लागुऔषध कारोबार गर्दै गर्दा चार जना पक्राउ
महेन्द्रनगर - लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार कृष्णपुर नगरपालिका वडा नं २ का लाल बहादुर सुनार, हेमराज जोशी, बेदकोट नगरपालिका ७ कञ्चनपुरका बिमल पाण्डेय र धनगढी उप महानगरपालिका ५ कैलालीका अशोक पाण्डेयलाई ३० दशमल १३ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो ।
उनीहरूलाई कृष्णपुर २ वाणी बाट लागूऔषध कारोबार गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एबं प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले जानकारी दिए ।
उनका अनुसार उनीहरुको साथबाट ५ थान मोबाइल, एक स्कोर्पियो गाडी पनि बरामद गरेको छ ।
लागुऔषध ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी बिट बाणीको संयुक्त टोलीले उक्त सफलता हात पारेको हो ।
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता रावतले बताए ।...




















