Advertisement

बेलडाँडी गाउँपालिकाको ४१ करोड ६९ लाखको बजेट

महेन्द्रनगर–कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको १९औँ गाउँ सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ करोड ६९ लाख ७९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उत्पादन वृद्धि, रोजगारी सिर्जना, सेवा प्रवाहमा सहजता तथा दिगो विकासलाई केन्द्रमा राख्दै गाउँपालिकाले बजेट ल्याएको हो । गाउँपालिकाका अध्यक्ष तथा गाउँ सभा अध्यक्ष हरिशचन्द्र रानाले बजेटका प्राथमिकता सार्वजनिक गर्दै कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई आगामी वर्षको मुख्य आधार बनाइएको बताउनुभयो । उहाँले प्रस्तुत बजेटले समृद्ध बेलडाँडी निर्माणको दीर्घकालीन आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँ सभामा सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण विकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथद्वारा प्रस्तुत बजेट वडा नं। ५ का वडाध्यक्ष इन्द्रबहादुर खड्काले सभामा वाचन गर्नुभएको थियो । गाउँ सभाले चालु आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका योजना तथा कार्यक्रमहरूको समीक्षा गर्दै उपलब्धि, चुनौती र आगामी रणनीतिबारे व्यापक छलफल गरेको थियो । विषयगत समितिका संयोजकहरूले आआफ्नो क्षेत्रको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
यस वर्षको बजेटमा सेवा प्रवाहलाई नागरिकको पहुँचभित्र ल्याउने महत्त्वपूर्ण निर्णय पनि गरिएको छ । गाउँ सभा अध्यक्ष रानाले आगामी आर्थिक वर्षदेखि नापी तथा मालपोत सेवा बेलडाँडी गाउँपालिकाबाटै सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । यसबाट स्थानीयले सामान्य सेवाका लागि टाढा धाउनुपर्ने बाध्यता हट्ने, समय बचत हुने र आर्थिक भार समेत घट्ने अपेक्षा गरिएको छ ।
आर्थिक विकास क्षेत्रका लागि ७४ लाख रुपैयाँ विनियोजन गरिएको छ । रोजगार सेवा केन्द्र मार्फत सूचीकृत बेरोजगार नागरिकलाई न्यूनतम १०० दिनको रोजगारी सुनिश्चित गर्न १० लाख रुपैयाँ छुट्टाइएको छ । कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि तथा व्यवसायीकरणका लागि २४ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै महिला उद्यमशीलता प्रवर्द्धन, सीपमूलक तालिम तथा प्रविधि हस्तान्तरणलाई पनि प्राथमिकतामा राखिएको छ । पशु स्वास्थ्य सेवा, औषधि वितरण, महामारी नियन्त्रण, निःशुल्क खोप तथा कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालनका लागि २० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ ।

सामाजिक विकास क्षेत्रतर्फ ३ करोड १९ लाख रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्य संस्थाबाट गुणस्तरीय सेवा प्रवाह, औषधि व्यवस्थापन र उपचार सेवाका लागि सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त बजेटबाहेक गाउँपालिकाले थप १ करोड ४५ लाख रुपैयाँ छुट्टाएको छ । शिक्षा क्षेत्रको गुणस्तर सुधार, शैक्षिक पहुँच विस्तार र सिकाइ उपलब्धि बढाउन पनि १ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पूर्वाधार विकास तर्फ सङ्घीय तथा प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन हुने योजनाका लागि करिब ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाका गौरवका आयोजनाअन्तर्गत कालोपत्रे सडक निर्माण तथा १५ शय्याको अस्पताल निर्माण लाई प्राथमिकता दिइएको छ । साथै खेलकुद क्षेत्रको विकास र युवालाई खेलमार्फत सशक्त बनाउन १८ लाख रुपैयाँ छुट्टाइएको छ ।
गाउँ सभा अध्यक्ष रानाले प्रस्तुत बजेट बेलडाँडीको आर्थिक रूपान्तरणको मार्गचित्र भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार यस बजेटले उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, सेवा प्रवाह सहज बनाउने, गुणस्तरीय शिक्षा र स्वास्थ्य सुनिश्चित गर्ने तथा दिगो पूर्वाधार निर्माण गर्ने स्पष्ट दिशा तय गरेको छ । स्थानीय तहको बजेट कार्यान्वयन प्रभावकारी बनेमा बेलडाँडीमा आर्थिक गतिविधि बढ्नुका साथै नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार आउने अपेक्षा गरिएको छ । गाउँ सभाको अर्को बैठक यही असार १६ गते बस्ने गरी स्थगित गरिएको गाउँपालिकाका प्रवक्ता गजबहादुर बिष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज