Advertisement

samachar

सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी लुटियो

सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी लुटियो

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
विरेन्द्र बाग, महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन डाक्टर हेमनाथ जोशीले प्रयोग गर्ने गाडी लुटिएको खबर सार्वजनिक भएको छ । डिन जोशीले चढ्ने बा २ झ २८५९ नम्बरको सेतो स्कारपियो गाडी गत भदौ २५ गते लुटिएको खबर अहिले आएर सार्वजनिक भएको हो । डाक्टर जोशीको निजी निवास धनगढी उपमहानगरपालिका–५, हसनपुरबाट भदौ २५ गते दिउँसो करिब १२ बजे मुखमा मास्क लगाएका आठजनाको समूहले गाडी लुटेर लगेका हुन् । घटना लगत्तै डाक्टर जोशीले कैलाली जिल्ला प्रहरी कार्यालयमा जानकारी दिएका थिए । कैलाली प्रहरीले उक्त घटना “योजनाबद्ध र असामान्य प्रकृतिको” भएको बताएको छ । गाडी लुट्ने समूहको अहिलेसम्म पहिचान खुल्न सकेको छैन भने गाडी पनि फेला नपरेको प्रहरीले जनाएको छ । विश्वविद्यालयका अनुसार, गाडी बेपत्ता भएको सूचनासहित भन्सार सुरक्षा पोस्ट र नाका क्षेत्रमा समेत सूचना पठाइएको छ । प्रहरीले अहिलेसम्म ...
भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर- कञ्चनपुरको भीमदत्त नगरपालिकाले पत्रकार सुरेश सिह धामीको उपचारका लागि ५०हजार रुपैया दिने भएको छ । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि भीमदत्त नगरपालिकाले उपचार खर्च दिने भएको हो । भीमदत्त नगरका मेयर पदम बोगटीका सचिवालय प्रमुख चक्र महताले महासघका अध्यक्ष धामीको उपचारका लागि पालिका तर्फबाट उपचार खर्च उपलब्ध गराउने निर्णय भएको बताए । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष केही समयदेखि काठमाण्डौँ स्थित काठमाण्डौँ मेडिकल कलेज सिनामंगलमा उपचारार्थ छन । धामीको पाचन प्रणालीसग सम्बन्धी ग्रन्थी(प्याङक्रियाज)मा ट्युमर फेला परेपछि पहिलो चरणको सल्यकृया भएको र दोस्रो चरणका लागि अर्को अस्पताल एव थप खर्च लाग्ने भएपछि उपचार खर्च अभाव भएपछि पालिकाले सहयोग गर्ने निर्णय गरेको छ । एमाले निकट प्रेस चौतारी कञ्चनपुरका संस्थापक अध्यक्ष समेत रहेका पत्रकार महासंघका जिल्...
एमाले निर्वाचनबाट डराउँदैनः पौडेल

एमाले निर्वाचनबाट डराउँदैनः पौडेल

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
बुटवल : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलले एमाले निर्वाचनबाट डराएर नभाग्ने बताउनुभएको छ । उहाँले एमाले सधै जनताबाट अनुमोदित शासन व्यवस्थाको वकालत गर्ने पार्टी भएकोले निर्वाचनबाट नभाग्ने बताउनुभयो । प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पौडेलले जनताको माझमा जान आफूहरु तयार रहेको बताउँदै तर यो प्रकारको निर्वाचनको तयारीले चुनावको वातावरण वन्न नसक्ने उल्लेख गर्नुभयो । उहाँले देशलाई संवैधानिक प्रकृयामा ल्याउन प्रतिनिधि सभाको पुनस्र्थापना गर्ने र प्रतिनिधिसभामार्फत बन्ने नयाँ सरकारले निर्वाचन गराउनुपर्ने नेकपा एमालेको बटमलाईन हो भन्नुभयो । उपाध्यक्ष पौडेलले प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्ने एमालेको माग रहेको बताउँदै प्रतिनिधि सभामार्फत संविधान संशोधन गरेर प्रतिनिधि सभाको सदस्य नभएको व्यक्ति पनि प्रधानमन्त...
बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले मानसिक अवस्था कमजोर भएका दुई जना महिलाको उद्धार गरेकी छन् । बेलडाँडी गाउपालिका वडा नं. २ का क्षमा विक र सरस्वती साउदको उद्धार गरी धनगढी उपमहानगरपालिका १३ स्थित दृष्टिविहिन फाउण्डेसनको जिम्मा लगाएकी हुन् । सामानिजक सेवामा व्यस्त गाँउपालिका उपाध्यक्ष नाथले सराहनिय कार्य गरेकि छनु । लामो समयदेखि मानसिक समस्याको सिकार भएका क्षमा विक र सरस्वती साउदको सडकबाटै उद्धार गरी पालिकाको एम्बुलेन्समार्फत दृष्ट्रिविहिन फाउण्डेसनमा बुझाईएको उपाध्यक्ष नाथले बताईन् । उद्धार गरीएका दुबै जना मानसिक अस्वस्थ्यताको कारण सडकमै खाने र सडकमै सुत्ने गरेका थिए । सडकको नरक जीवन जीईरहेका उनीहरुलाई नयाँ जीवन दिनका लागि उद्धार गरी दुष्ट्रिविहिन फाउण्डेसनमा बुझाईएको उपाध्यक्ष नाथले बताईन् । उपाध्यक्ष नाथका अनुसार क्षमा विकका दुई छोरा छन भने निर्मला स...
कार्तिक १९ गते बुधबार पोखरी कटेजमा साँस्कृतिक साँझ

कार्तिक १९ गते बुधबार पोखरी कटेजमा साँस्कृतिक साँझ

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा पर्यटकिय स्थलको लागि चर्चित पोखरी कटेजमा साँस्कृतिक साँझ कार्यक्रमको आयोजना गरीएको छ । राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिमको आयोजना एव राष्ट्रिय संगीतकर्मी संघकै केन्द्रिय सदस्य तथा सुप प्रदेश इन्चार्ज ऐन बहादुर दौल्यालको प्रायोजनमा कार्तिक १९ गते बुधबार बेदकोट नगरपालिका ७ सुडामा रहेको पोखरी कटेजमा साँस्कृतिक साँझ कार्यक्रम हुने भएको हो । कार्यक्रममा राष्ट्रिय कलाकार टेक विसि लगायत स्थानीय स्तरका कलाकारहरुको प्रस्तुति रहने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । देशको पछिल्लो राजनितिक अवस्थाले मानिसहरुमा नैराश्यता र चिन्ता बढाएको ले त्यसबाट मुक्त गराउका लागि बृहत सास्कृतिक कार्यक्रमको आयोजना गरीएको आयोजनकले जनाएको छ । साथै ‘आन्तरिक पर्यटन प्रर्बद्धन, कला संस्कृतिको सम्र्बद्धन’ गर्ने उदेश्यका साथ कार्यक्रम राखिएको उनीहरुको दावी छ । राष्ट्र...
कञ्चनपुरमा धान खरिद सुरु

कञ्चनपुरमा धान खरिद सुरु

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि किसानका धान खरिद सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखा प्रमुख महिकरण महराले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि आज (आइतबार) देखि किसानबाट धान खरिद सुरुगरीएको बताए । कम्पनीले यस वर्ष कञ्चनपुरमा पाँच हजार क्विन्टल मात्र धान खरिद गर्ने उनले बताए । “यस वर्ष हामीले पहिलो चरणमा पाँच हजार क्विन्टल धान खरिद गर्छौँ”, उनले भने, “पछि आवश्यकता अनुसार थप हुनसक्छ ।” विगतका वर्षहरूमा कम्पनीले लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि यस वर्ष पाँच हजार क्विन्टलमात्र धान खरिद गर्ने लक्ष्य राखेको हो । गत वर्ष १५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको भए पनि लक्ष्यको २० प्रतिशतमात्र धान खरिद भएको कम्पनीले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार गत वर्ष दुई हजार ९५१ क्विन्टल मात्र धान खरिद भएको थि...
दमकमा पानीमा भिज्दै मोटरसाइकल रयाली, संसद पुर्नस्थापनाको माग

दमकमा पानीमा भिज्दै मोटरसाइकल रयाली, संसद पुर्नस्थापनाको माग

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
दमक -एमालेको जनसंगठनहरुको सहभागितामा नेकपा एमालेले आज झापाको दमकमा मोटरसाइकल रयाली आयोजना गरेको छ । एमाले दमक नगर कमिटीले संविधानको संरक्षण संसद पुर्नस्थापना लगायतका माग गर्दै पार्टीले आफना २३जनसंगठनहरुको सहभागिताका मोटरसाइकल रयाली आयोजना गरेको हो । पार्र्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा आयोजना गरिएको मोटरसाइकल रयालीमा युवा,महिला,सर्वसाधारण,पार्टी कार्यकर्ता र नेताहरु पानीमा भिज्दै सहभागी भएका हुन् । दमक ५ स्थित गोरर्खा डिपाटमेन्ट स्टोर दमकवाट शुरु भएको मोटर साइकल रयाली दमक ८को सेतुमारी हाइवे रोड हुदै पखेटे चोक, दमक २को आम्दा रोडवाट मदन डाँगी सडक,फागुनन्द चोक हुदै दमकको गणतन्त्र चोकमा आएर कोण सभामा परिणत भएको थियो । बंगालको खाडीवाट विकसित भएको मोन्था चक्रवातको असर पछि भइरहेको वर्षाको प्रभा नगरी ठूलो संख्यामा एमाले कार्यकर्ता,शुभेच्छुक र शुभचिन्तक सहभागी ...
पीडितसँग छलफल नगरी फर्कियो छानविन आयोगको टोली : नेकपा(एमाले) कञ्चनपुर

पीडितसँग छलफल नगरी फर्कियो छानविन आयोगको टोली : नेकपा(एमाले) कञ्चनपुर

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । छानबिन आयोगकोे कार्यशैलीलाई लिएर नेकपा एमालेले विरोध जनाएको छ । बिहिबार कञ्चनपुर आएको जाँचबुझ आयोगको टोलीले पीडित र सरोकारवालासँग छलफल नगरी फर्किएको भन्दै नेकपा (एमाले) कञ्चनपुरले गम्भीर आपत्ति जनाएको हो । एमाले कञ्चनपुरका सचिव पल्लब राज भट्टले शुक्रबार जारी गरेको विज्ञप्तिमा आयोगको टोलीले स्थानीय पीडित, सरोकारवाला तथा राजनीतिक दलहरूसँग छलफल नगरी “सुटुक्क फर्किएको” भन्दै यस्तो व्यवहारले आयोगको जिम्मेवारीप्रति गम्भीर प्रश्न उठेको उल्लेख छ । प्रेस विज्ञप्तीमा भनिएको छ, “नेकपा (एमाले) कञ्चनपुरको भवनमा आगजनी भएको कुरा राज्यलाई जानकारी छ कि छैन ? सरोकारवालाको छलफलमा आफ्नो आस्थाको धरोहर जलाइएका राजनीतिक दलहरूलाई नबोलाई उपस्थितिको माइन्युटमा दलको नाम लेखेर अनुपस्थित लेख्नुको अर्थ के हो ?” एमालेले आयोगले केही व्यक्तिका घरमा गोप्यरूपमा पुगेर भेटघाट गर्ने, अरूलाई जानकारी नै नदिने र ...
भेरी–बबई डाइभर्सन आयोजनालाई समस्याग्रस्त हुन नदिन संघीय सरकारले विेशेष पहल गरोस : मुख्यमन्त्री कडेल

भेरी–बबई डाइभर्सन आयोजनालाई समस्याग्रस्त हुन नदिन संघीय सरकारले विेशेष पहल गरोस : मुख्यमन्त्री कडेल

Breaking News 1, samachar, अर्थ, कर्णाली, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई ‘समस्याग्रस्त आयोजना’ बन्न नदिन संघीय सरकारले विशेषको पहलकदमको आवश्यकता रहेको बताएका छन। पछिल्लो पटक गठन भएको सरकारले आयोजनालई समस्याग्रस्त आयोजनाको रूपमा राख्ने तयारीको चर्चाबीच आयोजनास्थल पुगेर सम्बद्व पक्षहरूसंग छलफल गरेका मुख्यमन्त्री कडेलले यही अवस्थामा कामको गति नबढने र थप भएको समयमा समेत आयोजना सम्पन्न नहुने अवस्थाले आयोजनाको भविष्यलाई लिएर चिन्ता हुनु स्वभाविक रहेको भन्दै संघीय सरकारले यस सम्बन्ध विशेष पहल लिनुपर्ने धारणा राखेका हुन। छलफलमा मुख्यमन्त्री कडेलले संघीय सरकारको कार्यक्षेत्र रहेपछि प्रदेशको चासो र चिन्ताको भएकोले राष्ट्रिय गौरवको यो आयोजना निर्माणको गतिलाई यहि अवस्थामा छाडन नहुने बताए। उनले भने, थपिएको समयमा पनि साठीप्रतिशतको आसपासमा मात्र काम भएको रहेछ, यहि गतिले अर्को चार व...
बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – स्वास्थ्य कार्यालय कञ्चनपुरको अयोजनामा भएको बार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । विहीबार आर्थिक बर्ष २०८१/०८२ मा सम्पादित कार्यक्रमहरुको जिल्ला स्तरीय ‘बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ सम्पन्न गरीएको हो । बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी बुधबार र विहिबार गरी दुई दिन सम्म चलेको हो । गोष्ठीमा आर्थिक बर्ष २०८१/०८२ मा जिल्लाका नौ वटै पालिका, महाकाली प्रादेशिक अस्पताल, महाकाली आयुर्वेद औषधालय र दातृ निकायहरुले सम्पादन गरेका स्वास्थ्य कार्यक्रमहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरीएका र सोही प्रगति प्रतिवेदनको आधारमा उत्कृष्ठ कार्यसम्पादन गर्ने तिन ओटा कार्यालय छनौट गरी सम्मान पत्र प्रदान गरीएको छ । कार्य सम्पादनको आधारमा लालझाडी गाउपालिकाले जिल्लामा उत्कृष्ठ स्थान हासिल गरेको छ । द्धितिय स्थान बेलडाडी गाउपालिका, तृतिय स्थान बेदकोट नगरपालिकाले हासिल गर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज