Advertisement

मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

कल्पना साउद, कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी एक मृगौला र क्यान्सरपीडित महिला मृत्युको मुखमा पुगेकी छिन । झलारी कलुवापुरकी ३५ बर्षिया विष्ना जोशी मृगौला र क्यान्सरपीडित महिला मृत्युको मुखमा पुगेकी हुन ।
विष्ना चार बर्षदेखि मृगौलारोगसंग लडिरहेकी उनको मृर्गौला प्रत्यारोपण गर्नुपर्ने छ । तर, ृउपचार खर्च नहुँदा समस्या खेप्नु परेको छ । शुरुवातमा दुवै मृगौला फेल भएकी विष्नाको अर्को बायाँ हातमा क्यान्सरको संक्रमण देखिएपछि झन समस्या परेकी हुन । दुई छोरा दुई छोरी सहित चार सन्तानकी आमा विष्नाको परिवारसंग उपचार खर्च पैशा नभएपछि गाँउ गाँउ रकम संकलन गर्दै डुलिरहेकी छिन ।
विष्नाका श्रीमान मोहनराज जोशी भारतमा मजदुरी गर्दै आएका छन । श्रीमती बिरामी भएपछि उताको रोजगार समेत छाडेर स्वदेश आएका छन । भारतमा मजदुरी गरेर घर परिवार चलाउँदै आएकी जोशी श्रीमतीको उपचारका लागि घर आएपनि दैनिक खर्च चलाउन समेत धौउधौउ भएको छ ।
जोशी परिवारले चुनावमा बेला दिनदिनै घरमा पुग्ने दल, तिनका नेता कार्यकर्ताहरु अहिले संकटमा पर्दा मुख समेत नदेखाउने गरेको दुखेसो पोखेका छन । बिरामी विष्नाका श्रीमान मोहनराज जोशीले जिवनसंगिनी बिरामी भएपछि स्थानीय सरकारदेखि कहिकतैबाट सहयोग नपाएपछि मिडियाको शरणदेखि बजारमा रकम संकलन गर्दै हिडेको बताए । ‘चुनावका बेला निःशुल्क उपचार गरिदिन्छौँ भन्दै पटक पटक घरको दैलो चहार्ने नेताहरु अहिले चुनवा जितेपछि आफुहरुको समस्यामा चासो मात्रै होईन सुन्न पनि चाहेका छैनन, यस्ता नेता, जनप्रतिनिधी भए हामी जस्ता गरिबले बिरामी भए मर्नुको विकल्प छैन ।’ वडा,पालिकामा धाउँदा समेत आफुहरुको समस्याप्रति जनप्रतिनिधीले वास्ता नै नराखेको दुखेसो पोेखेका छन । पढाई छाडेर छोरी दिक्षिता जोशी पनि आमाको जिवन रक्षाका लागि पैशा माग्दै हिडेकी छिन । उनले स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा सहयोगका लागि अपिल गरेकी छिन । पीडित परिवारले बिरामी विष्ना जोशीको नविल बैंकमा रहेको खाना नम्बर १९९१००१७५०१०७१मा सक्दो उपचार खर्च सहयोगका लागि अपिल गरेका छन ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज