Advertisement

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर – बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बनेको छ। करिब डेढ महिनादेखि विद्युत् समस्या समाधान नभएपछि स्वास्थ्यकर्मीहरू टर्चलाइटको सहारामा समेत प्रसूति सेवा दिन बाध्य छन ।

स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी शान्ति पन्तले सामाजिक सञ्जालमार्फत २४सै घण्टा स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने भए पनि विद्युत् अभावका कारण सेवा प्रवाह निकै कठिन बनेको बताएकी छन्। उनले स्वास्थ्य चौकीमा रातिको समयमा प्रसूति सेवा दिनुपर्दा टर्चलाइटको भर पर्नुपर्ने अवस्था रहेको उल्लेख गरेकी छन्।

उनका अनुसार टर्चलाइट चार्ज गर्न समेत करिब ३० मिनेट पैदल हिँडेर अर्को स्थानमा जानुपर्ने बाध्यता छ। एकपटक चार्ज गरिएको टर्चलाइट तीनदेखि चार घण्टासम्म मात्र चल्ने भएकाले आकस्मिक सेवा सञ्चालनमा समस्या हुने गरेको छ।

“स्वास्थ्य चौकीमा बिजुली भए पनि यस्ता संवेदनशील सेवाका लागि वैकल्पिक विद्युत् व्यवस्था आवश्यक हुन्छ। तर यहाँ बिजुली नै बिग्रिएर लामो समयदेखि सञ्चालनमा छैन,” पन्तले सामाजिक सञ्जालमा लेखेकी छन्।

स्वास्थ्य चौकी परिवारले सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखेर कठिन परिस्थितिमा पनि सेवा निरन्तर दिइरहेको जनाएको छ। तर सम्बन्धित निकायले समस्या समाधानमा चासो नदिए सेवा सञ्चालन नै प्रभावित हुन सक्ने चेतावनी दिएको छ।

स्वास्थ्यकर्मीहरूले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा देखिएको विद्युत् समस्याप्रति स्थानीय तथा सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन्। उनीहरूले विद्युत् आपूर्ति तथा वैकल्पिक ऊर्जा व्यवस्थाको पहल गर्न माग गरेका छन्।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज