Advertisement

बेलौरी नगरपालिकाको ९४ करोड ५५ लाख बराबरको बजेट ल्यायो

महेन्द्रनगर – कञ्चनपुरको बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु। ९४ करोड ५५ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको सत्रौँ नगर सभा अधिवेशनमा नगर उपप्रमुख जोगराम चौधरीले प्रस्तुत गर्नुभएको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, रोजगार सिर्जना, सामाजिक सुरक्षा, सुशासन तथा सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको छ । नगरपालिकाले उपलब्ध स्रोतसाधनलाई प्रभावकारी रूपमा परिचालन गर्दै समावेशी तथा सन्तुलित विकासको लक्ष्य लिएको जनाएको छ ।
वडागत बजेट विनियोजन बेलौरी नगरपालिकाले १० वटै वडाका लागि छुट्टाछुट्टै बजेट विनियोजन गरेको छ ।

वडा नं. १ : २४ लाख १० हजार रुपैयाँ

वडा नं. २ : ३४ लाख १० हजार रुपैयाँ

वडा नं. ३ : २५ लाख १० हजार रुपैयाँ

वडा नं. ४ : ३५ लाख १० हजार रुपैयाँ

वडा नं. ५ : ३३ लाख १० हजार रुपैयाँ

वडा नं. ६ : ३२ लाख १० हजार रुपैयाँ

वडा नं. ७ : २८ लाख १० हजार रुपैयाँ

वडा नं. ८ : ३६ लाख १० हजार रुपैयाँ

वडा नं. ९ : ३३ लाख १० हजार रुपैयाँ

वडा नं. १० : ३४ लाख १० हजार रुपैयाँ

यसअनुसार वडा नं। ८ ले सबैभन्दा बढी बजेट प्राप्त गरेको छ भने वडा नं। १ ले सबैभन्दा कम बजेट पाएको छ ।

नगर सभाध्यक्ष एवम् नगर प्रमुख पोतिलाल चौधरीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभाको उद्घाटन सत्रबाटै पारित भएको छ । पालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र वार्षिक बजेट बेलौरीको समृद्धिको मार्गचित्र भएको नगर प्रमुख चौधरीको भनाइ छ । उहाँले विकासका योजनालाई व्यवहारमा उतारेर नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “हामीले नीति तथा कार्यक्रम र बजेटलाई जनताका आवश्यकता, वडा स्तरका माग र नगरको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर निर्माण गरेका छौँ । अब हाम्रो ध्यान बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनेतर्फ केन्द्रित हुनेछ ।” नगर प्रमुख चौधरीले कृषि उत्पादन वृद्धि, पूर्वाधार विस्तार, खानेपानी, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा विस्तार गर्न नगरपालिकाले विशेष योजना अघि सारेको जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीले प्रस्तुत बजेट र नीति तथा कार्यक्रम व्यावहारिक, कार्यान्वयनयोग्य र स्रोतमा आधारित रहेको बताउनुभयो । उहाँका अनुसार बजेट निर्माण प्रक्रियामा कानुनी प्रावधान, स्रोत अनुमान, खर्च क्षमता र विगतको कार्यसम्पादनलाई ध्यान दिइएको छ । उहाँले भन्नुभयो, “बजेट कार्यान्वयनमा पारदर्शिता, उत्तरदायित्व र प्रभावकारितालाई पहिलो प्राथमिकता दिइनेछ । प्रत्येक योजना समयमै सम्पन्न होस् भन्नेमा प्रशासन प्रतिबद्ध छ ।” जोशीले नगरपालिकाको सेवा प्रवाहलाई थप छिटो, सरल र प्रविधिमैत्री बनाउने तयारी रहेको पनि बताउनुभयो ।

नगर प्रवक्ता हर्कबहादुर भुलले नगर सभाबाट पारित नीति तथा कार्यक्रम जनमुखी र विकासमुखी रहेको बताउनुभयो । उहाँले बजेटले सबै वडा, सबै वर्ग र समुदायलाई समेट्ने प्रयास गरेको उल्लेख गर्दै आगामी वर्ष बेलौरीमा विकासले थप गति लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो बजेट समावेशी विकासको दस्ताबेज हो । सडक, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा नागरिकले प्रत्यक्ष परिवर्तन देख्नेछन् ।”

नगर सभामा स्थानीय न्यायिक समितिको प्रगति प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२र०८३ मा समितिमा ३२ वटा मुद्दा दर्ता भएका छन् । त्यसमध्ये २२ वटा मिलापत्रमार्फत समाधान भएका छन् भने १० वटा मुद्दा बाँकी रहेका छन् । नगर उपप्रमुख जोगराम चौधरीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा मुद्दाको प्रकृतिअनुसार जग्गा विवाद सबैभन्दा बढी ९१७० रहेको देखाइएको छ । रकम लेनदेनका ६, ज्याला मजदुरीका ३ तथा अन्य ६ वटा मुद्दा दर्ता भएका छन् । प्रतिवेदनले कानुनी जनशक्ति अभाव, न्यायिक इजलास व्यवस्थापन, मेलमिलापकर्ताको व्यवस्थापन र प्राविधिक दक्षताको कमी जस्ता चुनौती औँल्याएको छ ।

नगर सभाले पारित गरेको बजेटले समृद्ध, व्यवस्थित, सुशासित र नागरिकमैत्री बेलौरी निर्माण गर्ने लक्ष्य लिएको छ । नगर नेतृत्वले बजेट कार्यान्वयनमा जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, सञ्चारकर्मी तथा आम नागरिकको सहकार्य अपरिहार्य रहेको जनाएको छ । अब सबैको चासो एउटै छ ( पारित बजेट कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ रु किनकि बजेटको वास्तविक सफलता कागजमा होइन, नागरिकको जीवनस्तरमा देखिने परिवर्तनमा मापन हुनेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

– रमेश बस्नेत, लागूऔषध दुर्व्यसन आज नेपालको मात्र होइन, विश्वकै गम्भीर सामाजिक चुनौती बनेको छ। हाम्रो समाज पनि यसको चपेटाबाट अछुतो...
सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

– रमेश बस्नेत, नेपाल यतिबेला विकासको नयाँ युगमा प्रवेश गरिरहेको दाबी गरिन्छ। संघीयता कार्यान्वयनसँगै देशका विभिन्न कुनाकाप्चासम्म ...
बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाले कृषि उपकरण वितरण गरेको छ । कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नगरपालिकाले ...
राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

महेन्द्रनगर – राष्ट्रिय दलित आयोगका पूर्व सदस्य दान बहादुर विश्वकर्माको निधन भएको छ । केही दिनदेखि अस्वस्थ भएपछि अस्पताल भर्ना गरि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज