्यालयको १३ वटा क्रिकेट टिम प्रतियोगितामा सहभागी रहेको प्रतियोगितामा शारदा सरस्वती माबिका टिम बिजयता र भानु माध्यमिक बिद्यालयका टिम उपबिजयता भएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् । ‘त्यागौं, खराव संगत र खराव बाटो † शारिरिक र बौद्धिक रुपले स्वस्थ्य रहौं, त्य...
जनप्रतिनिधी तथा कर्मचारीलाई वैदेशिक रोजगार वोर्डबाट पाईने कल्याणकारी कोषको सेवा सम्बन्धी अभिमुखिकरण

जनप्रतिनिधी तथा कर्मचारीलाई वैदेशिक रोजगार वोर्डबाट पाईने कल्याणकारी कोषको सेवा सम्बन्धी अभिमुखिकरण

Breaking News 1
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जनप्रतिनिधी तथा कर्मचारीलाई वैदेशिक रोजगार वोर्डबाट पाईने कल्याणकारी कोषको सेवा सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुको सभाध्यक्षमा संचालन भएको जनप्रतिनिधी तथा कर्मचारीलाई वैदेशिक रोजगार वोर्डबाट पाईने कल्याणकारी कोषको सेवा सम्बन्धी अभिमुखिकरणमा वडाध्यक्ष, वडा सदस्य तथा कर्मचारीहरुको उपस्थिती रहेको दोधारा चाँदनी नगरपालिका कार्यालय रोजगार शाखाका शाखा प्रमुख खुशवु केसीले जानकारी दिनुभएको छ् । बैदेशिक रोजगारीमा गएका नेपालीहरुको मृत्यु तथा अंगभंग भएका व्यक्तिका परिवारलाई राहतका लागि स्थानिय तहबाटै निवेदन दिने र सम्बन्धितको बैंक खातामा रकम जम्मा गरिदिने व्यवस्था समेत मिलाएको रोजगार शाखाका शाखा प्रमुख खुशवु केसीले बताउनुभयो । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधि...
अन्तिम चरणमा निमार्ण कार्य रहेको वडा कार्यालय भवनको मेयर लिम्बुले गरे अनुगमन

अन्तिम चरणमा निमार्ण कार्य रहेको वडा कार्यालय भवनको मेयर लिम्बुले गरे अनुगमन

Breaking News 1
दोधारा । दोधारा चाँदनी नगरपालिका– ४ को वडा कार्यालयको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको योजना अनुसार दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयको भवन निमार्ण कार्य अन्तिम चरणमा पुगेको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । निमार्ण कार्यमा थोरै काम मात्र रहेको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो । उक्त निमार्ण कार्यको जिम्मा सुमन कन्ट्रक्सन प्रालि.ले लिएको छ् । शौचालय सहित ४ वटा सुबिद्या सम्पन्न कोठा निमार्ण गरिएको छ् । नगरपालिकाको स्वामित्तमा रहेको एक पुरानो भवनमा वडा कार्यालयले सेवा प्रवाह गर्दै आएको छ् । निमार्ण कम्पनीले झण्डै रु. ४५ लाख बजेटमा उक्त निमार्ण कार्यको पुरा गर्ने गरि जिम्मा पाएको हो । अत्याधुनिक आर्कषक शैलिका वडा कार्यालय भवन निर्माण संगै आफ्नै कार्यालय हुने भएपछि वडाबासीहरुले खुशी प्रकट गरेक...
मलेरिया नाला पक्की तटबन्ध निमार्ण कार्यको मेयर लिम्बुद्धारा अनुगमन, निमार्ण कार्य अन्तिम चरणमा

मलेरिया नाला पक्की तटबन्ध निमार्ण कार्यको मेयर लिम्बुद्धारा अनुगमन, निमार्ण कार्य अन्तिम चरणमा

Breaking News 1
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी मलेरिया नालामा निमार्णधिन अवस्थामा रहेको पक्की तटबन्धको स्थलगत अनुगमन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– २ मा रहेको मलेरिया नालामा निमार्ण क्रममा रहेको पक्की तटबन्ध निमार्ण कार्यको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु र वडाध्यक्ष पदम रावलले स्थलगत अनुगमन गर्नुभएको छ् । वर्षायामा मलेरिया नालामा पानीको बहाव उच्च भएपछि नाला नजिक बस्ने स्थानियबासीहरुको खेतवारी र घरमा पानी पस्दा घर छाडेर अन्यत्र स्थानमा आश्रय लएर बस्नु पर्ने अवस्थालाई मध्यनजर राख्दै शुदुरपश्चिम प्रदेश सरकार र दोधारा चाँदनी नगरपालिकाको सयुक्त लगानीमा तटबन्ध निमार्ण कार्यलाई अघि बढाईएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । गत वर्ष शुदुरपश्चिम सरकार र दोधारा चाँदनी नगरपालिकाको रु. २ करोड म्याचिङ फण्डबाट मलेरिया नालामा ९ सय मिटर पक्की निमार्ण...
‘दराती रोड’ मा ठेकेदारले कमसल निमार्ण सामग्री प्रयोग गरेको गुनासो आएसंगै नगर प्रमुख लिम्बुले तत्काल एक्सन

‘दराती रोड’ मा ठेकेदारले कमसल निमार्ण सामग्री प्रयोग गरेको गुनासो आएसंगै नगर प्रमुख लिम्बुले तत्काल एक्सन

Breaking News 1
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ मा निमार्ण क्रममा रहेको बाबाथान बजार देखि महाकाली नदी जाने झण्डै ३ किलोमिटर सडक खण्ड निमार्ण कार्यमा ठेकेदारले कमसल निमार्ण सामग्री प्रयोग गरेको जनगुनासो आएपछि दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले निमार्ण कार्यको स्थलगत अनुगमन गर्नुभएको छ् । कालोपत्रे निमार्ण कार्यमा कमसल निमार्ण सामग्री प्रयोग गरेको स्थानियबासीहरुबाट गुनासो आएपछि स्थानियबासी, ठेकेदार संग भेट संगै निमार्ण कार्यको स्थलगत अनुगमन गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । सडक स्तरोन्नती सहित कालोपत्रे गर्न संघीय सरकारले गत वर्ष र चालु वर्षमा गरि रु. ३ करोड बजेट विनियोजन गरिएको नगर प्रमुख लिम्बुले बताउनुभयो । कमसल निमार्ण सामग्री प्रयोग गरिएको पक्की सडक पुन: निमार्ण गर्ने, मापदण्ड अनुसार निमार्ण कार्य ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज