Advertisement

पीडितसँग छलफल नगरी फर्कियो छानविन आयोगको टोली : नेकपा(एमाले) कञ्चनपुर

महेन्द्रनगर । छानबिन आयोगकोे कार्यशैलीलाई लिएर नेकपा एमालेले विरोध जनाएको छ । बिहिबार कञ्चनपुर आएको जाँचबुझ आयोगको टोलीले पीडित र सरोकारवालासँग छलफल नगरी फर्किएको भन्दै नेकपा (एमाले) कञ्चनपुरले गम्भीर आपत्ति जनाएको हो ।
एमाले कञ्चनपुरका सचिव पल्लब राज भट्टले शुक्रबार जारी गरेको विज्ञप्तिमा आयोगको टोलीले स्थानीय पीडित, सरोकारवाला तथा राजनीतिक दलहरूसँग छलफल नगरी “सुटुक्क फर्किएको” भन्दै यस्तो व्यवहारले आयोगको जिम्मेवारीप्रति गम्भीर प्रश्न उठेको उल्लेख छ ।
प्रेस विज्ञप्तीमा भनिएको छ, “नेकपा (एमाले) कञ्चनपुरको भवनमा आगजनी भएको कुरा राज्यलाई जानकारी छ कि छैन ? सरोकारवालाको छलफलमा आफ्नो आस्थाको धरोहर जलाइएका राजनीतिक दलहरूलाई नबोलाई उपस्थितिको माइन्युटमा दलको नाम लेखेर अनुपस्थित लेख्नुको अर्थ के हो ?”
एमालेले आयोगले केही व्यक्तिका घरमा गोप्यरूपमा पुगेर भेटघाट गर्ने, अरूलाई जानकारी नै नदिने र कतिपयलाई भेट्नै अस्वीकार गर्ने जस्ता कार्यले आयोग गैरजिम्मेवार रहेको स्पष्ट भएको आरोप लगाएको छ ।
त्यस्तै विज्ञप्तीमा भाद्र २३ गतेका घटनामा “घुसपैठियाहरूले आन्दोलनलाई उत्तेजित पार्न कलिला युवामाथि गोली प्रहार गरी हत्या गरेको” र “प्रहरीसँग नभएका हतियार प्रयोग भएको” दाबी गरिएको छ । पार्टीले २४ गते गरिएको आगजनी र तोडफोडलाई योजनाबद्ध र नियोजित कार्य भएको बताएको छ।
एमाले आयोगको हालको गतिविधिबाट “छानबिनको नाममा अपराधी जोगाउने प्रयास भइरहेको आशंका उत्पन्न भएको” भन्दै यस्तो कदम अस्वीकार्य हुने चेतावनी दिएका छन् ।
एमाले कञ्चनपुरले वर्तमान सरकारलाई भाद्र २३ र २४ गतेका घटनामा संलग्न अपराधीहरूलाई शीघ्र कानूनी कारबाहीमा ल्याउन, पीडितहरूलाई न्याय दिन ढिलाइ नगर्न, लुटिएका हतियार फिर्ता गर्न र समाजमा फैलिएको भय तथा आतंक अन्त्य गर्न समेत आग्रह गरेको छ । भाद्र २३ र २४ गते ‘जेन जी’ आन्दोलनका क्रममा कञ्चनपुर लगायत देशका विभिन्न ठाँउमा सरकारी, निजि र पार्टी कार्यालयहरुमा अराजक समुहले तोडफोड गरीएको थियो ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज