Advertisement

बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

महेन्द्रनगर – स्वास्थ्य कार्यालय कञ्चनपुरको अयोजनामा भएको बार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । विहीबार आर्थिक बर्ष २०८१/०८२ मा सम्पादित कार्यक्रमहरुको जिल्ला स्तरीय ‘बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ सम्पन्न गरीएको हो ।
बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी बुधबार र विहिबार गरी दुई दिन सम्म चलेको हो ।
गोष्ठीमा आर्थिक बर्ष २०८१/०८२ मा जिल्लाका नौ वटै पालिका, महाकाली प्रादेशिक अस्पताल, महाकाली आयुर्वेद औषधालय र दातृ निकायहरुले सम्पादन गरेका स्वास्थ्य कार्यक्रमहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरीएका र सोही प्रगति प्रतिवेदनको आधारमा उत्कृष्ठ कार्यसम्पादन गर्ने तिन ओटा कार्यालय छनौट गरी सम्मान पत्र प्रदान गरीएको छ ।
कार्य सम्पादनको आधारमा लालझाडी गाउपालिकाले जिल्लामा उत्कृष्ठ स्थान हासिल गरेको छ । द्धितिय स्थान बेलडाडी गाउपालिका, तृतिय स्थान बेदकोट नगरपालिकाले हासिल गरेको छ । उत्कृष्ठ तिनै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुलाई दोसल्ला ओडाई प्रमाण पत्र प्रदान गरीएको छ । त्यसैगरी गोष्ठीमा सहभागिलाई पनि सम्मानपत्र प्रदान गरीएको छ ।
३२ वटा स्वास्थ्य सूचकांकका आधारमा मूल्यांकन गरी उत्कृष्ठ तिन पालिका छनौट गरीएको थियो । साथै प्रस्तुतिकरण, समन्वय, सहकार्य वित्तिय खर्च लगायत लाई पनि आधार बनाईएको स्वास्थ्य कार्यालय कञ्चनपुरका निमित्त कार्यालयका प्रमुख नरेन्द्र सिंह रावलले बताए । कार्यक्रमबाट चालु आवको योजना तर्जुमा समेत गरीएको छ ।
गोष्ठिमा जिल्लाका नौ वटै स्थानीय तह, महाकाली प्रादेशिक अस्पताल, महाकाली आयुर्वेदिक औषधालय, सहयात्रा नेपाल, एनएसएसडब्लुए, राष्ट्रिय विमा बोर्ड, रेडक्रस, हेल्पडेस्क गड्डाचौकीबाट दुई/दुई जनाको सहभागिता रहेको थियो ।
समापन कार्यक्रमको सभापतित्व स्वास्थ्य कार्यालय कञ्चनपुरका निमित्त प्रमुख नरेन्द्र सिंह रावलले गरेकोमा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहरा रहेका थिए । त्यसैगरी महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्ट, महाकाली आयुर्वेद औषधालयका कार्यालय प्रमुख सुर्य उपाध्यय, पत्रकार महासंघका उपाध्यक्ष धर्मारोकाया अतिथि रहेका थिए ।
दुई दिने गोष्ठीले धेरै नै उपलब्धी हासिल गर्नुका साथै स्वास्थ्य सम्बन्धी भावि रणनिति निर्माण गर्न सहज भएको अपेक्षा गरेको जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहराले बताए । उत्कृष्ठ हुने पालिकाकालाई धन्यवाद दिदै उत्कृष्ठ हुन नसकेका पालिकाहरुलाई आगामी दिनमा उत्कृष्ठ हुन प्रयास गर्न आग्रह गरे ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख नरेन्द्र सिंह रावलले सामुहिक कार्यद्धारा उदेश्य र लक्ष्य प्राप्त गर्न सहज हुने भएकाले सबैले समन्वय, सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । नसर्ने रोगका विरामीहरुलाई आयुर्वेदिक र योगतिर लगाउन सकेको खण्डमा औषधीको डोज पनि घटाउन सकिने महाकाली प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले बताए । उनका अनुसार पछिल्लो समयमा सर्ने रोग भन्दा पनि नसर्ने रोगको ट्रेण्ड बढिरहेको बताए । त्यसैगरी महाकाली अस्पतालमा यसै बर्ष एनआईसियु लगायतका सुविधा थप्ने योजना रहेको उनले बताए । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालयका सरुवा रोग फोकल प्रसन सिद्धराज भट्टले गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज