Advertisement

कञ्चनपुरमा एक सय ३९ रुख अनुमतिविना काटियो, कृष्णपुरका नगर प्रमुख ओझा मुछिए

महेन्द्रनगर : कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ७ मा स्थानीयहरुले वन विभागको अनुमति विना १ सय ३९ रुख काटेका छन् । गौरीघाट सामुदायिक वनबाट एकै पटक अबैधरुपमा १३९ रुख कटान गरी गायब पारिएका हुन् । गत मङ्सिर ११ गते बिहीबार दिउँसो २ देखि ४ बजेको समयको बिचमा उक्त रुखहरु अबैध रुपमा धमाधम कटान गरेर गायब पारिएको खुल्नमा आएको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी सुवास कुवरले बताए । पोल साईजको रुखहरु काटिएको उनले बताए । रुख काट्नुको प्रयोजन खुल्न नसकेको यद्यपी उक्त विषय अनुसन्धानबाट खुल्दै जाने उनले बताए ।
उनका अनुसार, सामुदायिक वनबाट ११६ खैरका रुख, २२ सिसम र १ कन्जुगरी १३९ रुख काटेर हाल वन क्षेत्रमा फेदमात्रै रहेका छन् ।
यद्यपि रुखहरू कटानमा संलग्न व्यक्तिहरूको पहिचान भने भई नसकेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेश चन्द्र डिसीले बताए । तर यहाँको कार्की टोलका ६०–७० जना स्थानीयहरूको समूहले ती रुखहरू काटेर दाउरामा प्रयोग गरेको खुल्नमा आएको डिभिजन वन कार्यालयका प्रमुख डिसी बताए ।
यहाँका स्थानीयहरूले उक्त क्षेत्रमा कोरियाली संस्थाको सहयोगमा प्राविधिक शिक्षा अध्ययनका लागि कलेज खोल्न आवश्यक रुखहरू कटान गर्नुपर्ने भएपछि जन प्रतिनिधिको आदेसमा ती रुखहरू काटेको बुझ्नमा आएको कार्यालय प्रमुख डिसीले बताए ।
रुख कटानको आदेश दिने जनप्रतिनिधि माथी सोधपुछ भइरहेको उनले बताए । वडा अध्यक्ष लाई दुई घण्टा होल्डमा राखेर पनि वास्तविकता बाहिर ल्याइने डिभिजन प्रमुख डिसीले बताए ।
कजेज भवन निर्माणका लागि यस अघि मंसिर १ गते कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा, वडा नम्बर ७ का अध्यक्ष घुम्मन राना सँग कोरियाली संस्थाका प्रतिनिधिहरुले गौरीघाट वन क्षेत्रमा स्थलगत अनुगमन गरेको बुझिएको छ ।
रुख कटान गरिएपछि डिभिजन वन कार्यालयका प्रमुख डिसीको नेतृत्वमा सोमबार उक्त क्षेत्रमा स्थलगत निरीक्षण समेत भएको छ ।
निरीक्षणका क्रममा सामुदायिक वनका पदाधिकारीलाई समेत कुनै जानकारी नदिई अवैध तरिकाले ठूलो समूहमा आएर रुख काटिएको खुलेको डिएफओ डिसीले बताए ।

नगरप्रमुख र वडा अध्यक्षमाथि सोधपुछ

गौरीघाट सामुदायिक वनमा अवैध तरिकारले रुखहरू काटेको विषयमा कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझा र वडा नम्बर ७ का अध्यक्ष घुम्मन रानामाथि सोधपुछ भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।
नगर प्रमुख ओझा र वडा अध्यक्ष रानामाथि सोमबारदेखि नियमितरुपमा सोधपुछ भइरहेको डिभिजन वन कार्यालयका प्रमुख चन्दले बताए । उनीहरु दुबै जनालाई डिभिजन वन कार्यालयमा बोलाएर सोधपुछ गरिएको छ ।

छानबिनका लागि अनुसन्धान अधिकृत खटाइयो

गौरीघाट सामुदायिक वनमा अबैधतरिकाले एकै पटक १२ दर्जन ठाडो रुखहरू कटान गरेको विषयमा अनुसन्धान गर्न शव डिभिजन वन कार्यालय वाणीका प्रमुख भरत शाहलाई खटाइएको छ । डिभिजन वन कार्यालयले मंगलबार शाहलाई अनुसन्धानका लागि खटाइएको जनाएको हो । तर शाहले भने, उक्त सामुदायिक वनबाट अबैधरुपमा रुखहरू कटान गरिएको विषयमा आफूलाई पुर्वजानकारी नभएको बताए  । अनुसन्धानको जिम्मेवारी पाएकाले यस विषयमा अनुसन्धान गरिने शव डिभिजन वन कार्यालय वाणीका प्रमुख शाहले बताए ।
कष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले रुख काट्न आफुले आदेश नदिएको बताए । उनले आफुमाथि गलत आरोप लगाएको बताउँदै ‘कटान आदेश पालिकालाई प्राप्त भएको छैन्, यो सामुदायिक वनको जमिनको हो, मैले कटानका लागि कसैलाई आदेश दिने कुरै आउदैँन् ।’
साथै विगतमा पालिकाकै दुईटा रुख काट्न पनि कटान आदेश लिएको स्मरण गरे ।
पालिकाले प्राविधिक कजेल निर्माणका लागि वडा ७ को वडा कार्यालयको पुर्वतर्फको चार बिघाह जमिनका लागि भोगाधिर लिन मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए । गौरी घाट सामुदायिक वनको सो क्षेत्रमा विगत देखि नै स्थानीयले सुकेका रुखहरु काट्दै आएको मेयरको दावि गरे । सूचना अधिकारी कुवरका अनुसार सामुदायिक बनको क्षेत्रमा पर्ने भएकाले सूरुमा बनलाई पत्राचार गरीएको छ । बनको मिलेमतोमा रुख कटानी भएको भए बनका पदाधिकारी कारवाहिमा पर्ने उनीहरुको संलग्नता नभएमा छानविनपछि दोषि पहिचान गरी कारवाहि गरीने सूचना अधिकारी कुवँरले बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज